मुख्य समाचार

२ अर्ब लगानीकाे अन्नपूर्ण केवलकार फागुन ६ देखि सञ्चालन हुने, दैनिक २ हजार यात्रुले ओहोर दोहोर गर्ने

पोखरा, ३ फागुन पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केवलकार व्यवसायिक रुपमा फागुन ६ गते देखि संचालनमा आउने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले फागुन ६ गते केवलकारको सफ्ट ओपनिङ हुने बताए । केबलकार निमार्ण भएपछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङ्कोट डाडाँमा पुग्न सकिने छ । नेपालीहरुका लागि केवलकारमा जाने आउने शुल्कः ७ सय, सार्क राष्ट्रका पर्यटकलाई ८ सय र अन्य विदेशीहरुलाई भने ८ डलर… पुरा पढौ

सल्यानकाे खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बन्याे देशकै उत्कृष्ट

काठमाडाैं, ३ फागुन । सल्यान जिल्लाकाे "खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सल्यान" देश भरीमै उत्कृष्ट हुन सफल भएकाे छ । नगर विकास कोषको ३४ औं बार्षिकोत्सव कार्यक्रममा साेमबार संस्थालाई उत्कृष्ट भएकाे घाेषणा गरिएकाे हाे । देश भरका खानेपानी उपभोक्ता संस्थाहरु मध्येबाट सन् २०१० पछाडिका दोस्रो, तेस्रो साना शहरी खानेपानी आयोजनाहरुमध्ये खानेपानीकाे बिकराल समस्यालाई समाधान गर्न, खलंगा सितलपाटीमा सहज आपूर्तीलगायत सहि ब्यवस्थापन गरेबापत् खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट घोषणा गरिएकाे हाे। कार्यक्रममा प्रमुख अतिथि सहरी विकास… पुरा पढौ

सन्तान हुर्काउनु आमाबाबुको कर्तब्य भएझैं अभिभावकलाई साहारा दिनु सन्तानको दायित्व हो

काठमाडौं, ३ फागुन । एउटा नेतृत्व विकास सम्बन्धि तालिममा प्रशिक्षकले सहभागीहरुलाई जिवनमा सफल हुनु छ भने ब्यापार, ब्यवसाय वा जागिरको लागि आफूलाई मन लागेको क्षेत्र रोज्नुपर्छ, मानिस जतिसुकै सक्षम भएतापनि गलत क्षेत्र रोज्यो भने सफल हुन सक्दैनौ भनेर भनिरहदा एकजना सहभागीले भावुक भएर उनिसँग प्रश्न गर्छन् सर मेरो मन त संगीतमा थियो तर, मेरो बुवाले म संगित क्षेत्रमा लागेको मन पराउनुहुन्थेन । अहिले मैले बुवाको चाहाना अनुसार नै हाम्रो पुख्यौली ब्यापार सम्हाल्दैछु तर, बेलाबेलामा मैले आफ्नो सपनाको हत्या गरेंजस्तो लागेर… पुरा पढौ

नेप्से परिसूचक १.९७ प्रतिशतले बढ्यो, न्यादी हाइड्रोपावरको कारोबारमा सर्किट

काठमाडौं, ३ फागुन । साताको तेस्रो सेयर कारोबार उकालो लागेको छ । लगातार ओरालो लागेको सेयर बजार मंगलबार भने हरियाली देखिएको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २ हजार ७५४.२८ अंकमा प्रवेश गरेको छ । नेप्से परिसूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.१२ प्रतिशतले बढेको छ । सेन्सेटिभ सूचक १०.८३ अंकले बढेर ५२२.१३ बिन्दुमा प्रवेश गरेको हो । मंगलबार २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड… पुरा पढौ

घर जग्गा कारोबारकाे राजस्व १ अर्ब २३ करोड रुपैयाँले घट्यो, डिल्लीबजार मालपोतकाे राजस्व भने बढ्याे

काठमाडौं, ३ फागुन । अघिल्लो वर्षकाे तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व १ अर्ब २३ करोड ९ लाख ३० हजार ४४३ रुपैयाँले घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर जग्गाको कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार गत माघ मसान्तसम्म ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ रुपैयाँ बराबर राजस्व संकलन भएको छ । बैंक तथा… पुरा पढौ

संसदबाट एमसिसि अनुमोदन हुनेमा प्रधानमन्त्री देउवा बिश्वस्त

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गरेकाे कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । उक्त समयमा नेकपामा रहेका सांसदहरु हाल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् । सो प्रस्तावलाई तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेको… पुरा पढौ

पर्यटककाे पर्खाइमा पोरखे लेक

बाजुरा , ३ फागुन । बाजुरा जिल्लाकै ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको पोरखे र कालाजग्रा क्षेत्र यतिबेला प्रकृतिकी रानी जस्तै सिँगारिएर बसेका छन् । विशाल वन क्षेत्र र हिउँका फाँटहरूले सजिएको कालाजाग्रा र पोरखेगढी क्षेत्र बडीमालिका र बूढीनन्दा नगरपालिकाको सीमा क्षेत्रसँगै जोडिएका छन् । पोरखे लेक जडिबुटीले मात्र सम्पन्न नभई पर्यटकीय तथा ऐतिहासिकस्थलले पनि समृद्ध छ । गुफाभित्र अनौठा तालदेखि बाइसे–चौबिसे राज्यमा निर्माण गरिएको दरबारको अवशेष र कालाजाग्रा देवीको बासस्थानसमेत पोरखे क्षेत्रमै… पुरा पढौ

एमसिसी राष्ट्रहितमा छ, अनुमोदन हुन्छ : कांग्रेस नेता डा महत

काठमाडौं, ३ फागुन । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखेका छन् । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने सांसदहरुको भनाइ रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतले पत्रकारहरुलाई जानकारी दिए। बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका नेता डा महतले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा भने, “एमसिसीका विरुद्ध भ्रम फैलाइएको… पुरा पढौ

७ करोड ६६ लाख लगानीमा निर्माण भएकाे बागलुङकाे आधुनिक बसपार्क छिटै सञ्चालनमा आउदैं

काठमाडौं, ३ फागुन । निर्माण सम्पन्न भएर प्रयोगविहीन रहेको बागलुङकाे आधुनिक बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो । सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो । बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयोग, बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र साना तथा ठूला सवारी साधनको… पुरा पढौ

भरतपुरमा १४ करोड लगानीमा आँखा अस्पताल भवन बन्ने

काठमाडौं, ३ फागुन । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । अस्पतालले १४ करोड ३५ लाख रुपैयाँ खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो। भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि ४ करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न… पुरा पढौ