मुख्य समाचार

गोरखाको चित्रेपोखरीमा ग्लोबल आइएमई बैंकको ५०औं एक्सटेन्सन काउन्टर

काठमाडौं, ३ फागुन । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकको ५०औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले गरेका छन् । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर… पुरा पढौ

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से, १६ लाखको कारोबार

काठमाडौं, ३ फागुन । साताको तेस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २.३६ अंकले बढेर २ हजार ७०३.३४ अंकमा प्रवेश गरेको हो । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले बढेको छ । प्रि-ओपन सेसनमा सेन्सेटिभ परिसूचक ०.०५ अंकले बढेर ५११.३५ अंकमा प्रवेश गरेको हो । सो सेसनमा १२ कम्पनीको सेयर उकालो लागेको हो भने २ कम्पनीको सेयर माइनसमा गएका छन् । प्रि-ओपन सेसनमा १५ कम्पनीको २… पुरा पढौ

कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा सूचना आदान-प्रदान गर्न समस्या

म्याग्दी, ३ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न समस्या भएको छ । कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट बञ्चित भएका हुन् । चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट, याङ्लेका बासिन्दा मोबाइलमा कुरा गर्नका लागि डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको चौरखानीको रघुगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले बताए। “डाँडामा पुगेपछि अलि–अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउँदैन”, उनले भने, “चिच्याइचिच्याई बोल्नुपर्छ । अहिलेको आधुनिक जमनामा आधारभूतजस्तै भएको सञ्चार सुविधाबाट… पुरा पढौ

संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै

काठमाडौं, ३ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुन लागेका छन् । विधायन व्यवस्थापन समितिको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए। समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव हासिल गर्नेछन् । धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गरेका थिए ।… पुरा पढौ

वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन मन्त्री सिंहकाे निर्देशन

कर्णाली, ३ फागुन । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । उर्जा विकास मन्त्रालय मातहतका खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा राजधानी सुर्खेतमा बजेट कार्यान्वनयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको अन्तक्र्रियामा ऊर्जामन्त्री सिंहले कार्यालय प्रमुखहरूलाई पाँच महिनाको समयलाई व्यवस्थित गरी काम गर्न निर्देशन दिए । “चालु आव २०७८÷७९ को सात महिना बितिसकेको छ”, उनले भने, “अब… पुरा पढौ

महासंघ र प्रिमियर इन्टरनेशनलबीच शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य

काठमाडौं, ३ फागुन । शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागिनेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ । इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसीप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न ती दुई संस्थाबीच सहकार्य हुन लागेको हो । ‘एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिए । विश्वका १३१ देश सदस्य… पुरा पढौ

नेपाल-पाकिस्तान सिधा हवाईसेवा सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं, २ फागुन । नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहसँगको भेटमा नेपालदेखि कराँचीसम्म सिधा हवाई सेवा सञ्चालन गरी दुई मुलुकबीचको व्यापार सहजीकरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । ‘नेपाल र पाकिस्तानबीच हवाई… पुरा पढौ

हाजिर नगरी फर्किए प्राधिकरण पुगेका महानिर्देशक क्षेत्री

काठमाडौं, २ फागुन । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुगेका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किएका छन् । बबरमहलस्थित प्राधिकरण मुख्यालयमा कार्यालय समयमा पुगेका क्षेत्रीले हाजिर नगरी फर्किएको प्राधिकरणले जनाएको छ । ‘उहाँ आउनुभयो चिया खाएर जानुभो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने । सर्वोच्च अदालतले उमेर हदका कारण अवकाश लिएका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले पूर्ण कार्यकालका लागि दायर गरेको रिटमा आइतबार अल्पकालीन आदेश जारी निर्णय यथास्थितिमा राख्न आदेश दिँदै फागुन ९ गतेका लागि छलफलमा बोलाएको… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर फेरि बढाए

काठमाडौं, २ फागुन । वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूले फागुन महिनाका लागि निक्षेपमा ब्याजदर बढाएसँगै तरलता संकट अन्त्य हुने वा नहुनेमा अन्योल कायमै छ । राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी ब्याज बढाएको भन्दै व्यवसायीहरुले भने आपत्ति जनाएका छन् । बैंकहरुले ब्याजदर बढाउँदा समग्र अर्थतन्त्रलाई नै नोक्सान पुगेको व्यवसायीहरुको तर्क छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालका अनुसार बैंकहरुको ब्याजदर वृद्धिले अर्थतन्त्रलाई नै नोक्सान पुर्‍याउने र तरलता संकट नहट्ने देखिन्छ । उनका अनुसार बेला बेलामा… पुरा पढौ

आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त, ३ लाख कित्ता निष्काशन गर्ने

काठमाडौं, २ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आइपीओ जारी गर्ने बताए । उनका अनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नुपर्ने ३ लाख कित्ता आइपीओ जारी गर्नेछ । आइपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । धौलागिरी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखि वित्तीय… पुरा पढौ