मुख्य समाचार

मधेस प्रदेशका मुख्यमन्त्री राउत र बेलायती राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, ८ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटघाट भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । भेटका क्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो । बेलायती राजदूत पोलिटले यसअघि जनकपुरधाम उपमहानगरको कुवारामपुरमा रहेको मिथिला पेन्टिङको ग्यालरीको समेत निरीक्षण गरेका थिए… पुरा पढौ

राष्ट्र बैंकले पुर्‍यायो पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत

काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्‍याएको हो । मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको हो । संशोधित ब्याजदरअनुसार अब सर्वसाधारण ऋणीले सहुलियतपूर्ण कर्जाको अधिकतम ७ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ । यसअघि यस्तो ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको थियो । जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनर्कर्जामा ऋणीहरुले बैंकहरुलाई… पुरा पढौ

एफएनसीसीआइद्वारा वस्तुगत संघका नवनिर्वाचित टिमको स्वागत, निजी क्षेत्रका समस्या समाधानमा जोड

काठमाडौं, ८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुगत संघका पदाधिकारीहरूले आफ्ना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघलाई आग्रह गरेका छन् । महासंघको वस्तुगत परिषद्द्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी संघका अध्यक्षहरूले सो आग्रह गरेका हुन् । हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुुगत सदस्य संघहरु नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल वोटल वाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन, नेपाल र नेपाल पशुपन्छी औषधि… पुरा पढौ

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा चैत ३० मा, बुक क्लोज कहिले ?

काठमाडौं, ८ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले चैत ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले चैत ३० गतेको लागि सभा बोलाएको हो । कम्पनीले चैत १५ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १४ गतेसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । कम्पनीले लगानीकर्तालाई हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी सभाले पारित… पुरा पढौ

माग पुरा नभए इन्धन कारोबार ठप्प पार्ने पेट्रोलियम व्यवसायीकाे चेतावनी, आन्दोलन घोषणा

काठमाडाै‌, ८ चैत्र । इन्धन आपूर्ति र दुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले माग पूरा नभए इन्धनकाे कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एशोसियन, नेपाल एल.पि ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन । कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले चैत्र २० गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । मुल्यवृद्धि पछिको… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा प्रभु इन्स्योरेन्स अब्बल

काठमाडौं, ८ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज सेयर बजार सकारात्मक लयमा गएको छ । यसअघि केहिदिन सेयर बजारमा गिरावट आउँदा सेयर लगानीकर्ताहरु अलमलमा परेका थिए । अब भने बजार सकारात्मक लयमा जान्छ की भन्ने आकलन गरिएको छ । अर्थतन्त्रमा भईरहेको आरोह अवरोहको परिणामस्वरुप लगानीकर्ताहरु एउटै लयमा काम गर्नबाट बञ्चित भईरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा यसको सुधारको पक्षमा लागेपछि लगानीकर्ताहरुको मनोवल उचो भएको छ । नेपाल सरकारले यही समयमा लय भत्किएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन उच्चस्तरिय समिति… पुरा पढौ

यस्ताे छ इन्डक्सन चुलोले बदलेकाे बस्तीकाे कथा

काठमाडौं, ८ चैत “विद्युतीय चुलोको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम गर्यौ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ । अहिले माग धान्नै गाह्रो भएको छ” काभ्रेपलाञ्चोक तेमालका कल्पना लामाले सुनाइन । तेमाललाई धुवाँमुक्त बनाउने र स्वच्छ चुलोको प्रयोग बढाउने उद्देश्यले गत वर्ष ६०० वटा विद्युतीय चुलो वितरण गरेको सुनाउँदै लामाले यही चैत १० गते थप एक हजार विद्युतीय चुलो उपलब्ध गराउने तयारी गरिएको जानकारी दिइन। लामा तेमलालाई धुवाँमुक्त बनाउने अभियानका स्वयंसेवी हुन् । विद्युतीय चुलोले… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन सुरू

चितवन, ८ चैत । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ । अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको सङ्ख्या… पुरा पढौ

ग्यास विस्थापित गरी बिद्युतीय चुल्हो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, ७ चैत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरे । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ । कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले… पुरा पढौ

रु १८ करोड २७ लाख बढीकाे सेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौं, ८ चैत । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । निष्कासन गरिने शेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट… पुरा पढौ