मुख्य समाचार

धानबालीमा समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

पाल्पा, १४ कात्तिक । दुई दशकको समय धानखेतीमा बिताएका ज्यामबहादुर राना अहिले धानबालीबाट सन्तुष्ट छैनन् । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब ४ रोपनी जग्गामा लगाएका उनी सबै धानमा रोग लागेपछि चिन्तित छन् ।  घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा छन् । 'लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार… पुरा पढौ

नयाँ स्टक लाइसेन्स प्रक्रिया स्थगित

काठमाडौं, १४ कात्तिक । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक लाइसेन्सको प्रक्रिया स्थगित गरेको छ । नयाँ स्टक लाइसेन्सका लागि भोलि मंगलबारसम्म आवेदन दिने म्याद तोकिएको छ । आज सोमबार बिहानसम्म नयाँ स्टकको लाइसेन्सका लागि कुनै पनि कम्पनीले आवेदन नदिएको बोर्डले जनाएको छ । सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश… पुरा पढौ

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट गर्नू : क्यान

काठमाडौं, १४ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ । गएको जेठ २ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा प्रयोगमा ल्याउन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएका छन् । प्राधिकरणले यही कात्तिक… पुरा पढौ

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

काठमाडौं, १४ कार्तिक। आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त… पुरा पढौ

३ महिनामा डेढ अर्बभन्दा बढीको ल्यापटप र नोटबुक आयात

काठमाडौं, १४ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती तीन महिनामा नेपालमा १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको असोज महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा विश्वका २५ देश तथा नाम नखुलेको एक स्थानबाट १ अर्ब ६४ करोड ३३ लाख ५१ हजार रुपैयाँ बराबरका २४ हजार ७११ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई २१ करोड ३० लाख ६१ हजार… पुरा पढौ

अब्बल प्रसूति सेवाको अर्को नाम भरतपुर अस्पताल

चितवन, १४ कात्तिक । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।  बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ । प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण… पुरा पढौ

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं, १४ कात्तिक । नाबालिग बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने भएको छ । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार लामिछानेविरुद्ध बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । आज सोमबार मुद्दा दर्ता गर्ने र मंगलबारदेखि त्यसमाथि थुनछेक बहस हुने बुझिएको छ । आरोपित लामिछानेलाई आत्मसमर्पणका लागि गत असोज २०… पुरा पढौ

गुडविल फाइनान्सकाे नाफा र प्रतिसेयर आम्दानी घट्याे

काठमाडौं, १४ कार्तिक । गुडविल फाइनान्सकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको सार्वजनिक भएकाे छ । फाइनान्सकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गएकाे वर्षकाेभन्दा यसपटक फाइनान्सको खुद नाफा र प्रतिसेयर आम्दानी घटेकाे देखिन्छ। यस अवधिमा फाइनान्सकाे खुद नाफा ३ करोड ८४ लाख २३ हजार रुपैयाँ रहेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिको भन्दा ४६.०३ प्रतिशतले घटी हो। गएकाे फाइनान्सकाे नाफा ७ करोड ११ लाख रुपैयाँ थियो। फाइनान्सकाे खुद ब्याज आम्दानीमा बृद्धि भएपनि नाेक्सानी शुल्क बढेकाे, खुद फि तथा कमिशन आम्दानी… पुरा पढौ

गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिने

दमक, १४ कात्तिक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिने बताउनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले गौरीगञ्जमा आयोजित जनता भेटघाट तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्मार्ट सिटीका रुपमा शहरीकरण हुँदै आएको गौरीगञ्जलाई थप व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए । निर्माणाधीन हुलाकी सडकले छोएको गौरीगञ्ज झापाको दक्षिणी भेगको एक सुन्दर सहर बन्ने प्रशस्त सम्भावना भएको उनको भनाइ छ । अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल… पुरा पढौ

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न

काठमाडौं, १४ कात्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।… पुरा पढौ