मुख्य समाचार

रङ्गमञ्च : हिजो, आज र भोलि

नाटक लेखन र मञ्चनको कला नेपालमा नाटक र नाटक मञ्चन भन्नेवित्तिकै अभिनेता रत्नदास प्रकाशको नाम अगाडि आइहाल्छ । रत्नदास प्रकाश, दमनराज तुलाधर जस्ता व्यक्तिले दरबारमा अभिनय प्रस्तुत गरेर ख्याति कमाएका थिए भने दमनराज तुलाधरले जुद्ध शमशेरको दरबारमा शेक्सपियरको नाटक प्रस्तुत गरेर साइलकको उपाधि नै पाएका थिए । मास्टर रत्नदास प्रकाशलाई नेपाली रङ्गमञ्चको कीर्ति स्तम्भ मानिन्छ, उनको समयकै वरपर नेपालमा नेपाली नाटक लेखेर मञ्चन गर्ने परम्परा सुरु भएको सत्य हो । उनले हिन्दी उर्दु र अङ्ग्रेजी नाटकलाई नेपालीमा अनुवाद गरेर मञ्चन… पुरा पढौ

नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा दिने

काठमाडौं, ६ असार । नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो । कोषले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढि प्रभावित भएको भन्दै राहत… पुरा पढौ

काठमाडौं उपत्यकामा १ हप्ता थपिएको निषेधाज्ञामा कुन कुन क्षेत्र खुकुलो ?

काठमाडौं, ६ असार । उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थपिएको छ । उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक सातासम्म अवधि थप गर्ने निर्णय गरेको हो । अबको निषेधाज्ञामा निजी सवारीलाई जोरबिजोर अनुसार चल्न दिइनेछ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार ट्याक्सीहरूलाई पनि जोरबिजोर लागू गरेर चलाउन दिइनेछ । सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म खाेल्न दिइनेछ । यस्तै, सोमबार, बुधबार र शुक्रबार ११… पुरा पढौ

नेप्सेमा गयो पहिरो,कारण बन्याे धितोपत्र बोर्डको बिज्ञप्ति

काठमाडौं, ६ असार । केहि दिन पहिले धितोपत्र बोर्डको ५१ कम्पनीको चलखेलको कारण शेयरको मूल्य बढेको सूचना प्रकाशन भएपछि सन्तुलन गुमाउँदै आएको नेप्सेमा साताको पहिलो दिन आईतबार दोहोरो अंकको गिरावट देखिएको छ । लगानीकर्ताहरूले नेप्सेमा पहिराे गएकाे महशुस गरेका छन् । कारोबार रकम ठिकठिकै भएपनि सूचकांकहरुमा देखिएको ऋणात्मक तथ्यांकिय दृश्यले लगानीकर्ताहरुको जोश, जाँगर र उत्साहलाई घटाईदिएको प्रष्टै देखिन्छ । १३ वटै उपसमूहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । शेयर बजार बन्द हुँदासम्म आउँदा नेप्से ६३.२८ अंकले घटेर… पुरा पढौ

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, लगानीकर्ताले कति पाउने भए बोनस ?

बारा, ६ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरको लाभांश पारित भएको छ । आइतबार होटल इच्छा प्राइभेट लिमिटेड सिमरामा बसेको उन्नाइसौं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सभामा संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने तथा सर्वसाधारण शेयर स्वामित्व बढाएर ४९ प्रतिशत… पुरा पढौ

चीनले लगायो एक अर्ब डोज खोप

बेइजिङ, ६ असार । चीनले आजसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर… पुरा पढौ

गण्डकीमा मन्त्रालय भागबण्डा पेंचिलो, जसपालाई २ मन्त्रालय दिने सहमति बाहिरियो

पोखरा, ६ असार । गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार पेंचिलो बन्दै गएको छ । गत २९ जेठमा मुख्यमन्त्री नियुक्ति कृष्णचन्द्र नेपाल पोखरेलले एक साता बित्दा समेत मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा लगाउन सकेका छैनन् । यसैबीचमा पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएको लिखित सम्झौता बाहिरिएको छ । पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ । जसपामा हरिशरण आचार्य र धनमाया पोखरेल लामा गरी २ जना सांसद हुन् । तीमध्ये… पुरा पढौ

निषेधाज्ञा खुकुलो बनाउने तयारी, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै

काठमाडौं, ६ असार । निषेज्ञाधा कुन रुपमा खोल्ने भन्ने विषयमा छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयूक्त बैठक बस्ने भएको छ । हालकाे निषेधाज्ञा भोलि अर्थात ७ असारसम्म जारी रहेकाे छ । ८ असार देखी के गर्ने भन्ने विषयमा आजै बैठक बस्ने तयारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । पराजुली भन्छन्, ‘अाजै वा भाेलि तीन प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउँछौं ।’ कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको… पुरा पढौ

सांग्रिला बैंककाे ७५ करोडको ऋणपत्र आजदेखि बिक्री खुल्ला

काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाममा ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । यसको समयावधि १० वर्ष सम्मको रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीका लागि ल्याएको हो । त्यसमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने भएको छ । बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता… पुरा पढौ

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । ‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्षकै उच्च बहाव हो ।’ महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन् । ‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर… पुरा पढौ