मुख्य समाचार

आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ देखि हकप्रद सेयर निष्काशन गर्दै

काठमाडौं, ५ फागुन । आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेबाट हकप्रद सेयर जारि गर्ने भएकाे छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता सेयरको रेसियोमा सेयर जारि गर्न लागेको हो । इन्स्योरेन्सले रुपैयाँ १०० मूल्य अंकित दरको ४६ करोड तीस लाख चौतिस हजार ४०० रुपैयाँ बराबरको ४६ लाख तीस हजार तीनसय ४४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीमा आइएमई समूको लगानी रहेको छ । अहिले निष्काशन गर्न लागिएको हकप्रद सेयर हाल कायम भएको ४०… पुरा पढौ

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

बनियानी, ५ फागुन । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए । विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए। “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उनले भने, “ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक… पुरा पढौ

भेटिए मेलम्चीका दुई वडामा १०४ गलैंचा बुन्ने बालश्रमिक

सिन्धुपाल्चोक, ५ फागुन । मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैंचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् । अन्य बालबालिका बिहान बेलुकी गलैंचा बुन्ने र दिउँसो विद्यालय जाने गरेका छन् तर विद्यालयका शिक्षकले उनीहरु भर्ना भए… पुरा पढौ

पशुपति क्षेत्रमा देवीदेवताका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

काठमाडौं, ५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिए । उनले भने, “महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनु होला ।” यसैगरी… पुरा पढौ

बुद्ध एयरकाे फागुन १७ गतेदेखि जनकपुर-पोखरा सीधा उडान हुने

धनुषा, ५ फागुन । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए। सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले बताए। अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी… पुरा पढौ

आयोगद्वारा निर्वाचनका लागि फागुन १५ गतेसम्म दल दर्ता गर्न आह्वान

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको हो । सोही अवधिभित्र राजनीतिक दलका तर्फबाट औपचारिकपत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमूना पठाउन पनि भनिएको छ । ती दुवै कार्यका लागि आयोगको राजनीतिक दल व्यवस्थापन… पुरा पढौ

आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त, सेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाडौं, ४ फागुन । धौलागिरी लघुवित्त वित्तिय संस्थाले सर्वसाधारणका लागी निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको निष्काशनका लागी सेयर प्रत्याभूतिकर्ताका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् । धौलागिरी लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङको बागलुङ नगरपालिका–२, श्रीनगर रहेको… पुरा पढौ

प्रादेशिक संरचना कार्यान्वयनमा आए संघीयताको विरुद्ध कसैले आवाज उठाउन सक्दैन- प्रदेश प्रमुख गुरुङ

पाेखरा, ४ फागुन । गण्डकी प्रदेश सरकारले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम एक समारोहकाबीच आज सम्पन्न गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख वक्ताहरूले सङ्घीयताको मुख्य आधार जस्तै बनेको प्रादेशिक संरचना सही ढङ्गले कार्यान्वयनमा आएको अवस्थामा सङ्घीयताको विरुद्धमा कसैले आवाज उठाउन नसक्ने धारणा राखे । कार्यक्रममा बलिदानीपूर्ण सङ्घर्षको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सत्तापक्ष वा प्रतिपक्ष केही नभनी लाग्नुपर्ने आवश्यकता औँल्याइयो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तकाे सहयाेगले उद्यमी बनिन् दर्लामी

काठमाडौं, ४ फागुन । पाल्पामा जन्मेकी खेमकुमारी दर्लामी मगरको १८ वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा उनी १ सन्तानकी आमासमेत बनिन् । सन्तानको पालन पोषण, पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । २०४२ सालमा पाल्पाबाट बसाइसराई गरी कोहलपुर आएका दर्लामी परिवारले कोहलपुरमा सानो फ्रेस हाउस सञ्चालन गरेको थियो । पसलबाट खेमकुमारीका श्रीमानले जेनतेन घर खर्च धानिरहेका थिए । अविभावक बनिसकेका उनीहरुको सानो व्यवसायलाई कहिले भूकम्प त कहिले लकडाउनले तहस नहस पारिदियो । त्यसपछि श्रीमान् भारतमा केही समय काम… पुरा पढौ

विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’

महोत्तरी, ४ फागुन । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति ३ महिना मात्र बाँकी छ । महोत्तरीसहितका मधेश प्रदेशका जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य सबैजसो दलले चुनाव केन्द्रित गतिविधि सुरु गरेको देखिन्छ । सरकारले चुनावको मिति तोकेलगत्तै मधेशमा नेकपा (एमाले) ले निर्वाचनसम्बन्धी विशेष प्रशिक्षणकै तयारी गरेको छ । एमाले नेतृत्वले सबै प्रदेशमा निर्वाचन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयानुसार मधेश प्रदेशमा मंगलबार सुरु… पुरा पढौ