मुख्य समाचार

प्रि-ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से, २६ लाखको कारोबार

काठमाडौं, ४ फागुन । साताको चौथो कारोबार सुरु हुनुअघि प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५.०८ अंकले बढेर २ हजार ७५९.३६ अंकमा प्रवेश गरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले उकालो लागेको छ । सो सेसनमा २४ कम्पनीको ४ हजार ९२९ कित्ता सेयर २६ लाख ७८ हजार ५२ रुपैयाँमा किनबेच भएको छ । नेप्सेमा सूचीकृत उत्पादनमुलक र निर्जीवन बिमा उपसमूह घटेका छन् भने होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको… पुरा पढौ

तमानको ढाका कपडाले बजार पाएन, महिला उद्यमी निराश

गलकोट, ४ फागुन । तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छैन । त्यसको प्रत्यक्ष प्रभाव तमानगाउँका महिलालाई पर्न गएको छ । चार वर्षदेखि ढाकाका कपडा उत्पादन गर्दै आएका तमानखोला गाउँपालिका–३ तमानगाउँका महिलाले यसको बजारीकरणमा समस्या भएको बताएका छन् । उद्यमीले उत्पादन गर्दै आएका ढाकाले बजार पाउन नसकेको हो । सुरु–सुरुमा स्थानीयवासीले चासो दिएर खरिद गरे पनि पछिल्लो समय ढाका कपडा बिक्न छाडेको छ । उत्पादित कपडा गोदाममै थन्किँदा महिला उद्यमी… पुरा पढौ

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, ४ फागुन । बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर १ को खरिददर १२०.२४ रुपैयाँ र विक्रिदर १२०.८४ रुपैयाँ कायम गरिएको छ । युरोपियन युरोको आज १ को खरिददर १३६.४५ रुपैयाँ र विक्रिदर १३७.१३ रुपैयाँ कायम गरिएको छ भने युके पाउन्ड स्टलिङको १ को खरिददर १६२.९५ रुपैयाँ र विक्रिदर १६३.७६ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर १ को खरिददर ८५.८२… पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन हुँदै

काठमाडौं, ४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । संस्थाले ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । संस्थाले बिक्रीमा ल्याउने कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरबाट १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । ४१ हजार कित्ता ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहने ७ लाख ७४… पुरा पढौ

राष्ट्र उत्थान लघुवित्तकाे ८ करोड ५० लाखको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ४ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकाे ८ लाख ५० हजार कित्ता आईपीओकाे लागि आजदेखि आवेदन खुल्ला भएकाे छ । लघुवित्तले २६ करोडको ३२.६९ प्रतिशतले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएकाे हो । रु १०० मूल्य अंकित दरको ८ लाख ५० हजार कित्ता आईपीओ जारि हुने भएको हो । कुल कित्ताबाट ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । १३ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याईएको छ ।… पुरा पढौ

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका… पुरा पढौ

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

काठमाडौं, ४ फागुन । नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसकाे उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो । दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने… पुरा पढौ

बयलकाँडा साहसिक पर्यटनको आकर्षणकाे केन्द्र बन्दै

कर्णाली, ४ फागुन । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताएका छन् । प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुगेका उनले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको उल्लेख गरे । “बयलकाँडा सुर्खेत उपत्यकाको शिरजस्तै छ”, परियारले भने, “प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक देखिँदोरहेछ ।” गर्मी याममा शीतलता प्राप्त गर्न सकिने प्राकृतिक भूबनोट र ऐतिहासिक महत्व बोेकेको बयलकाँडाको पर्यटन प्रवद्र्धनका… पुरा पढौ

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

काठमाडाैं, ४ फागुन । होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएकी थिइन । कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर… पुरा पढौ

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, ४ फागुन । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान  फागुन ०४ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी… पुरा पढौ