मुख्य समाचार

इन्सेकद्वारा स्याङजामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी कार्यक्रमको अनुगमन

स्याङजा, २२ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले बिहिबार स्याङजाको पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकामा संचालित शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारीताबारेमा अनुगमन गरेको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम सन् २०१९-२०२२ सम्म संचालित छ । कार्यक्रमको उदेश्य स्थानियस्तरमा महिला, बालबालिका, दलित तथा पछाडी पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण् गर्नु रहेको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसंग सम्बन्धित कानूनी व्यवस्थाको… पुरा पढौ

स्वच्छ ऊर्जा प्रयोग गरौं, ग्यास चुलो छोडौं : मन्त्री भुसाल

काठमाडौं, २२ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताएकी छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघको २१औं वार्षिक साधारणसभालाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने र विद्युतीय सवारीसाधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति अगाडि बढाएको बताइन् । सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले ऊर्जा संकट समाधानका लागि… पुरा पढौ

६ महिनाभित्र ७ लाख चालक अनुमतिपत्र छापिने

काठमाडौं, २२ पुस । यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी ६ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक तीन ‘सिफ्ट’ मा छाप्न थालिएको विभाग प्रवक्ता डा. लोकनाथ भुषालले बताए । अबको ६ महिनामा अनुमतिपत्र छापिसकेर सम्बन्धित कार्यालयमा पठाइसकिने उनको भनाइ छ । उनले भने, ‘यसअनुसार नै काम भइरहेको छ ।’ अहिले दैनिक १० हजारका दरले अनुमतिपत्र छापिरहेको उनले जानकारी दिए । ‘मास प्रिन्टर’ को क्षमताअनुसार नै… पुरा पढौ

जापान सरकारले नेपाललाई १० अर्ब ३९ करोड ऋण सहायता गर्ने

काठमाडौं, २२ पुुस । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए । बैठकले प्रहरीको उच्च मनोबल वृद्धिका लागि प्रहरी ९नवौं संशोधन० नियमावली, २०७८ स्वीकृत गर्ने, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल यही… पुरा पढौ

साताको अन्तिम दिन ४० अंकले बढ्यो नेप्से, दुई कम्पनीको कारोबारमा सर्किट

काठमाडौं, २२ पुस । साताको अन्तिम दिन सेयर बजार उकालो लागेको छ । साताको पहिलो तीन दिनसम्म लगातार उकालो लागेको नेप्से बुधबार भने ओरालो लागेको थियो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर दुई हजार ६९२.४७ मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अंकले बढेर ५०६.१५ बिन्दुमा प्रवेश गरेको छ । आज २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा… पुरा पढौ

कृषि ज्ञान केन्द्रद्वारा सुन्तला किसानलाई क्यारेड र डिजिटल तराजु वितरण

डोटी, २२ पुस । केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो । वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै जसो सुन्तला बिग्रने तथा डोकामा सुन्तला फुट्ने गरेका र तौलिँदा घाटा हुने गुनासो आएपछि ज्ञान केन्द्रले किसानको मागबमोजिम उक्त सामग्री वितरण गरेको… पुरा पढौ

हिमालयन जनरल इन्स्योरेन्सद्वारा ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २२ पुस । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको सञ्चालक समितिको बैंठकले गत आव २०७७/७८ को मुनाफाबाट ६.६५ बोनस सेयर र ०.३५ नगद गरेर ७ प्रतिशत सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो । प्रस्ताव गरिएको लाभांश आगामी २८ औं साधारणसभामा पेश गरिने कम्पनीका नायव महाप्रवन्धक ध्रुवप्रसाद न्यौपानेले बताए । उनका अनुसार कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड तीन लाख ३६ हजार सात सय रुपैयाँ… पुरा पढौ

गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान

काठमाडौं २२, पुस । गणपति लघुवित्त वित्तीय संस्थाकाे सञ्चालक समिति अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छन् । बुधबार बसेको सञ्चालक समितिको ८९ औं अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले जानकारी दिए । प्रधान गत भाद्र १ गते गणपति लघुवित्तको सञ्चालकको नियुक्त भएकी थिइन् । एमबीएसम्म अध्ययन गरेकी प्रधानसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव छ । पुरा पढौ

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २२ पुस । नेपाली बजारमा सुनचाँदीको मूल्य ५०० रुपैयाँले माइनसमा झरेको छ । बुधबार ६०० रुपैयाँले बढेको सुन आज ५०० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको बिहीबार छापावाला सुन ९२ हजार ३०० मा कारोबार भएको छ भने तेजाबी सुनको प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा किनबेच भएको छ । बुधबार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

गरिमा विकास बैंकको लाभांश घोषणा

काठमाडौं, २२ पुस । गरिमा विकास बैंकले गत आवको सञ्चित मुनाफाबाट सेयर धनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समिति बैठकले बिहीबार बिहान २७० औं वैठकको निर्णयअनुसार गत आव २०७७/७८ को सञ्चिती मुनाफा तथा सेयर प्रिमियमबाट ६२ करोड एक लाख ६६ हजार २९३ रुपैयाँ (सञ्चिती मुनाफा ६२ करोड ६९ हजार २२५ तथा सेयर प्रिमियम ९७ हजार ६८ रुपैयाँ) तथा साविक सहारा विकास बैंक लिमिटेडको आव ०७७÷७८ को सञ्चिती… पुरा पढौ