मुख्य समाचार

गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते निगमले परीक्षण उडान गर्ने

काठमाडौं, १ चैत्र । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको दिन परीक्षण उडान गर्ने भएको छ । निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको विमानस्थलमा परीक्षण उडानसँगै वैशाख ७ देखि व्यावसायिक उडान खुल्ला हुने भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले परीक्षण उडान गर्नेछ । वैशाख ७ पछि भने व्यावसायिक उडान खुल्ला हुने एयरलाइन्सले जनाएकाे छ । कुवेतको जजिरा एयरवेजले बुद्ध जयन्ती पारेर जेठ २ गतेदेखि दैनिक उडानको लागि अनुमति मागेको… पुरा पढौ

उपभोक्ताकाे हितविपरीत काम गर्ने १ हजार ६१५ कम्पनीलाई रु ४ करोड जरिवाना

काठमाडौं, १ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म, कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म, कम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र जिल्ला प्रशासन कार्यालयले आठ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ । अनुगमनका क्रममा विभागले रु चार करोड… पुरा पढौ

क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १ चैत । क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जनाविरुद्ध मुद्दा दायर भएको छ । मंगलबार राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ को पुस्कर श्रेष्ठ र २३ को बिनिता लिम्बुमाथि मुद्दा दायर गरेको हो । विभिन्न बैंकका स्टेटमेन्टहरु, मोबाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase,… पुरा पढौ

मंगलबार नेप्से सूचक १७ अंकले घट्यो, ३ अर्बको कारोबार

काठमाडौं, १ चैत । साताको तेस्रो कारोबार मंगलबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से सूचक १७.१५ अंकले बढेर २ हशजार ६५०.९७ अंकमा झरेको छ । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ । आज सेन्सेटिभ परिसूचक ७.२६ अंकले घटेर ५०२.५९ अंकमा झरेको हो । आज २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएका… पुरा पढौ

प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरबका राजकुमार तथा विदेशीमन्त्री फैजल बिन फरहान अल साउदबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि साउदी विदेशमन्त्रीले आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । मन्त्री खड्का र साउदी विदेशमन्त्री फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको… पुरा पढौ

देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने

तनहुँ, १ चैत । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ । देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो । देवघाटमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । तनहुँ, चितवन र नवलपुर जोड्ने गरी पुल निर्माण हुनेछ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल… पुरा पढौ

पशुपन्छी तथा माछापालन गरिरहेका २३६ किसानलाई अनुदान

बागलुङ १ चैत । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो । बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान… पुरा पढौ

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँ, १ चैत । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । ‘जलविहारको व्यवस्था गरेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौं, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गरेर जलविहार यात्रा सञ्चालन गर्छौं ।’ गाउँपालिकाले यसका… पुरा पढौ

नेपाल-युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौं, १ चैत । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र युएईबीच सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यान्वयनबारे समीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ । यस्तै यसअघि भएको संयुक्त… पुरा पढौ

प्रि-ओपन सेसनमा साढे ५ अंक बढ्यो नेप्से

काठमाडौं, १ फागुन । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ । सोमबार झिनो अंकले बढेको नेप्से आज प्रि-ओपन सेसनमै ५.४३ अंक बढेर २ हजार ६७३.५५ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ । मंगलबार प्रि-ओपन सेसनमा १२ स्टकको १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । बाँकी १… पुरा पढौ