मुख्य समाचार

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने

टोकियो, ७ असार । टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ । रंगशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच यस्तो सहमति भएको हो । आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ । तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा… पुरा पढौ

नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

काठमाडौं, ७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उनले नेपालका विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरिन । भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको… पुरा पढौ

सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

काठमाडौं, ७ असार । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । सो भाइरसले सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्णमा सचेत गराएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी वैशाख २६ देखि जेठ २० सम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूना भारतको नयाँ दिल्लमिा परीक्षणको लागि पठाइकोमा जिनोमिक पहिचान गर्दा ४७ नमुनामा डेल्ना भेरियट र एउटामा अल्फा भेरियन्ट पुष्टि भएको छ । ४७ डेल्टा भेरियन्ट पुष्टिमध्ये ९ मा थप उत्परिवर्तन सहित नयाँ… पुरा पढौ

खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका

वाशिङ्गटन डिसी, ७ असार । विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट बाहिर निस्केर विस्तारै बजार व्यापार तथा जमघटहरुमा सहभागी हुन थालेका छन् । पछिल्ला हप्ताहरुमा अमेरिकाका विभिन्न शहर तथा बजारहरुमा पनि चहलपहल बढ्न थालेको देखिएको छ भने व्यापारिक प्रतिष्ठानहरुले आफना कारोवारमा वृद्धि भएको बताउन थालेका छन् । अमेरिकाका मुख्य पर्यटकीय गन्तव्य न्यूयोर्क, फ्लोरिडा, क्यालिफोर्निया जस्ता राज्यका ठूला रेष्टुरेन्टहरुमा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, १३ वटै उपसमूह राताम्मै

काठमाडौं, ७ असार । साताको दोश्रो कारोबारको दिन सोमबार शेयर बजारको प्रि ओपन सेसनमा १८.६१ अंकले बढेको नेप्से परिसूचक २९२४.४ विन्दुमा पुग्यो । केहिबेर सकारात्मक लयमा देखिएको नेप्से मध्यान्ह १२ वजेसम्म आउँदा भने दोहोरो अंकले घट्यो । उसो त शेयर बजार खुल्ला रहँदासम्म घट्ने र बढ्ने घटनाक्रमहरु भईरहन्छन् । तर केहि अघि नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेको बिज्ञप्तिको कारण नकारात्मक लयमा गएको नेप्सेमा अबका दिन कसरी अगाडीको यात्रामा जान्छ पर्खनै पर्ने भएको छ । यो समाचार तयार पार्दासम्म नेप्से १६.९३… पुरा पढौ

मौद्रिक नीतिको तयारी तीव्र बनाउँदै राष्ट्र बैंक, राहत प्याकेज प्राथमिकतामा

काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी तीव्र बनाएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको तयारीलाई तीव्र बनाइएको बताएका छन् । यसका लागि राष्ट्र बैंकले सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ । विगतका वर्षहरुमा पाँचतारे होटलमा विशेष कार्यक्रम आयोजना गरेर सरोकारवालाहरुको सुझाव लिने गरिएको थियो । तर अहिले कोरोना संक्रमणको त्रास भएका कारण राष्ट्र बैंकले भर्चुअल रुपमा सुझाव लिइरहेको छ । सरकारले जेठ १५ गते आगामी आव २०७८।७९ का लागि बजेट सार्वजनिक गरेपछि त्यसको कार्यान्वयनका… पुरा पढौ

समस्याग्रस्तबाट फुकुवा भएको नारायणी डेभलपमेन्ट बैंकले १:१ अनुपातमा हकप्रद शेयर दिने

काठमाडौं, ७ असार । नारायणी डेभलपमेन्ट बैंकले एक बराबर एक (१:१) अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि बेंकलाई नेपाल धितोपत्र बोर्डको अनुमति चाहिन्छ । बैंकले  धितोपत्र बोर्डसँग १३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ । बैंकले एक बराबर एक अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो । हकप्रद निष्काशनका लागि बैंकले असार ४ गते शुक्रबार… पुरा पढौ

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, ७ असार । नागरिक लगानी कोषले वितरण गर्ने १७.८९ प्रतिशत लाभांशका लागि आज लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । कम्पनीले उक्त लाभांश वितरणको प्रयोजनार्थ असार १८ गते २६ औं साधारण सभा बोलाएको छ । उक्त लाभांश साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ । नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरणको लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने बताएको छ । यसका लागि आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयरको कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण… पुरा पढौ

योगभूमि नेपाल-योग ज्ञान-विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य : राष्ट्रपति

काठमाडौं, ७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेकि छन् । अन्तरराष्ट्रिय योग दिवस (जुन२१) का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै राष्ट्रपतिले योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ भन्ने विश्वास व्यक्त गरेकि छन् । कोभिड–१९ महामारीका कारण आमरूपमा… पुरा पढौ

निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

काठमाडौं, ७ असार । वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा… पुरा पढौ