मुख्य समाचार

गण्डकीमा पौडेल र सुपमा यादव नयाँ प्रदेश प्रमुख

काठमाडौं, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश र सुदूरपश्चिम (सुप) प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिस बमोजिम उनले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । गण्डकी प्रदेशका लागि प्रदेश प्रमुखमा नियुक्त पौडेल अनेमसंघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् । यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेश प्रमुख नियुक्त भएका उनीहरु… पुरा पढौ

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं, २० वैशाख । सरकारले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्र्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गरी सो स्थानमा क्रमशः सीता पौडेल र गंगा यादवलाई नियुक्त गर्न सिफारिस गरेको जनाइएको छ । शेरचनर त्रिपाठी यसअघि माओवादी कोटाबाट मन्त्री बनेका थिए । सरकारले यसअघि प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएको थियो । गण्डकी प्रदेशका लागि प्रदेश प्रमुखमा सिफारिस पौडेल अनेमसंघकी अध्यक्ष थिइन् भने… पुरा पढौ

सङ्ख्यासँगै दायरा बढाउँदै दोस्रो लहरको कोरोना

काठमाडौँ, २० वैशाख । वैशाखको पहिलो साता बागलुङको बलेवास्थित नारायणस्थानको एक विद्यालयमा ठूलो सङ्ख्याका विद्यार्थी र शिक्षकमा एक्कासी कोभिड–१९ देखिएको खबर आयो । सङ्क्रमणको जालो च्यात्न तत्कालै त्यहाँको स्थानीय प्रशासनले स्कुल र स्कुलसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र तोकेर वैशाख ७ गते निषेधाज्ञा नै जारी गर्यो । बागलुङ्का प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की उक्त घटना स्मरण गर्दै भन्छन्, “हामीले ‘चेन ब्रेक’ गर्न तत्कालै उक्त निर्णय गरेका थियौँ, त्यो सफल भएको अनूभूति पनि छ ।” उनका अनुसार अहिले जिल्लामा सक्रिय सङ्क्रमित… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्ब ५२ करोड बढीको कारोबार

काठमाडौं, २० वैशाख । राजनीतिक आन्दोलन, हड्ताल वा विपदको समयमा शेयर बजारमा यसको प्रत्यक्ष असर देखिने गरेको छ । पछिल्लो समयमा सरकारले कोरोना भाइरसको दोश्रो चरण शुरु भएपछि निषेधाज्ञा जारी गरेपछि शेयर बजारमा आरोह अवरोह देखिने गरेको छ । नेप्सेका सूचकांकहरुमा एकरुपता देखिएको छैन भने लगानीकर्ताहरुको उत्साहमा कमि आएको छ । कहिले नेप्सेका सूचकांकहरुमा हरियाली छाउँछ त कहिले राताम्मै भएको देखिने गरेकाे छ । साताको दोश्रो दिन साेमबार काराेबार बढेपनि शेयर बजारमा आशा गरेभन्दा नकारात्मक असर देखिएको छ । अघिल्लो… पुरा पढौ

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं, २० वैशाख । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण जेठको २८ गते बोलाएको छ । कम्पनीको साधारण सभाले ६.७५ प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोडको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर पारित हुने भएको छ । यस्तै ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गरिने भएको छ । साधारण सभाले… पुरा पढौ

अपि पावरले पायाे हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडाै २० वैशाख । अपि पावर कम्पनीले दोश्रो पटकको हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि अनुमति लिएको छ । नेपाल धितोपत्र बोर्डले अपि पावरलाई ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीका अनुसार १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिईएकोमा सेबोनले त्यसलाई स्वीकृत गरेपछि सो परिमाणको हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि ल्याउन लागिएको हो । अपि पावर कम्पनीले यसअघि गएको कार्तिक १४ देखि… पुरा पढौ

अप्रिलमा २२ हजार विदेशी नेपाल भित्रिए

काठमाडाै, २० वैशाख । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् । विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा… पुरा पढौ

साेमबार उकालाे लाग्याे सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, २० वैशाख । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्य उकालो लागेको छ । छापावाला सुनकाे मूल्यमा आज ४०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्यमा ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य… पुरा पढौ

अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

काठमाडौ‌, २० वैशाख । अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ । ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ । मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने विषयमा भएको छलफलले ढुवानी साधनको नम्बर, किसिमसहित संलग्न कामदार तथा कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको… पुरा पढौ

बहुमतप्राप्त दल रहेको अवस्थामा मुख्यमन्त्रीमा दाबी : पोख्रेल

रुपन्देही, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जालमा आफ्नाे विचार राख्दै उनले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै आधारमा भएको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रियाअनुरूप नै हुने उल्लेख गरे । विमलाकुमारी खत्री फागुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको र उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको जनाउँदै उनले अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार… पुरा पढौ