मुख्य समाचार

सरकार परिवर्तनसंगै शेयर बजारमा छायाे हरियाली, आकर्षण फाइनान्समा

काठमाडौं, २९ असार । साताको तेश्रो दिन मंगलबार शेयर बजारले उकालोको यात्रा गरेको छ । अघिल्लो दिन राताम्मै भएको शेयर बजारमा आज भने सरकार परिवर्तनसंगै हरियाली छाउँदा लगानी कर्ताहरुमा उत्साह जागेकाे छ । कारोबारमा उल्लेखनिय प्रगति नभए पनि सूचकांकहरु बढेका छन् । नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ । कुल २२३ कम्पनीको कारोबार भएको छ । १ करोड २३ लाख ४८ हजार ३८९… पुरा पढौ

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौं, २९ असार । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ । अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । अस्पताल नेपालको… पुरा पढौ

अदालतले राजनीतिक विषयमा हात हालेको छ : प्रम ओली

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन । देशवासीका नाममा आज सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा… पुरा पढौ

एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडाै, २९ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थिति र पार्टी विवादका सम्बन्धमा छलफल तथा पार्टीको आधिकारिक धारणा तय गर्न बोलाइएको बैठक स्थगित भएको हो । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कार्यदलको सिफारिशका सम्बन्धमा समेत छलफल हुने बताइएको थियो । पुरा पढौ

सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न पाइने

काठमाडौं, २९ असार । नागरिक एपको आइओएस भर्सनमा (आइफोनमा) पनि सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ । नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन्। यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको थियो । आइओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा अन्य जानकारी हेर्न सकिने भएको छ । यस विवरण… पुरा पढौ

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्च अदालतले हिजाेमात्रै संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिइसकेकाे छ। पुरा पढौ

समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर आजबाट लिलामीमा

काठमाडौं, २९ असार । समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर आजबाट लिलामी बिक्रीका लागि राखिएको छ । कम्पनीले असार ३ गते संस्थापक शेयर लिलामी बिक्रीका लागि ल्याएको थियो । असार १० सम्मको अवधिमा पूरा आवेदन नपरी बाँकी रहेको संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता शेयरलाई पुनःलिलामी बिक्रीका लागि राखिएको हाे । लगानीकर्ताहरुले तोकिएको १०० रुपैयाँभन्दा माथि बोलपत्र पेश गर्नुपर्ने छ । यसका लागि कम्तिमा १००० कित्ता तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिन्छ… पुरा पढौ

कोरोनाविरुद्धको खोप पहिलो मात्रा देशभर आजदेखि

काठमाडाै, २९ असार । सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने अभियान शुरू गर्दैछ । चीनबाट आएको भेरोसेल र सोमवार मात्रै अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप मंगलबार ७७ वटै जिल्लामा लगाइने छ । विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ । भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । नेपाल सरकारले… पुरा पढौ

कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम २ लाख

काठमाडौं, २९ असार । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा ५ प्रतिशतले वृद्धि गरी प्रतिघण्टा ९ हजार १ सय ६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलब अनुसार हालको प्रतिघण्टाको ज्याला ८ हजार ७ सय २० कोरियन वनबाट ४ सय ४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा ५ दिन र दैनिक ८ घण्टा मात्र काम गर्दा पनि… पुरा पढौ

देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै, आजै सानाे मन्त्रिपरिषद् बन्ने

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्न लागेका छन् । सोमबार सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि कांग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका हुन । राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीको सपथको बारेमा सूचना आईसकेको हुनाले देउवाले बेलुका पाँच वजे सपथ ग्रहणका लागि तयारी गरेको बताईएको छ । देउवा २०५२ सालमा राजा वीरेन्द्रको पालामा पहिलो पटक प्रधानमन्त्री भएका थिए । दोश्रो पटक राजा ज्ञानेन्द्रको पालामा २०५८ सालमा, तेश्रो पटक २०६१ सालमा… पुरा पढौ