मुख्य समाचार

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल, गुड्न थाले गाडी

सिन्धुपाल्चोक, १४ असोज । मेलम्ची र इन्द्रावती नदीको दुई ठाउँमा अस्थायी पुलको व्यवस्था गरिएको छ । गत वर्षको बाढीले पक्की पुल बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाई हुँदै आएको थियो । गत वर्षको असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले यी दुई स्थानका लगायत सात ओटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको थियो । अहिले नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेर अस्थायी रुपमा यातायात आवतजावत गर्नसक्ने बनाएको हो । नगरपालिकाले बिहीबार इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको हो ।… पुरा पढौ

विद्युत बिक्रीसँगै ग्रीन भेन्चर्सकाे नाफा ९ करोड १९ लाख

काठमाडौं, १४ असाेज । ग्रीन भेन्चर्स लिमिटेडले डीलै भएपनि गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण अनुसार ९ करोड १९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको देखिएकाे छ । अघिल्लो पालामा साेहि अवधिमा कम्पनी घाटामा रहेको थियो । साे समयमा कम्पनीकाे घाटा ९ करोड ७९ लाख रुपैयाँ रहेकाे थियाे । कम्पनीकाे विद्युत् बिक्रीबाट ९४ करोड ४३ लाख रुपैयाँ आम्दानी रहेकाे छ । विद्युत बिक्रीमा भएकाे आम्दानी पछि नाफामा बृद्धि भएकाे हाे… पुरा पढौ

पिपुल्स हाइड्रोको सेयरमा म्याद थप, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, १४ असाेज । पिपुल्स हाइड्रोपावरको सेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । कम्पनीले भदौ ३१ गतेदेखि आयोजनाबाट प्रभावित क्षेत्रका जनताका लागि ३ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गरेकाे थियाे । सेयरमा आवेदन दिने म्याद थप भएपछि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर जारी गरेकाे हो । साे सेयरबाट आयोजनाबाट प्रभावित लमजुङकाे दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का जनताका लागि ९ लाख… पुरा पढौ

डलरको भाउ थाेरै घट्यो, कस्ताे छ अन्य देशकाे विनिमय दर ?

काठमाडौं, १४ असाेज । अघिल्लाे दिनकाे तुलनामा आज शुक्रबार अमेरिकी डलरको विनिमय दरमा थाेरै गिरावट भएकाे छ । नेपाल राष्ट्र बैंकले यसिदन प्रकाशन गरेकाे विदेशी विनिमय दर अनुसार अमेरिकी डलर १ डलरको खरिददर पनि १३० रुपैयाँ ६८ पैसामा झरेको छ । बिक्रीदर १३१ रुपैयाँ २८ पैसा रहेकाे। बिहीबार अमेरिकी डलर हालसम्मकै उचाइमा पुगेकाे थियाे । अकेरिकी डलर १ डलरको खरिददर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा रहेकाे थियाे । राष्ट्र बैंकले यसदिन भारतीय रुपियाँ १ काे… पुरा पढौ

दसैंका नयाँ नोट आजसम्म साट्न पाइने

काठमाडौं, १४ असाेज । राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट आजसम्म मात्रै साट्न पाइने भएको बताएकाे छ। शनिबारदेखि लगातार दसैँ बिदा परेकाेले आज अन्तिम दिन नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले हालसम्म १२ अर्बभन्दा बढीको नयाँ नोट राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुले लगेको बताए।  नेपालले १० अर्ब बराबरको ठूला बजारमा जानकारी दिए। उनका अनुसार बिहिबारसम्म २२ अर्बको नयाँ नोट बजारमा पठाइएकाे छ । एक दिन बाँकी रहेकाेले रु ५० करोड बराबरकाे… पुरा पढौ

सातै प्रदेशका उपाध्यक्षले भेलाको निर्णय प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाए

पोखरा, १४ असोज । गत भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा, भावी कार्यदिशा, प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदा हस्तान्तरण गरिएको छ। उक्त मस्यौदा विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले ६ दसकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोग समेत गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण रहेको बताए । केन्द्र र प्रदेशका योजना आयोगहरुलाई अझ सशक्त… पुरा पढौ

सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घटे: अध्ययन

काठमाडौं, १३ असोज । कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् । सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव दुई, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको छ भने समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभई आक्कलझुक्कलरूपमा गर्न थालेको पाइएको छ । यद्यपि समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको देखिएको छ । सामाजिक… पुरा पढौ

७ लघु बीमा कम्पनीको लाइसेन्सका लागि ३१ आवेदन

काठमाडौं, १३ असोज । बीमा समितिमा लघु बीमा कम्पनीको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन परेको छ । समितिले आवेदन खुलाएको केही दिन कुनै आवेदन नपरे पनि लगभग म्याद सकिँदै गर्दा ३१ ओटा कम्पनीले आवेदन दिएका हुन् । यसका लागि आवेदन हिजो बुधबारसम्म ७ कम्पनीको मात्र आवेदन परेकोमा आज बिहीबारसम्म २४ ओटा थपिएर ३१ कम्पनी पुगेका समितिले जानकारी दिएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार समितिले गत भदौ १० गते ७ ओटा लघु बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव… पुरा पढौ

नेप्सेमा १६.२९ अंकको वृद्धि, लगानीकर्ताको मनोबल बढ्दै

काठमाडौं, १३ असोज । विजया दशमीका पछिल्ला तीन दिनसम्म लगातार नेप्सेको मुहार छिटपुट बाहेक हरियो देखिएको छ । आज लगातार नेपाली सेयर बजारले सकारात्मक लय समातेकाे तेश्रो दिन हो । कुल कारोबार रकममा कमि देखिएपनि एउटा बाहेक ठूला कम्पनीहरुको कारोबार मापनमा एककाे बाहेक सबैमा हरियो लागेको छ । लामो समयपछि चाडबाडको बिचमा सेयर बजारले लिएको सकारात्मक लय पक्कै पनि लगानीकर्ताका लागि सुखद्को विषय बनेको छ । उनीहरुकाे मनाेबल बढेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले बढेर… पुरा पढौ

साधारणसभा डाक्ने सिटिजन्स बैंक इन्टरनेसन पहिलाे बैंक

काठमाडौं १३ असाेज । यस आर्थिक वर्षमा साधारणसभा बाेलाउने पहिलाे वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसन बनेकाे छ । बैंकले ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गर्न कार्तिक ४ गते १६औं साधारणसभा डाकेकाे छ। साधारणसभा काठमाडाै‌ डिल्लीबजारमा रहेकाे अमृतभाेग पार्टी प्यालेसमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा यसअघि प्रस्ताव गरिएकाे ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव छलफलपछि पारित गरिने भएकाे छ । यस्तै सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंग एकापसमा गाभ्ने, गाभिने वा प्राप्तिकाे काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने… पुरा पढौ