मुख्य समाचार

अपर साञ्जेन जलविद्युत् आयोजनामा उपकरण जडान सुरु

रसुवा, १ चैत । उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहको उपकरण जडान गर्ने काम सुरुआत भएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४ दशमलव आठ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक उपकरण दोङ्फाङ नामक चिनियाँ ठेकेदार कम्पनीले जडान गरिरहेको हो । कार्यस्थलमा १० चिनियाँसमेत २५ दक्ष प्राविधिक जनशक्ति परिचालन भइरहेको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुनिल ढुङ्गेलले जानकारी दिए। सो आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण जडान सम्पन्न गरी परीक्षण गर्ने लक्ष्य राखिएको बताइएको छ… पुरा पढौ

चितवन उद्योग वाणिज्य संघकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित

चितवन, १ चैत । चितवन उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन । २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका छन भने १२ जना मतदानबाट निर्वाचित भएका हुन । सम्पन्न निर्वाचनमा सङ्घको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, शिरिष पन्त, सुमन श्रेष्ठ र चिरञ्जीवी सुवेदी निर्वाचित भएका थिए । यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी भए। यस्तै वाणिज्यतर्फका छ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भए… पुरा पढौ

शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री आजदेखि खुला

काठमाडौं, १ चैत । शिखर इन्स्योरेन्सले आज चैत १ गतेदेखि हकप्रद सेयरकाे निष्काशन तथा बिक्री खुला गरेकाे छ । इन्स्योरेन्सले १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसका लागि चैत २१ गतेसम्म आवेदन दिन सकिने छ । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरको ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशनको लागि इन्स्योरेन्सले माघ २१ गते बुक क्लोज गरेको थियो… पुरा पढौ

साउदी बिदेशमन्त्री राजकुमार काठमाडाैंमा, सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने

काठमाडौं, १ चैत । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय मण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् । निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरब दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता… पुरा पढौ

निजामती कर्मचारी सङ्गठन : कोइरालाकाे अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन

काठमाडौ, १ चैत नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाकाे अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र.कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ । मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी… पुरा पढौ

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडौं, १ चैत । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले सो उजुरी दिन आह्वान गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए । न्यायपरिषद्ले यही फागुन २६ गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । पुरा पढौ

८० प्रतिशत बीउविजन निजी क्षेत्रबाटै आपूर्ति हुन्छ : संघ

काठमाडौ, १ चैत । नेपाल बीउ व्यवसायी सङ्घले मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउविजन आपूर्ति निजी क्षेत्रबाट भएको जनाएको छ । सङ्घद्वारा आयोजित अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउविजन कम्पनीले आयात गरिरहेको जानकारी दिइयो । स्थानीय जातका बीउविजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ विदेशबाट आयात हुँदै आएको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहको जनाइएको छ । कृषि… पुरा पढौ

लेखनाथ महोत्सव : पाँचौ दिनसम्म २ करोड बढीकाे काराेबार, ८० हजारले गरे अवलाेकन

लेखनाथ, ३० फागुन । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म दुई करोड १५ लाखको कारोबार भएको छ । महोत्सवमा अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवमा अहिलेसम्म एक सय ७० जनाले कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले एक टिकटमा एक माक्स समेत उपलब्ध गराएका छन् । सोमबार विद्यालयस्तरिय कार्यक्रम, रत्यौली गीत, जनजातीको पहिचान सहितको नृत्यहरु राखिएको थियो । गायनतर्फ पूर्णकला वि.सी र चन्द्र शर्मा… पुरा पढौ

साता दिनमै १ अर्बले घट्यो बैंकहरुको कर्जा लगानी

काठमाडौं, ३० फागुन । पछिल्लो १ सातामा बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ । लगानी योग्य रकम (तरलता) अभाव समस्या समाधान नभएपछि बैंकहरुले कर्जा लगानी ठप्प बनाएका हुन् । कतिपय बैंकहरु आफैं कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने केही बैंकहरुले कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै लिन छाडेपछि कर्जा लगानी घटेको हो। नेपाल बैंकर्स संघका अनुसार नयाँ लगानी रोकिएको र पुरानो थोरै उठेकाले १ सातामा १ अर्ब रुपैयाँले ऋण घटेको हो । २०… पुरा पढौ

अन्नपूर्ण केबलकारकाे चैत १ देखि सूर्य दर्शन र सूर्यास्त अवलोकन सेवा संचालन हुँदै

काठमाडौं, ३० फागुन । गण्डकी प्रदेशको राजधानी पोखरा सेदीबगर देखि सराङकोटसम्म संचालनमा ल्याईएको अन्नपूर्ण केबरलकारले पर्यटकको चाहना अनुसार सूर्य दर्शन तथा सूर्यास्त अवलोकनको योजना सार्वजनिक गरेको छ । कम्पनीले चैत १ गतेदेखि लागू हुनेगरि सूर्य दर्शन, सूर्यास्तको अवलोकन तथा रमणिय दृश्यावलोकनका लागि बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म केबलबार संचालन हुने जानकारी गराएको हो । अन्नपूर्ण केबलकार फागुन ५ गतेदेखि सचालन गरिएको थियाे । सेदीबगरबाट सराङकोटसम्मको दूरी ९ मीनेटको यात्रामा पार गर्न सकिन्छ । केबलकारमा यात्रु तथा पर्यटकका लागि १७… पुरा पढौ