मुख्य समाचार

कास्कीमा एकै दिन थपिए १४४ संक्रमित, सक्रिय संक्रमित झन्डै १५ सय पुगे

पोखरा, २१ वैशाख । कास्कीका एकै दिनमा १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । यो सहित गण्डकी प्रदेशभर १ सय ६१ संक्रमित थपिँदा कुल संक्रमित संख्या १९ हजार ५ सय ८५ पुगेको छ । पोखराको न्यूरोडस्थित लाइफ केयर डायग्नोस्टिकमा भएको परीक्षणमा कास्कीमा थप १ सय ४४ संक्रमित थपिन पुगेका हुन । कास्कीमा सोमबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १५ थियो । पोखरामा मंगलबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला… पुरा पढौ

डेनमार्कको कोपन्हेगन नगरपालिकामा नेपाली युवाको उम्मेद्वारी

डेनमार्क,२१ बैशाख । डेनमार्कमा रहेका नेपाली समुदायमा परिचित नाम हाे- हरि न्यौपाने। सक्रियताका हिसावले नेपाली चाडपर्व, उत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद जताततै भ्याइदिन्छन् उनी। सरसहयोगका हिसावले नेपालीलाई परेको पीर, मर्कामा कसरी मल्हम लगाउन सकिन्छ भनेर दौडधुपमा लागिहाल्छन्। यतिमा सिमित छैन उनको परिचय, डेनमार्कको राजनीतिमा पनि सक्रिय छन्। को हुन् हरि ? नेपालमा चितवनको भरतपुर नगरपालिका-२२ बाट सन् २००८ मा डेनमार्क प्रवेश गरेका हुन्- हरि न्यौपाने। पढाइको सिलसिलामा डेनमार्क प्रवेश गरेका उनले यहाँको परिस्थिति बुझ्दै गएपछि राजनीतिक बाटोबाट समाजका लागि केही गर्न… पुरा पढौ

सुनसान पाेखरा …

पाेखरा, २१ बैशाख । कोरोनाको महामारी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबारदेखि थप कडाइका साथ गरेकाे लकडाउनमा सुनसान देखिएकाे पाेखराकाे न्युराेड, सभागृहचोक, पृथ्वीचोक, लेकसाइड क्षेत्र । लकडाउनपछि पोखराकाे प्राय सबै बजार बन्द र सडक सुनसान छन् । सडकमा सवारी साधनहरू चलेका छैनन् । निषेधाज्ञा वैशाख ३१ सम्म जारी रहनेछ। फोटोः अशेष शाक्य पुरा पढौ

मध्य भोटेकोशी जलविद्युतको शेयर निष्काशन खुल्ला

काठमाडौं, २१ वैशाख । मध्य भोटेकोशी जलविद्युत कम्पनीकाे ६० लाख कित्ता शेयर (आइपीओ) स्थानियका लागि आजदेखि खुल्ला भएकाे छ । आयोजना प्रभावित स्थानिय जनताको लागि पहिलो चरणमा कम्पनीले १०० रूपैयाँ मूल्य अंकित ६० लाख कित्ता साधारण शेयरमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता भोटेकाेशी गाउँपालिकाका वडा नं १ र ५, बाह्रबिसेका वडा नं ५, ६, ७ र ८ का जनताको लागि रहेको छ । यस्तै बाँकी रहेको ७० प्रतिशतले हुने ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोकका आयोजना क्षेत्रबाहिरका जनताको लागि रहेको… पुरा पढौ

सुरक्षित बैकिङ सेवा प्रदान गर्न बैंकर्स एशोसिएसनकाे निर्देशन

काठमाडौं, २१ वैशाख । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनको अक्षरशः पालना गर्दै कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई सम्भव भएसम्मका उपाय अवलम्बन गर्न निर्देशन दिइएको बताइएकाे छ । उनका… पुरा पढौ

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

काठमाडौं, २१ वैशाख । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए । उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए । विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न, नगराउन तथा तोकेको खुद्रा… पुरा पढौ

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित

काठमाडौं, २१ वैशाख  । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पु¥याइने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार रु नौ हजार ३८५ आधारभूत पारिश्रमिक र रु पाँच… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट पहेँलो धातुसहित ५ पक्राउ

काठमाडौं, २१ वैशाख । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ४०७ ग्राम पहेँलो धातुसहित ५ जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलो ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो धातुसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई पक्राउ गरेको हो । पक्राउपरेकामध्ये एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु दुई थान… पुरा पढौ

चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छः प्रधानमन्त्री (पूर्ण पाठसहित)

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् । कोभिड–१९ र समसामयिक विषयमा साेमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको जनाए । प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरे… पुरा पढौ

लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायाे मान्यता

काठमाडौं, २० बैशाख । लायन्स क्लब्स् अन्तर्राष्ट्रियले नेपाली भाषालाई पहिलाेपटक अफिसियल भाषाका रूपमा चौधौं स्थानमा मान्यता प्रदान गरेकाे छ । भाषाकाे मान्यतापछि अबदेखि लायन्स अन्तराष्ट्रीयमा नेपाली भाषा पनि अफिसियल भाषा बनेकाे छ । अबकाे केही समयपछि लायन्स अन्तर्राष्ट्रियकाे वेभसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने याे अभियानका अभियन्ता लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानले बताए । प्रत्येक वर्ष हुने अन्तर्राष्ट्रिय कन्भेन्सनमा समेत अब नेपाली भाषामा पनि सुन्न सकिने भएको छ। यस… पुरा पढौ