मुख्य समाचार

प्रोग्रेशिभ फाइनान्सद्वारा लाभांश घोषणा

काठमाडौं, ९ फागुन । प्रोग्रेशिभ फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजी ८० करोड १ लाखको ६ प्रतिशत अर्थात् ४ करोड ८० लाख ६ हजार बोनस सेयर र कर प्रयोजनको लागि ०.३१ प्रतिशत अर्थात् २५ लाख २६ हजार ६३२ रुपैयाँसहित ६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । पुरा पढौ

दाङमा रु २२ करोड लगानीमा फोहरबाट ग्यास उत्पादन, वैशाखदेखि घरघरमा वितरण हुने

देउखुरी, ९ फागुन । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ । प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, “अहिले फोहर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर धेरै राखेर उत्पादनलाई वृद्धि गरिने छ । ”प्वान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उनका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पु¥याउने योजना… पुरा पढौ

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान,… पुरा पढौ

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा पर्यो ३८.३० गुणा बढी आवेदन

काठमाडौं, ९ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा २६ लाख २६ हजारभन्दा बढी आवेदन पेश भएको छ । सिडिएस एण्ड क्लियरिङले जनाए अनुसार २६ लाख २६ हजार ९० आवेदकले ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको माग गरिएको छ । आवेदन माग गरेभन्दा ३८.३० गुणा बढी देखिएकाे छ। लघुवित्तको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याईएको थियो… पुरा पढौ

पोखरा विश्वविद्यालयका ११ हजार २६८ विद्यार्थी दीक्षित

पाेखरा, ९ फागुन । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण ती विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ४९४, स्नातकतहमा दुई हजार ५२१ र स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा ८४ र स्नातकतहमा एक… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

गलकोट, ९ फागुन । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् । संघीय सरकारका सत्ता साझेदार दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले… पुरा पढौ

धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जाेड

पर्वत, ९ फागुन । पर्वतको कुष्मा नगरपालिका–३ स्थित धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एशोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु गरिएको पर्वत र बागलुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तरक्रिया एवम् तालिमका अवसरमा दुर्लुङमा आयोजित कार्यक्रमका सहभागीले सम्भावना भएर पनि ओझेलमा परेको दुर्लुङका पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने बताए । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा… पुरा पढौ

उच्च पहाडी-हिमाली भागमा वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडाैं, ९ फागुन । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखहाले जनाएकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान  फागुन ०९ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको… पुरा पढौ

एमसीसीको विरोधमा उत्रिएका १३ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाडाैं, ८ फागुन । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको एमसिसी विरोधी प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार प्रहरीतर्फ १० घाइते भएका छन् । अहिले उपत्यकाको सुरक्षा अवस्था सामान्य रहेको छ । प्रदर्शनकारीतर्फ पनि केही व्यक्ति घाइते भएको बताइएको… पुरा पढौ

बाक्लाे असिनाले पोखरा सेताम्मे, केहि उद्याेगका संचरना भत्किए, करिब ६५ लाखकाे क्षेती

पाेखरा, ८ फागुन । पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनाएकाे छ । दिउँसो साढे १ बजेदेखि असिना पानि सुरू गरेकाेमा याे क्रम अपरान्ह साढे ३ बजे पातलिएकाे थियाे । सवारी जामकाे कारण झमक्क साँझसम्म स्कुल बस बाटाेमै थिए भने विद्यार्थीहरू चीसाेले कठ्याङ्ग्रीएका देखिन्थे । मुख्यतः पाेखराकाे कन्यामार्ग नदीपुरदेखि पूर्व फूलबारी, काहुँ, महेन्द्रपुल, न्यूराेड, चिप्लेढुंगा, नयाँबजार, सिर्जनाचाेक, रानीपाैवा, कुँडहर, चाउथे लगायतका क्षेत्रका सडक, घरका छत र खेतबारी सेताम्य भएका थिए । असिनाले जस्ता पाता लगाएका घर तथा… पुरा पढौ