मुख्य समाचार

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार

काठमाडौं, ११ पुस ।  बुधबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर दुई हजार ५२४.५० अंकमा प्रवेश गरेको छ । सातको पहिलो दिन उकालो लागेको नेप्से दोस्रो र तेस्रो दिनमा ओरालो लागेको थियो । त्यस्तै आज नेप्से परिसूचक उकालो बिन्दुमा प्रवेश गरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज उकालो लागेको छ । आज ०.२६ अंकले बढेर ४७१.२४ अंकमा प्रवेश गरेको छ । आज २२८ कम्पनीको ५६… पुरा पढौ

५ महिनामा १४ करोड बराबरको नून बिक्री

काठमाडौं, ११ पुस । साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो ५ महिनाकाे अवधिमा कूल १४ करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गरेकाे छ । कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मंसिर मसान्तसम्मका अवधिमा कूल १४ करोड ३५ लाख २५ हजार ३२५ रुपैयाँ बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो । कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १० लाख ५५ हजार ८५० रुपैयाँ बराबरको नूनजन्य सामग्री बिक्री गरेको जानकारी दिए । २०२० साल… पुरा पढौ

माओवादी महाधिवेशन : सामूहिक छलफलको निष्कर्ष सुनाउँदै प्रतिनिधिहरु

काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ । बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो । प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा बसेर प्रतिनिधिहरुले प्रतिवेदनमा छलफल थालेका थिए । पुरा पढौ

मुलुकभर वर्षा र हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडौं, १४ पुस । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्धसमेत भएका हुँदा स्थानीयबासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र… पुरा पढौ

चितवनकाे ५ महिनाकाे पुँजीगत बजेट खर्च ५.८५ प्रतिशत मात्र

चितवन, १४ पुस । चालू आर्थिक वर्ष २०७८/७९ को ५ महिनाको अवधिमा चितवनमा पुँजीगत खर्च ६ प्रतिशतभन्दा कम रहेको छ । जिल्लामा संघीय सरकारको बजेटबाट करिब ६ प्रतिशत तथा प्रदेश सरकारको बजेटबाट करिब ४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका नियन्त्रक मुक्तिप्रसाद चापागाईँका अनुसार जिल्लामा संघीय सरकारको बजेटबाट मंसिर मसान्तसम्म ५४ करोड २१ लाख २९ हजार रुपैयाँ पुँजीगत खर्च भएको छ । चालू आवका लागि संघीय सरकारले पुँजीगत खर्चतर्फ ९ अर्ब २५ करोड १८ लाख… पुरा पढौ

चन्द्रागिरिमा हिमपात, हिउ खेल्न पर्यटकको घुइँचो

काठमाडौं, १४ पुस । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले… पुरा पढौ

मौसमकाे प्रतिकूलताले पर्वतारोहण र हवाई सेवा प्रभावित

काठमाडौं, १४ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि सुचना जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाे छ । चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ… पुरा पढौ

१ वर्षमा नेप्से १०६६ अंकले बढेकाे राष्ट्र बैंकको तथ्यांक, धितोपत्र बजार पुँजीकरण पनि १६ खर्बले बढ्याे

काठमाडौं, १४ पुस । एक वर्षको अवधीमा सेयर बजार एक हजार ६६ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको कात्तिक मसान्तमा एक हजार ७१८.५ अंकमा रहेको नेप्से सूचकांक चालू आवको कात्तिक मसान्तमा दुई हजार ७८४.६ अंकमा पुगेको थियाे । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको तुलनामा धितोपत्र बजार पुँजीकरण पनि १६ खर्बले बढेको छ । गत वर्षको कात्तिक मसान्तसम्म २३ खर्ब दुई अर्ब ७६ करोड रहेको बजार पुँजीकरण चालू आवको सोही अवधीमा ३९ खर्ब १६ अर्ब ४५ करोड… पुरा पढौ

मौसमकाे प्रतिकूलताले हवाई उडान प्रभावित

काठमाडौं, १४ पुस। प्रतिकूल मौसमका कारण हवाई उडानहरु प्रभावित भएका छन् । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातीबाटै पानी परिरहेकाले सबै उडान प्रभावित भएको हो । मुस्ताङकाे जाेमसाेम हिउँले ढकमक्क ढाकिएकाेले उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरा, नेपालगन्ज, सिमरा, भैरहवा लगायत अधिकांस स्थानकाे मौसम खराब भएका कारण जहाजहरु उड्न सकेका छैनन् । हवाई कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको जनाएका छन् । पुरा पढौ

नवलपरासी प्रहरीले बरामद गर्याे ३६ लाखको ब्याट्री

परासी, १४ पुस । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ३६ लाख भन्दा बढीको ब्याट्री बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश०३–००१ ख १५५२ नम्बरको ट्रकबाट प्रहरीले कागजात बिनाका ब्याट्री मंगलबार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख, प्रहरी उपरीक्षक प्रकाश मल्लले कावासोती–८ थाना चोकमा सवारीसाधनको सुरक्षा जाँच गर्ने क्रममा उक्त ट्रकमा लोड भई आएका विभिन्न आकारका बिल कागजात नभएका २४.१६ टन पुराना ब्याट्री बरामद गरिएको जानकारी दिए । प्रहरीले बरामद गरेको ब्याट्रीको मूल्य ३६ लाख २४… पुरा पढौ