मुख्य समाचार

रसुवागढी हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं, २९ भदौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको सेयर गत भदौ २८ गते मंगलबार बाँडफाँट गरेको हो । कम्पनीले गत असार १३ गतेदेखि साउन ३१ गतेसम्म म्याद तोकेर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । उक्त सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड-१ थुमन र वडा-२ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका… पुरा पढौ

सुनको भाउ तोलाको ९२ हजार ८ सयमा झर्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, २९ भदौ । सुनचाँदीको भाउमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिन रुपैयाँ १०० ले घटेको छापावाल सुनमा यसदिन रुपैयाँ ७०० ले गिरावट भएको छ । चाँदीमा पनि रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाल सुनमा रुपैयाँ ७०० ले घटेर तोलाको रुपैयाँ ९२ हजार ८०० मा कारोबार भई रहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३… पुरा पढौ

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ भदाै । हिमालयन बैंक लिमिटेडले बिक्रीमा ल्याएकाे २ अर्ब ५० करोडकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे ऋणपत्र भदौ १५ गतेदेखि ७ वर्ष अवधिको लागि बिक्रीमा ल्याएकाे थियाे । जसकाे नाम ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ रहेकाे छ । प्रतिकित्ता रुपैयाँ १ हजार अंकित दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरिएकाे थियाे । जसबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि… पुरा पढौ

सिक्लेस हाइड्रोपावरको सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २९ भदाै । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि यसपटक सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याइएकाे हो। प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयरमा ३४ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ । ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुकाे लागि रहेकाे छ । बाँकी रहेकाे १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन… पुरा पढौ

आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारीसँग उनले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेकाे छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आएका थिए। भ्रमणको पहिलो दिन… पुरा पढौ

देशभर बदली-गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र गण्डकीमा वर्षा

काठमाडौं, २९ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  पश्चिमी भू-भागमा सरदर स्थान भन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।  देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ। भदौ २९ गते (बुधबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती, कर्णाली र सुदूरपश्चिम… पुरा पढौ

कृष्णपुरका किसानलाई परिचय पत्र वितरण

कञ्चनपुर, २९ भदौ । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई बर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो । किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य थालनी गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए। उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौतला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा बर्गिकरण गरी परिचय पत्र उपलव्ध गराउने कार्य भैरहेको छ ।… पुरा पढौ

सरकारद्वारा विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, २८ भदौ । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेको निर्णय आज सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताए। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरणका लागि एशियाली विकास बैंकबाट प्राप्त… पुरा पढौ

ग्लोबल आइएमई क्यापिटल पनि अब एनपीएसमा आबद्ध

काठमाडौं, २८ भदाै । ग्लोबल आइएमई क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्न नेशनल पेमेन्ट स्वीच (NPS)को लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । जीआईसीएलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल आईपीएस प्रणालीको प्रयोग गर्दै आएको छ । एनपीएसको उक्त… पुरा पढौ

इष्टर्न हाइड्रोकाे आईपीओमा मागको ९६ प्रतिशत मात्रै आवेदन

काठमाडौं, २० भदौ । इष्टर्न हाइड्रोपावरले खुलाएको आईपीओका लागि मंगलबार साँझ ५ बजेसम्म मागभन्दा कम आवेदन परेको छ । कम्पनीले गत भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको ६ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरमा आयोजना प्रभावित भोजपुर जिल्लाका जनताले आवेदन दिने पाउने व्यवस्था गरिएको छ । उक्त आईपीओमा आवेदन दिने म्याद आज भदौ २८ गते मंगलबारसम्म तोकिएकोमा आज साँझ ५… पुरा पढौ