मुख्य समाचार

नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने काम रोक्न मन्त्री आलेकाे निर्देशन

काठमाडौं, २१ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिएका छन् । दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिए । मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिए।… पुरा पढौ

नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि तीन लाख सहयोग

झापा, २१ पुस । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार दिने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम प्रदान गरेको हो । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरिन । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चार गृहमा… पुरा पढौ

साहित्यकार वसन्त चौधरीका दुई कृति लोकार्पण

काठमाडौं, २१ पुस । साहित्यकार वसन्त चौधरीका दुई कृति ‘तिमीविनाको म’ र ‘अनेक पल और मैं’ लोकार्पण भएको छ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आयोजना भएको कार्यक्रममा नेपाली भाषामा लेखिएको ‘तिमीविनाको म’ कविता सङ्ग्रह र हिन्दी भाषामा लेखिएको ‘अनेक पल और मैं’ कविता सङ्ग्रह प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र कवि तुल्सी दिवसले लोकार्पण गरे। प्रतिष्ठानका कुलपति उप्रेतीले जीवनका अनेक भावनालाई विभिन्न भाषामा कृतिमार्फत समेट्न चौधरीको ठूलो सफलता रहेको भन्दै आगामी दिनका लागि पनि शुभकामना दिए। कवि दिवसले राम्रा कवितामा… पुरा पढौ

१४ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, सहज हुँदै तरलताको अवस्था

काठमाडौं, २० पुस । पछिल्लो सातामा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ । २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ४९ अर्ब पुगेको हो । नेपाल बैंकर्स संघका अनुसार गएको पुस ९ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ कायम थियो । एक सातामा १४ अर्बले बढेर पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो साता अर्थात् पुस २ गतेदेखि ९ गतेसम्म बैंकहरुले चार अर्ब रुपैयाँ निक्षेप गुमाउँदै… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न

काठमाडौं, २० पुस । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि भएको उम्मेदवारको मनोनयनपत्र दर्ता उत्साहपूर्वकरुपमा सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदै छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा… पुरा पढौ

‘तनहुँ जलविद्युत् आयोजना’ निर्माणका लागि एक अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण

दमौली, २० पुस । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरिएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युत्गृहको पहुँचमार्गका लागि १५० रोपनी क्षेत्रफल अधिग्रहण गरिएको छ । त्यसका लागि रु ४० करोड मुआब्जा वितरण गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी… पुरा पढौ

६३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं, २० पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजार सकारात्मक लयमा देखिएको छ । दुई उपसमूहबाहेक सबैमा हरियो लागेको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केहि कम भएको छ । बजारमा आएको सकारात्मक परिवेशले लगानीकर्ताहरुलाई जाँगरिलो बनाईदिएको छ । नेपाल स्टकएक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १५.८५ अंकले बढेर ५०३.७२ विन्दुमा पुगेको छ । यसदिन कुल २३४ वटा कम्पनीको… पुरा पढौ

‘सुनकोशी-तेस्रो’ को अनुमानित लागत १६० अर्ब रुपैयाँ

काठमाडौं, २० पुस । सुनकोशी–तेस्रो (६३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको निर्माणका लागि एक खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागले सो आयोजनाको सम्भाव्यता अध्ययन गर्दा उक्त लागत लाग्ने अनुमान गरेको हो । आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको पनि विभागले जनाएको छ । विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार यो आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तथा जैविक, आर्थिक र सामाजिक अध्ययन गरी मस्यौदा प्रतिवेदनको तयारी सकिएको… पुरा पढौ

के-के छ माओवादीको समसामयिक प्रस्तावमा ? [पूर्णपाठसहित]

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गरेको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावमा माओवादीले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । प्रस्तावमा भनिएको छ, ‘संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’ माओवादीले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार… पुरा पढौ

कोभिड-१९ बारे तथ्य र भ्रम

काठमाडौं, २० पुस । कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौँ ।कोरोनाभाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ । कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ… पुरा पढौ