मुख्य समाचार

नेप्सेमा छायो हरियाली, १ अर्ब २९ करोडको कारोबार

काठमाडौं, १५ कार्तिक । बैंक तथा वित्तीय संस्थाहरुको धमाधम पहिलो त्रैमासकाे वित्तीय विवरण सार्वजनिक भईरहेको बेला नेप्सेको यात्रा उकालोतर्फ लागेको छ । लामो समय नकारात्मक बन्दै आएको नेपाली सेयर बजारमा छाएको हरियालीले लगानीकर्ता उत्साही भएका छन् । अब बजारमा सुधार आउने उनीहरुको अपेक्षा रहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार नेप्सेमा अर्धशतकको बढोत्तरी देखिएको छ । नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको छ । नेप्सेमा यसदिन २.९९ प्रतिशतको बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स… पुरा पढौ

एमाले अध्यक्ष ओलीले गरे चुनावी घोषणापत्रकाे डिजिटल अनावरण

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ । आज आयोजित समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको थियाे । कुल २० हजार शब्द रहेको घोषणापत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गरेका थिए । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित र स्वाधिनताको रक्षामा जोड दिएको छ । राजनीतिक… पुरा पढौ

राेकिएन तासकाे आयात, नेपालीले गरे ३ करोड ५९ लाख खर्च

काठमाडौं, १५ कात्तिक । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ । मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै… पुरा पढौ

अव्यवस्थित तार नहटाए विद्युत प्राधिकरणले काटिदिने

काठमाडौं, १५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचनामा टाँगिएका इन्टरनेट, केबलका तार तथा अप्टिकल फाइबर विस्तारका लागि नयाँ मापदण्ड जारी गरेको छ । यो नयाँ मापदण्ड बिजुलीको पोल प्रयोग गरेर अव्यवस्थित तरिकाले तानिएको र प्रयोग नभएका फाइबर, केबल तथा उपकरणले शहर कुरुप बनएको र पछिल्लो समय आगलागीका घटना बढ्दै गएकोले लागू गरिएको प्राधिकररणले जनाएको छ । प्राधिकरणका अनुसार आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र शहरको सौन्दर्य कायम राख्न दुरसञ्चार, केबल टीभी तथा इन्टरनेट सेवाप्रदायक… पुरा पढौ

निर्वाचन आचारसंहिता: के के कुरामा ध्यान दिने ?

काठमाडौं, १५ कात्तिक । “निर्वाचन, पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु हुँदैन । विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ ।” निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले दोहाेर्याइरहने यो अभिव्यक्तिप्रति कुनै पक्षको असहमति देखिँदैन । सिद्धान्ततः सबैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहीत, पारदर्शी र मितव्ययी निर्वाचनको वकालत गरिरहेकै देखिन्छ तर व्यवहारतः तीनै दल, उम्मेदवार र व्यक्तिमध्येबाट आफूले जित्ने र आफ्नो पक्षमा हुने हकमा प्रचलित निर्वाचन कानुन र आचारसंहिताको अनुकूलको व्याख्या र उल्लङ्घनसम्म गर्न÷गराउन पछि पर्दैनन् । मतदाताहरुमा कसैको डर,… पुरा पढौ

चुनावमा कर्णाली करिडोरदेखि लालपुर्जासम्मको चर्चा

भजनी, १५ कात्तिक । कैलालीको टीकापुर क्षेत्रमा सुकुम्वासी, मुक्तकमैयालाई लालपुर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना निर्वाचनका मुख्य मुद्दा बन्दै आएका छन् । उम्मेदवार र राजनीतिक दल बिगतका निर्वाचनमा जस्तै अहिले पनि तिनै मुद्दालाई प्राथमिकतामा राखेर मतदाता समक्ष पुग्ने गरेका छन् । अहिलेको निर्वाचनमा कतिपय उम्मेदवार नयाँ भएपनि राजनीतिक दल र तिन उठान गर्ने मुद्दा भने परिवर्तन हुनसकेका छैनन् । हिजोका दिनमा उठेका चुनावका मुद्दामा सुकुम्वासीलाई लालपुर्जा, टीकापुर विमानस्थल सञ्चालन, औद्योगिक ग्रामस्थापना लगायतका कुनै पनि बिषयमा काम हुनसकेका… पुरा पढौ

भक्तपुर-नगरकोट मुख्य सडक बन्द, सर्वसाधारणलाई सास्ती

भक्तपुर, १५ कात्तिक । निर्माण सुरु भएको ८ वर्षसम्म पनि  सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलनस्वरुप सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटोे प्रयोग गर्नु परेको छ । उनीहरुले सडकको बीचमा १५ ट्रक… पुरा पढौ

३ महिनामा साढे ८ अर्बको स्मार्टफोन भित्रियो

काठमाडौं, १५ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ३ महिनामा नेपालमा ८ अर्ब ५३ करोडभन्दा बढीका स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा ६ लाख १८ हजारभन्दा बढी स्मार्टफोन आयात भएको हो । विभागले साउन, भदौ र असोज गरी ३ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ‍्क अनुसार असोज मसान्तसम्म समग्रमा ८ अर्ब ५३ करोड ३० करोड ७४ हजार रुपैयाँ बराबरको ६ लाख १८ हजार ५२० थान… पुरा पढौ

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्की, १५ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भए पनि अहिले अलपत्र परेको हो । डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि… पुरा पढौ

लामिछानेमाथि परेको मुद्दामा थुनछेक बहस आजबाट

काठमाडौं, १५ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दायर गरिएको थियो । आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । थुनछेक बहसपछि एक-दुई दिनमै अन्तिम फैसला आउन सक्ने जिल्ला सरकारी वकिलको कार्यालयको आकलन छ । पटक पटक म्याद थपेर अनुसन्धान बयान लिँदै अनुसन्धान गर्दा पनि आरोपित लामिछानेले… पुरा पढौ