मुख्य समाचार

घिसिङ प्राधिकरणमा आएकै दिन हाइड्रोमा बढी आकर्षण, काराेबारमा उत्साह

काठमाडौं, २७ साउन । कहिलेकाँहि संयोग यस्तो पनि परेकाे देखिन्छ। साताको चौथो दिन बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी दिर्नेशकमा कुलमान घिसिङ नियुक्त भएकाे खबर आएसंगै लगानीकर्ताहरुको बढी आकर्षण हाइड्रोपावरमा देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य सुधार भएको छ । अधिकांश सूचकहरु घटेका भएपनि कारोबार रकम भने उत्साहजनक रहेको छ । नेप्से ०.९४ अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से ३१६२.५९ विन्दुमा पुगेको छ । नेप्से ०.०३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने घटेको छ । यो २.३८… पुरा पढौ

मानुषी लघुवित्तको शेयर भर्न एनएमबि बैंकले ल्यायो अनलाइन योजना, कसरी भर्ने ?

काठमाडौं, २७ साउन । एनएमबी बैंकले आजबाट खुल्ला भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक शेयर (आइपीओ)को लागि बिशेष योजना ल्याएको छ । बैंकको योजना अनुसार आइपीओमा आवेदन दिनका लागि आफ्नो र परिवारजनको डिम्याट खाता र मेरो शेयर खाता एनएमबि बैंकका शाखा कार्यालयबाट २४ घन्टामै खोलेर अनलाइनमार्फत आवेदन दिन सकिने भएको हाे । डिम्याट, मेरो शेयर र सिआरएन सम्बन्धि जानकारीका लागि एनएमबि बैंकको नजिकको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । साथै कल सेन्टर नम्बर ०१-५९७०१५०/१५१ मा सम्पर्क गर्न… पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख समक्ष बुधबार राजीनामा बुझाएका हुन् । पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बुधवारदेखि बस्न लागेको थियो । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । सदनमा अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् । यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध… पुरा पढौ

नेप्से अपडेट: ८.४१ अंकले बढ्यो, ७ अर्ब ८७ करोड बढीको कारोबार

काठमाडौं, २७ साउन । साताकाे चाैथाे दिन बुधबार शेयर बजारको यात्रा सुखद् मानिएको छ । बजार बन्द हुँदाको अवस्थासम्म आरोह अवरोहको घटनाक्रमको नतिजा आउन बाँकी नै रहने भएकोले उक्त समयसम्म भने कुर्नै पर्छ । नेप्से ८.४१ अंकले बढेर ३१७०.०६ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंकले घटेर ५८८.०१ विन्दुमा पुगेको छ । यो समाचार तयार पर्दासम्म कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३४ लाख ३६ हजार ४९६… पुरा पढौ

महानगरपालिकाकाे थप दुई नगरसँग भगिनी सम्बन्ध स्थापना

काठमाडौं, २७ साउन । काठमाडौं महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका छन् । सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनानुसार यसअघि कामपाले कर्णालीको चन्दननाथ, वाग्मतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको… पुरा पढौ

मुख्यमन्त्री शंकर पोखरेलले देलान् राजीनामा !

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज शुरू हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बुधवारदेखि बस्न लागेको हो । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले दिउँसो १ बजे बस्ने बैठकमा पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा छलफल र निर्णयार्थ प्रस्तुत हुने बताए । विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन… पुरा पढौ

३ दिनभित्र खोप देऊः पर्यटन व्यवसायी

काठमाडौं, २७ साउन । पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन्। कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न माग गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्ने,… पुरा पढौ

नेपाल पक्ष देशभर समानान्तर कमिटी गठन गर्दै

काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन रणनीति बनाएको छ । अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै… पुरा पढौ

प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त

काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङ आफनो ४ वर्षे कार्यकाल सकिएपछि गत वर्ष भदौमा प्राधिकरणबाट बिदा भएका थिए । उनको नियुक्तीको विषयका बारेमा उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयलाई मंगलबार नै जानकारी गराइएको थियो । नेपालमा भइरहेकाे १७, १८ घन्टासम्मको लोड सेडिङलाई हटाएर उज्यालो दिलाउन सफल भएका तथा घाटामा गईरहेको प्राधिकरणलाई नाफामा ल्याउन सक्षम भएका घिसिङलाई जनस्तरबाट पनि पुनः… पुरा पढौ

मानुषि लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं, २७ साउन । मानुषि लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । आइपीओमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने आइपीओको लागि लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । संस्थाले तीन लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेकोमा ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि रहेको छ । पुरा पढौ