मुख्य समाचार

समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ : राष्ट्रपति

काठमाडौं, ७ फागुन । विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी हुन् । साथै उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार, १४ विदेशीसहित २०१ धावकले सहभागिता जनाउँदै

पोखरा, ६ फागुन . १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार आयोजना हुँदै छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने खुल्ला म्याराथन अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने छन् । त्यस्तै २१.१९५ किलोमिटरको महिला हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने धावकले १५ हजार प्राप्त गर्ने… पुरा पढौ

वर्ल्ड बैंकबाट प्राप्त हुने २ अर्ब १४ करोड ऋण सहायता स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं, ६ फागुन । मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ । बैठकले फागुन ५ गते बैठकले सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा… पुरा पढौ

अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर पेल्ने नीति स्वीकार्य छैन : नाडा अध्यक्ष थापा

काठमाडौं, ६ फागुन । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले अटो मोबाइल्स क्षेत्रलाई पेल्ने नीति आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् । थापाले शुक्रबार न्यूज एजेन्सि नेपालसंगको कुराकानीमा मौद्रिक नीतिमार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका हुन । थापाले मौद्रीक नीतिको बारेमा आफ्नो धारणा व्यक्त गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षाको बारेमा असन्तुष्टि जनाउँदै यसले व्यवसायलाई अनुत्पादक क्षेत्रमा राखेकोले पेल्ने नीतिनै हो नाडाले स्वीकार गर्न सक्दैन,… पुरा पढौ

कसैको प्रभावमा नपरी काम गर्न सेबोनका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, ६ फागुन । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न निर्देशन दिएका हुन् । ‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्,’ मन्त्री शर्माले भने, ‘तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईंले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’ उनले धितोपत्र बोर्ड र नेप्सेबीचको… पुरा पढौ

नेपाल राष्ट्र बैंकले फागुन ८ मा १० अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले फागुन ८ गते १० अर्बको ऋणपत्र बिक्री गर्ने बताएको छ । राष्ट्र बैंकले सरकारलाई चाहिएको रकमको बन्दोबस्त गर्नका लागि विकास ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्र सोमबार निष्काशन हुनेछ । विकास ऋणपत्र २०८३ च को समयावधि ५ वर्षको हुनेछ । यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरु, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नेपालीले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन पेश गर्नुपर्नेछ । ऋणपत्र खरिद गर्नका… पुरा पढौ

नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एडीबीसँग थप साझेदारी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, ६ फागुन । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैंक (एडीबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन् । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले सो कुरा बताएका हुन् । नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ,’ उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट… पुरा पढौ

विश्वभर कोरोना संक्रमितको संख्या ४२ करोड नाघ्यो, ५८ लाख ८३ हजारले ज्यान गुमाए

काठमाडौं, ६ फागुन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार संसारभर ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मात्रै २० लाख २८ हजार ४९५ जनामा संक्रमण देखिएको छ भने ५८ लाख ८३ हजारभन्दा बढीको निधन भएको छ । अहिलेसम्म १० मुलुकहरु करोडभन्दा बढी संक्रमित हुने देशको सूचीमा छन् । अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेनमा १ करोडभन्दा बढी मानिस… पुरा पढौ

उद्यमशीलता विकास तथा पर्यटन प्रवर्द्धन गर्न नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता

काठमाडौं, ६ फागुन । नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता तथा वित्तीय पहुँच प्रवर्द्धन गर्न सम्झौता भएको छ । नेटवर्कको प्रधान कार्यालयमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको… पुरा पढौ

जुम्लाका सबै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम

काठमाडौं, ६ फागुन । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्षपछि यहाँका ८ वटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो । यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब सिजा हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ । विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरका… पुरा पढौ