मुख्य समाचार

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६८ करोडको कारोबार

काठमाडौं, २ फागुन । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ । नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेको छ । आज २२७ कम्पनीको ४९ हजार ८८२ पटकको कारोबारमा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको ७५ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक ८.१३ प्रतिशत बढेको छ । आज सपोर्ट माइक्रोफाइनान्स र नेशनल हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी… पुरा पढौ

नाडेप लघुवित्तको खुद नाफा ५५ प्रतिशतले घट्यो, चुक्ता पुँजी कति ?

काठमाडौं, २ फागुन । नाडेप लघुवित्तको नाफा ५५ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको खुद नाफा ५५.७५ प्रतिशत घटेर २ करोड १ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधीमा लघुवित्तले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७७ प्रतिशत बढेर १९ करोड ४१ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको… पुरा पढौ

पर्यटकको पर्खाइमा बराह ताल !

गलकोट, २ फागुन । समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो । अंग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पर्खाइमा छ । घना जंगलको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले समेत भरिपूर्ण छ । ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन भने सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने… पुरा पढौ

जानकी फाइनान्सले बोलायो फागुन ७ गते साधारण सभा

काठमाडौं, २ फागुन । जानकी फाइनान्स कम्पनी लिमिटेडले फागुन ७ गतेका लागि साधारण सभा बोलाएको छ । सभा होटल मानकी इन्टरनेशनल प्रा।लि शिवचौक जनकपुरधाममा बिहान १० बजे गर्ने जानकारी गराएको हो । सभाले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा… पुरा पढौ

नेशनल हाइड्रो पावरद्वारा १९ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, २ फागुन । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २ सय रुपैयाँको १८.५२५ प्रतिशत अर्थात् २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत अर्थात १ करोड ३५ लाख ५… पुरा पढौ

प्रि-ओपन सेसनमा ३ अंकले घट्यो नेप्से, १७ लाखको कारोबार

साताको दोस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से ३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १०० अंकभन्दा बढी माइनस भएर २ हजार ७ सय बिन्दुमा झरेको आज सोमबारको प्रि-ओपन सेसनमा ३.५२ अंकले घटेको हो । सो सेसनमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२२ अंकले घटेर ५११.४४ अंकमा झरेको छ । १८ कम्पनीको ३ हजार ४६ कित्ता सेयर १७ लाख ६३ हजार ५५२ रुपैयाँमा किनबेच भएको हो । आइतबार नेप्से ३.६१ प्रतिशतले घटेर २ हजार ७ सय अंकमा… पुरा पढौ

आज अमेरिकी डलरको मूल्य १२० रुपैयाँ, अन्य मुलुकको विनिमयदर कति ?

काठमाडौं, २ फागुन । आज अमेरिकी डलरको मूल्य झिनो बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२०.३२ र विक्रिदर १२०.९२ रुपैयाँ कायम गरिएको छ । आज युरोपियन युनियनको एकको खरिददर १३६.५८ र विक्रिदर १३७.२६ रुपैयाँ कायम गरिएको छ भने यूके पाउड स्टलिङको एकको खरिददर १६३.१८ रुपैयाँ र विक्रिदर १६३.९९ रुपैयाँ कायम गरिएको छ । आज अष्ट्रेलियन डलरको एकको खरिददर ८५.८६ र विक्रिदर ८६.२९ रुपैयाँ कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका… पुरा पढौ

छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ फागुन । छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले माघ ११ गते १० कित्ता बराबर नयाँ तीन कित्ता सेयरको रेसियोमा हकप्रद सेयरकाे बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित दरको ८ करोड ९३ लाख २ हजार ५०० रूपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । यसका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । पुसको २० गतेसम्म नेपाल स्टक… पुरा पढौ

थानकोटमा जर्मन विकास बैंककाे सहयाेगमा रु १ अर्बको लगानीमा अस्पताल बन्ने

काठमाडाैं, २ फागुन । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जर्मन विकास बैंक(केएफडब्लु) काे रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ । सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत… पुरा पढौ

सरोकारवालाले भने-विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ

काठमाडाैं, २ माघ । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेशकाे कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको साे आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ । नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए । “जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्र्दभमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ”, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, “अदालतको आदेश छ तर यसको कार्यान्वयन… पुरा पढौ