मुख्य समाचार

हुवासिन सिमेन्ट फागुनभित्रै बजारमा आउने

काठमाडौं, ८ फागुन । हुवासिन सिमेन्ट कम्पनीले फागुन महिनाभित्रै बजारमा ल्याउने गरी उत्पादन सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालन भएको कम्पनी हुवासिनले फागुनभित्रै सिमेन्ट बजारमा ल्याउने जनाएको हो । कम्पनीका जनसम्पर्क अधिकृत रमेश तिमिल्सिनाका अनुसार अबको २/३ हप्ताभित्रै बजारमा व्यावसायिकपमा सिमेन्ट र क्लिंकर बिक्री सुरु गर्ने तयारी भएको छ । उनका अनुसार उपभोक्ताले केही सस्तो मूल्यमा समेत गुणस्तरीय सिमेन्ट खरिद गर्न सक्नेछन् । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट बजारमा ल्याउने तयारी गरिरहेको छ भने क्लिंकरसमेत बिक्री गर्ने जनाएको… पुरा पढौ

भारी असिना पानीले पोखराकाे जनजीवन प्रभावित [फोटोफिचर]

पोखरा, ८ फागुन । आइतबार दिउँसो पोखरामा भारी असिना पानी परेको छ । पश्चिमी वायु प्रभावका कारण आज पोखरामा करिब साढे ३ दशकपछि सबैभन्दा धेरै असिनापानी परेको छ । बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको थियाे भने सवारी साधन रोकिएका बाटाेमै राेकिएका थिए । भारी असिना पानीले केही घण्टा बाटाे नै अबरूद्द भएकाे थियाे । असिना पानीले पाेखराका बिभिन्न स्थानमा भाैतिक क्षती समेत भएकाे छ । पाेखराकाे बिम मेटल उद्योगको छानासहित भत्किएको छ । बिम मेटलका सञ्चालक रवि गौचनका… पुरा पढौ

तनहुँमा ६ महिनामै १ हजार ६५ उद्योग दर्ता

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा तनहुँमा १ हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक रहेका छन् । कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलकलगायतका उद्योग दर्ता हुँदै आएका छन् । दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ… पुरा पढौ

आइतबार नेप्से परिसूचक ३९ अंकले घट्यो, ४ अर्बको सेयर किनबेच

काठमाडौं, ८ फागुन । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । लगातार ओरालो लागेको नेप्से आइतबार १.४० प्रतिशतले घटेको हो । आज सेयर कारोबार मापक नेप्से सू्चक ३९.४० अंकले घटेर २ हजार ६९३.१० अंकमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ बिन्दुमा झरेको हो । आज २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा किनबेच भएको हो… पुरा पढौ

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले गरे पदभार ग्रहण

काठमाडौं, ८ फागुन । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । हमालले आइतबार बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने बताए । उनले भने, ‘पुँजीबजार क्षेत्रको नियमनकारी निकायलाई म नियामक जस्तो बनाउँछु ।’ उनले आफ्नो कार्यकालमा केही सुधारको महसुस गर्न सकिने बताए । लगानीकर्ताहरुले पनि ढुक्कसँगले लगानी गर्न सक्ने वातावरण बनाउने उनले बताए । बिहीबार मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन… पुरा पढौ

सरकारले लाइसेन्स खारेज गरेपछि धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

काठमाडौं, ८ फागुन । सरकारले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गरेपछि क्यासिनो सञ्चालकहरु धामाधम रोयल्टी तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार हालसम्म १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले ५ करोडमध्ये ४ करोड रुपैयाँ बक्यौता बुझाएसँगै अहिलेसम्म सरकारको खातामा ७६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । उनले भने, ‘रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको आदेशपछि… पुरा पढौ

६ महिनामा विद्युत प्राधिकरणको नाफा १२ अर्ब नाघ्यो

काठमाडौं, ८ फागुन । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ ।… पुरा पढौ

जीवन विकास लघुवित्तकाे ७३.६८ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, ८ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद र बोनस सेयर गरी ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात् ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत अर्थात् २ करोड २४ लाख १४ हजार ७३६.८४… पुरा पढौ

एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनमा एमसीसी संसदमा पेश गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अनुसार एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको छ । बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले भने, ‘एमसीसी संसदमा टेबल हुने सहमति भएको छ । अब संसदमै छलफल हुनेछ ।’ आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने… पुरा पढौ

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १८ अंकले गिरावट, २ करोडको कारोबार

काठमाडौं, ८ फागुन । साताको पहिलो कारोबार आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक १८.९९ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से सूचक घटेर २ हजार ७१३.५१ अंकमा झरेको हो । नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७९ अंकले घटेर ५१४.८४ बिन्दुमा झरेको छ ।सो सेसनमा ७६ कम्पनीको १९ हजार ५९८ कित्ता सेयर २ करोड २ लाख १५ हजार २५ रुपैयाँमा खरिदबिक्री भए । नेप्सेका अनुसार यस सेसनमा सबैभन्दा बढी जीवन विकास लघुवित्तको सेयर बढेको छ… पुरा पढौ