काठमाडौं, ७ फागुन । शेरबहादुर देउवाले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दाे सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने राष्ट्रिय समाचार समिति (रासस)को दायित्व अझ बढेको बताएका छन् । राससको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले सूचना र प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको अवस्थामा रासस जस्ता राज्यका समाचार संस्थाको दायित्व अझ बढेको उल्लेख गरेका छन् । मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री देउवाले आफ्नो स्थापनाकालदेखि नै परिवर्तनको पक्षमा निर्वाह गरेको…
पुरा पढौ