मुख्य समाचार

नेपाल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र बिक्री आजदेखि

काठमाडौं, २२ वैशाख । नेपाल बैंक लिमिटेडले बैशाख २२ गते आजदेखि वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री खुलाएको छ । बैंकले '८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७' निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हाे । जस्को समयावधि १० वर्षका लागि रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र खुलाएकाेमा त्यसमा सर्वसाधारणको लागि १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४… पुरा पढौ

आठ स्थानमा अस्पतालसहित बहुपयोगी भवन निर्माणलाई तीव्रता दिँदै सेना

काठमाडौं, २२ वैशाख । नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक यस्ता पूर्वाधार निर्माण गर्न लागेको हो । का ठमाडौंको हकमा भने सेनाले महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई… पुरा पढौ

उपत्यकामा थप कडाइ, वैशाख २९ सम्म लम्बियाे निषेधाज्ञा

काठमाडौं, २२ वैशाख । कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौं उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले केही कडाइ गर्ने गरी वैशाख २९ गते राति १२ बजेसम्मका लागि उक्त आदेश थप गरिएको जानकारी दिए । यसअघिको… पुरा पढौ

समता लघुवित्त बन्याे पहिलो दिनमै नाफा कमाउने पहिलो कम्पनी

काठमाडौं, २१ वैशाख । रोकिएको १० महिनापछि समता लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारको शेयर कारोबार आजबाट खुले लगत्तै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा समता लघुवित्त नै बनेको छ । जस्काे शेयरमूल्य १० प्रतिशतले बढेर ६०५ रुपैयाँ पुगेको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि नेपाल स्टक एक्सचेन्जले गएको असार १ गतेदेखि समता लघुवित्त वित्तीय संस्थाबाट हुने शेयर कारोबारलाई रोक्का गरेको थियो । सोमबार एकापसमा गाभिएर कायम भएको… पुरा पढौ

बुटवलमा अक्सिजन बैंक स्थापना : सेवा निःशुल्क

बुटवल, २१ वैशाख । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका सङ्क्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका सङ्क्रमितलाई श्वास प्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन सहितको सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो । अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट… पुरा पढौ

अभाव हुन नदिन चीनबाट २० हजार सिलिन्डर आउँदै

काठमाडौं, २१ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उनले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।” मन्त्रालयले… पुरा पढौ

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै उच्च ३१० संक्रमित

पोखरा, २१ वैशाख । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार गण्डकीमा गएको २४ घण्टामा ९ सय ३ पिसिआर परीक्षणमा ४ सय २९ संक्रमित भेटिएका हुन् । प्रदेशका अन्य जिल्लाका तुलनामा कास्कीमा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । यो सहित कास्कीमा हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ । कास्कीमा हालसम्म १ सय ३१ जनाको मृत्यु भएको… पुरा पढौ

नेप्से १.९४ अंकले बढ्यो, कतिकाे भयाे कारोबार ?

काठमाडौं, २१ वैशाख । अघिल्लो दिन दोहोरो अंकले गिरावट भएको शेयर बजारमा आज भने केहि सुधार भएको संकेत देखिएको छ । तर कारोबार रकममा भने उल्लेख्य प्रगति अझैं हुन सकेन । साताको तेश्रो दिन मंगलबार आज नेप्से परिसूचक १.९४ अंकले बढेको छ । यसरी बढेको नेप्से २६५४.६९ विन्दुमा पुगेको छ । नेप्से आज ०.०७ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने ०.३२ अंकले बढेर ४७५.४४ विन्दुमा पुगेको छ । आज कुल २१३ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २८… पुरा पढौ

गेट्स दम्पत्तीले गरे सम्बन्ध विच्छेद, गेट्स फाउन्डेशनमा भने सँगै रहने

अमेरिका, २१ बैशाख । विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उनीहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिएका हुन् । “विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न… पुरा पढौ

उत्पादन घटेपछि अण्डाको मूल्य बढ्याे

चितवन, २१ वैशाख । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको… पुरा पढौ