मुख्य समाचार

बैंकको ब्याजदर बढाउने निर्णयसँगै नेप्सेमा उल्लेख्य गिरावट

काठमाडौं, ३० भदौ । दुई दिन लगातार सकारात्मक लयमा गएको सेयर बजार तेश्रो दिन आजसम्म आउँदा फेरि नकारात्मक लयमा गएकाे छ । यसिकाे मुख्य कारण ब्याजदर नै रहेकाे छ। साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा भारि मात्रामा भएकाे यस प्रकारकाे नकारात्मक प्रभावले सेयर लगानिकर्ताको मनोबल पनि घटाएको छ । बैंकहरुले ६ महिना पहिले गरेको सहमतिलाई अब भने तोड्ने अवस्था आएकोले त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो । आज बिहान मात्रै नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र… पुरा पढौ

बन्द रहेका रसुवागढी र तातोपानी दुवै नाका खुले

काठमाडौं, ३० भदौ । बन्द रहेका रसुवागढी र तातोपानी नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै करिब एक महिनाअघि चीनले एकतर्फी रुपमा बन्द गरेका यी दुई नाका आजदेखि फेरि सञ्चालनमा आएका हुन् । केही दिनअघि नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले भ्रमणका क्रममा बन्द रहेका ती नाका खोल्ने आश्वासन दिएका थिए । उनको यो आश्वासन लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएका हुन् । यीमध्ये रसुवागढी नाका गत साउन २५ गते देखि तथा तातोपानी नाका गत साउन… पुरा पढौ

माथिल्लो अरुण हाइड्रोमा ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ, ३० भदौ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउन ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । अर्धजलाशयुक्त प्रकृतिको सो परियोजनामा विश्व बैङ्कसमेतको लगानी रहने र आन्तरिकरुपमा ५३ अर्ब बराबरको स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । यसै अनुरुप सरकारी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रेसिटी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेतृत्वमा अन्य सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो । पहिलो चरणमा एचआइडिएसिएलको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी प्रारम्भिक सम्झौता हुनलागेको हो । त्यसमा नेपाल बैङ्क, राष्ट्रिय… पुरा पढौ

कर्जाको औसत ब्याजदर कहिले आउला एकल अंकमा ?

काठमाडौं, ३० भदाै । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर झण्डै १२ प्रतिशत पुगेको छ। राष्ट्र बैंककाे तथ्याँक अनुसार साउन महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ११.९४ प्रतिशत पुगेको उल्लेख छ। कोभिड १९ ले १८ महिना एकल अंकमा झरेको बैंकहरुको कर्जाको औसत ब्याजदर फेरि बढेकाे हो। गउकाे १ वर्षमा बैंकको ब्याजदर साढे ४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/७८ को सकिदा ८.४६ प्रतिशतमा झरेको थियाे । त्यसपछि बैंकहरुको ब्याजदर बढेकाे थियाे । माघदेखि बैंकहरुको औसत ब्याजदर दोहोरो अंकमा चढेकाे हाे । साे अवधिमा… पुरा पढौ

यस्तो छ विश्वमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहको अवस्था

काठमाडौं, ३० भदौ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलन (यूएनसीटिएडी)ले प्रकाशन गरेको विश्व लगानी प्रतिवेदन २०२२ (वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट) २०२२ का अनुसार विश्वमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २०२१ मा ६४.३ प्रतिशतले बढेको छ । प्रतिवेदन अनुसार सन् २०२० मा विश्वको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९६३.१ बिलियन अमेरिकी डलर रहेकोमा सन् २०२१ मा आइपुग्दा उक्त आँकडा ६४.३ प्रतिशतले बढेर १ हजार ५८२.३ बिलियन अमेरिकी डलर पुगेको छ । उस्तै प्रकृतिका अलग अलग संस्था एक आपसमा गाभिने वा स्वामित्व ग्रहण गर्ने… पुरा पढौ

बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद २ दिन बाँकी

काठमाडौं, ३० भदौ । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद आज र भोलि गरी दुई दिन बाँकी रहेको छ । कम्पनीले गत भदौ ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ २६ बाट बढाएर ३१ गतेसम्म पुर्याएको थियो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा निष्कासन गरेको यो हकप्रदका लागि आज बिहान १० बजेर ११ मिनेट जाँदासम्म २४ हजार ३१ आवेदकले १८ लाख ७ हजार ९४२ कित्ताका लागि आवेदन… पुरा पढौ

आईएमईआई दर्ता नभएका मोबाइल आजबाट नचल्न‍े

काठमाडौं, ३० भदौ । नेपालमा आजबाट आईएमईआई दर्ता नगरिएका अवैध मोबाइल फोन नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमकाे सफट् लन्च तोकिएकै मितिमा गर्ने भएपछि अवैध मोबाइलले काम नगर्ने भएको हो । प्राधिकरणका अनुसार यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भित्रने मोबाइल अनिवार्य दर्ता हुनुपर्नेछ । विदेशबाट ल्याइएका मोबाइल पनि दर्ता गराएर मात्रै चलाउन पाइनेछ । तर भदौअघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । सफ्ट लन्च भए पनि यसको पूर्णरुपमा कार्यान्वयनमा आउन… पुरा पढौ

भारत पुर्याइएका १६ बालकको उद्धार

राँझा, ३० भदौ । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए। उनका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पु¥याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।” उद्धार… पुरा पढौ

देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार प्लान्टबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

त्रिशूली, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको देवीघाटमा देशकै ठूलाे साेलार प्लान्ट निर्माण गरेकाे छ । उक्त प्लान्टकाे २५ मेगावाट विद्दुत उत्पादन गर्ने क्षमता रहेकाे प्राधिकरणले जनाएकाे छ । आयोजनाबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेर केन्द्रीय प्रशारण प्रणालीमा जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ । पुरा पढौ

भाडा वृद्धि गर्ने सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं ३० भदाै । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो । सहमतिपश्चात् व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सञ्चालन गरेका छन् । महासङ्घले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि गरिनुपर्ने माग गर्दै आएको थियो । निगम… पुरा पढौ