मुख्य समाचार

भरतपुर महानगरपालिका : चार वर्षमा विकास निर्माणमा कति भयो प्रगति ?

चितवन, २१ पुस । जनप्रतिनिधि आएसँगै भरतपुर महानगरपालिकाले विगत चार वर्ष ६ महिनामा विकासका पूर्वाधारसँगै अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, महिला, बालबालिका, कानुन निर्माणलगायतका क्षेत्रमा महत्वपूर्ण काम भएको महानगरको ठहर छ । महानगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहमा सबैभन्दा बढी काम गर्न सफल भएको दाबी गरेको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समिति मिलाएर बनेको भरतपुर महानगरपालिकाले जनप्रतिनिधिसँगै पूर्वाधारका क्षेत्रको विकासमा प्राथमिकता पाएको हो । चितवन क्षेत्र नं… पुरा पढौ

सानिमा र कामना बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई बैंकको बोनस सेयर बुधबार सूचीकृत भएको छ । सानिमा बैंक तथा कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर बाँडेको थियो । कामना सेवा विकास बैंकको ४९ लाख ९ हजार १३२.९०३ कित्ता सेयर सूचीकृत भएको छ ।… पुरा पढौ

अब आइएमई जनरल इन्स्योरेन्स एनपीआइमा आबद्ध

काठमाडौं, २१ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिं प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात् आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडिने निर्जीवन बिमा कम्पनी बनेको छ, भने यसले कम्पनीको… पुरा पढौ

नेप्सेमा छ्याङ्दी हाइड्रोसहित ५ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छ्याङ्दी हाइड्रोपावर कम्पनीसहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनी र हकप्रद निष्काशनका लागि बुक क्लोज गर्ने निर्णय गरेको एक कम्पनी गरी पाँच कम्पनीको मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार आज साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्स र हकप्रद निष्काशनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी… पुरा पढौ

वाणिज्य बैंक र खल्तीबीच सम्झौता : अब मोबाइल बैंकिंङबाट ‘खल्ती’ मा पैसा राख्न सकिने

काठमाडौं, २१ पुस । मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने गरी राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट पैसा राखेर विभिन्न प्रकारका भुक्तानी गर्न सक्ने भएका छन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले बैंक र खल्तीका ग्राहकले भुक्तानी, वित्तीय सेवा लिन सक्ने भएका छन् । पुरा पढौ

किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

बलेवा, २१ पुस । एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन । किसान उत्साहित छन् । रोग, वर्षा र हिमपातबाट जोगाएको सुन्तला टिप्न यतिबेला… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २१ पुस । नेपाली बजारमा सुनचाँदीको भाउ आज उकालो लागेको छ । अघिल्लो दिन रुपैयाँ ९०० ले घटेको छापावाला सुनमा यसदिन ६०० रुपैयाँले बढेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भई कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी… पुरा पढौ

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ पुस । साताको चौथो दिन बुधबार दुई कम्पनीका सेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीहरूकाे लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको हो । लाभांश वितरण तथा साधारण सभाको प्रयोजनका लागि दुबै कम्पनीले बिहिबार बुक क्लोज गरिएको बताएका छन् । आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिनेछन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश… पुरा पढौ

चिनी उद्योगले उखु किसानको रु ८ करोड ७० लाख बक्यौता भुक्तानी गर्न अझैं बाँकी

काठमाडौं, २१ पुस । उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले अझै उद्योगीले रु आठ करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए। गत वर्ष उद्योगीले उखु किसानलाई रु एक अर्ब ४० करोड भुक्तानी गर्न बाँकी थियो । “सरकारको निर्देशनपछि किसानलाई भुक्तानी दिने क्रम बढेको… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छलीमा मुद्दा दायर

काठमाडौं, २१ पुस । राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । शोभाकान्त ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी हुन् । काठमाडौंको नागार्जुन नगरपालिका१, नर्सरीचोक स्थायी ठेगाना भएको आनसान इन्टरनेशनल प्रालि र ललितपुर महानगरपालिका–७ सुन्धारा स्थायी ठेगाना भएको राजेश्वर एण्ड कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा… पुरा पढौ