मुख्य समाचार

सिक्लेस हाइड्रोपावरकाे सेयरमा पर्यो ७.६२ गुणा बढी आवेदन

काठमाडौं, ३० भदाै‌ । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा ७ लाख ६ हजार ६४३ वटा आवेदन परेको हो । बिहिबार बेलुका ५ वजेसम्म ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता सेयर माग गरिएकाे छ । यो माग सर्वसाधारणका लागि बिक्री गिरने १० लाख ५८ हजार कित्ता सेयरकाे ७.६२ गुणा बढी हाे । कम्पनीले… पुरा पढौ

उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिंक शीर्ष स्थानमा

काठमाडौं, ३० भदौ । ग्राहक सङ्ख्याका आधारमा जेठ महिनासम्ममा वर्ल्डलिंक कम्युनिकेशन पहिलो नम्बरको इन्टरनेट सेवा प्रदायक (आईएसपी) का रुपमा यथावत् रहन सफल भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदनले यो आँकडा देखाएको छ । उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ६० प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या उल्लेख गरिएको छ । आँकडा अनुसार २०७९ जेठ महिनामा उत्कृष्ट १०… पुरा पढौ

ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ

काठमाडौं, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन् । भ्रमणको सन्देश कस्तो रह्याे भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइरहेको छ । पछिल्ला… पुरा पढौ

बैंकको ब्याजदर बढाउने निर्णयसँगै नेप्सेमा उल्लेख्य गिरावट

काठमाडौं, ३० भदौ । दुई दिन लगातार सकारात्मक लयमा गएको सेयर बजार तेश्रो दिन आजसम्म आउँदा फेरि नकारात्मक लयमा गएकाे छ । यसिकाे मुख्य कारण ब्याजदर नै रहेकाे छ। साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा भारि मात्रामा भएकाे यस प्रकारकाे नकारात्मक प्रभावले सेयर लगानिकर्ताको मनोबल पनि घटाएको छ । बैंकहरुले ६ महिना पहिले गरेको सहमतिलाई अब भने तोड्ने अवस्था आएकोले त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो । आज बिहान मात्रै नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र… पुरा पढौ

बन्द रहेका रसुवागढी र तातोपानी दुवै नाका खुले

काठमाडौं, ३० भदौ । बन्द रहेका रसुवागढी र तातोपानी नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै करिब एक महिनाअघि चीनले एकतर्फी रुपमा बन्द गरेका यी दुई नाका आजदेखि फेरि सञ्चालनमा आएका हुन् । केही दिनअघि नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले भ्रमणका क्रममा बन्द रहेका ती नाका खोल्ने आश्वासन दिएका थिए । उनको यो आश्वासन लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएका हुन् । यीमध्ये रसुवागढी नाका गत साउन २५ गते देखि तथा तातोपानी नाका गत साउन… पुरा पढौ

माथिल्लो अरुण हाइड्रोमा ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ, ३० भदौ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउन ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । अर्धजलाशयुक्त प्रकृतिको सो परियोजनामा विश्व बैङ्कसमेतको लगानी रहने र आन्तरिकरुपमा ५३ अर्ब बराबरको स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । यसै अनुरुप सरकारी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रेसिटी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेतृत्वमा अन्य सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो । पहिलो चरणमा एचआइडिएसिएलको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी प्रारम्भिक सम्झौता हुनलागेको हो । त्यसमा नेपाल बैङ्क, राष्ट्रिय… पुरा पढौ

कर्जाको औसत ब्याजदर कहिले आउला एकल अंकमा ?

काठमाडौं, ३० भदाै । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर झण्डै १२ प्रतिशत पुगेको छ। राष्ट्र बैंककाे तथ्याँक अनुसार साउन महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ११.९४ प्रतिशत पुगेको उल्लेख छ। कोभिड १९ ले १८ महिना एकल अंकमा झरेको बैंकहरुको कर्जाको औसत ब्याजदर फेरि बढेकाे हो। गउकाे १ वर्षमा बैंकको ब्याजदर साढे ४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/७८ को सकिदा ८.४६ प्रतिशतमा झरेको थियाे । त्यसपछि बैंकहरुको ब्याजदर बढेकाे थियाे । माघदेखि बैंकहरुको औसत ब्याजदर दोहोरो अंकमा चढेकाे हाे । साे अवधिमा… पुरा पढौ

यस्तो छ विश्वमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहको अवस्था

काठमाडौं, ३० भदौ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलन (यूएनसीटिएडी)ले प्रकाशन गरेको विश्व लगानी प्रतिवेदन २०२२ (वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट) २०२२ का अनुसार विश्वमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २०२१ मा ६४.३ प्रतिशतले बढेको छ । प्रतिवेदन अनुसार सन् २०२० मा विश्वको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९६३.१ बिलियन अमेरिकी डलर रहेकोमा सन् २०२१ मा आइपुग्दा उक्त आँकडा ६४.३ प्रतिशतले बढेर १ हजार ५८२.३ बिलियन अमेरिकी डलर पुगेको छ । उस्तै प्रकृतिका अलग अलग संस्था एक आपसमा गाभिने वा स्वामित्व ग्रहण गर्ने… पुरा पढौ

बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद २ दिन बाँकी

काठमाडौं, ३० भदौ । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद आज र भोलि गरी दुई दिन बाँकी रहेको छ । कम्पनीले गत भदौ ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ २६ बाट बढाएर ३१ गतेसम्म पुर्याएको थियो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा निष्कासन गरेको यो हकप्रदका लागि आज बिहान १० बजेर ११ मिनेट जाँदासम्म २४ हजार ३१ आवेदकले १८ लाख ७ हजार ९४२ कित्ताका लागि आवेदन… पुरा पढौ

आईएमईआई दर्ता नभएका मोबाइल आजबाट नचल्न‍े

काठमाडौं, ३० भदौ । नेपालमा आजबाट आईएमईआई दर्ता नगरिएका अवैध मोबाइल फोन नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमकाे सफट् लन्च तोकिएकै मितिमा गर्ने भएपछि अवैध मोबाइलले काम नगर्ने भएको हो । प्राधिकरणका अनुसार यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भित्रने मोबाइल अनिवार्य दर्ता हुनुपर्नेछ । विदेशबाट ल्याइएका मोबाइल पनि दर्ता गराएर मात्रै चलाउन पाइनेछ । तर भदौअघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । सफ्ट लन्च भए पनि यसको पूर्णरुपमा कार्यान्वयनमा आउन… पुरा पढौ