मुख्य समाचार

पाँचखालमा स्मार्ट–सिटी निर्माणार्थ सिङ्गापुरको कम्पनीसँग सम्झौता

काभ्रेपलाञ्चोक, ६ फागुन । पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसै साता सम्झौता गरिएको हो । समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने… पुरा पढौ

राष्ट्र बैंकले घर जग्गा र शेयर धितो कर्जामा थप कडाइ गर्ने

कठमाडाैं, ६ माघ । नेपाल राष्ट्र बैंकले घरजग्गा तथा शेयर धितो कर्जामा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले अनुत्पादक क्षेत्र, शेयर धितो र आयातमा कडाइ हुने गरी शतप्रतिशत मार्जिनको व्यवस्था गर्ने भएको हो । केन्द्रीय बैंकले शेयर धितो कर्जामा न्यूनतम रु चार करोड र अधिकतम रु १२ करोडसम्मको सीमा कायम गरेको थियो । सो सीमाका विषयमा शेयर लगानीकर्ताले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । घर जग्गामा भएको लगानी… पुरा पढौ

धानबालीमा क्षति पुगेका किसानकाे राहतका लागि १ अर्ब रूपैयाँ निकासा

काठमाडाे. ६ माघ । सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको बैठकले धानबालीमा क्षति पुगेका किसानलाई मात्र राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । मापदण्ड, २०७८ ले निर्धारण गरेको… पुरा पढौ

भक्तपुरमा विपद् पीडितका लागि राहत निर्देशिका पारित

भादगाउँ, ६ फागुन । भक्तपुर नगरपालिकाको ११ औं नगरसभाको बैठकले विपद् पीडितका लागि राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रभित्र बसोबास गर्नेलाई प्राकृतिक तथा मानव सिर्जित विपद्का कारण मानवीय तथा धनसम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याइएको हो । निर्देशिकामा विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार भौतिक र मानवीय क्षति तथा अङ्गभङ्ग भएमा क्षतिको अवस्था हेरी बढीमा रु एक लाखसम्म राहत दिन सकिने र पीडित परिवारलाई प्रमुखले क्षतिको… पुरा पढौ

रू ४ लाख पुरस्कार राशि भएकाे पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार हुने

पोखरा ५ फागुन । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ७ गते १६ औं संस्करणको खुल्ला म्याराथन प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो। ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । मञ्चले यसबर्षदेखि पुरस्कार राशिमा वृद्धि गरी ४… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, ५ फागुन । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बिहीबार कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतका दरले हुन आउने ४२ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त… पुरा पढौ

स्थानीय तह निर्वाचन प्रयोजनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरेको छ ।स्थानीय तह निर्वाचन प्रयोजनका लागि आज आयोगमा ३ वटा राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३, राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ तथा प्रचलित सङ्घीय कानूनबमोजिमका प्रावधान पालना गर्ने शर्तमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । आयोगमा… पुरा पढौ

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं, ५ फागुन । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजक रहेको छनौट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो… पुरा पढौ

तीन कम्पनीको २ करोड ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ५ फागुन । आज तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । शाइन रेसुंगा पमेण्ट बैंक, नेपाल इन्फ्रास्ट्र्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो । शाइन रेसुंगा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१.०५ कित्ता बोनस सेयर, निफ्राको १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अव यो बोनस सेयर सम्बन्धित सेयधनीको हितग्राही खातामा आएपछि खरिद विक्री गर्न… पुरा पढौ

मध्यपहाडी राजमार्गकाे ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने

बलेवा, ५ फागुन । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य सुविधासमेत हटियामा रहेकाले सर्वसाधारण हटियामा बस्न रुचाउँछन् । गलकोटकै मनेवामा माछाको व्यापार छ । कालोपत्र सडकमा हुइँकिँदै माछाको स्वाद लिनका लागि मात्रै भए पनि सदरमुकामबाट मनेवा पुग्नेहरू पनि छन् । बडिगाड गाउँपालिकामा पर्ने ग्वालीचौरको खार बजार विस्तार, रिसोर्ट र रेस्टुँराहरुको प्रतिस्पर्धा, निसीखोला गाउँपालिकामा… पुरा पढौ