मुख्य समाचार

नेप्से ३.४० अंकले घट्यो, कारोबारमा नेपाल टेलिकम अगाडी

काठमाडौं, २६ फागुन । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । आज पनि शेयर बजार ओरालोतिर नै लागेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक तथा कारोबार दुबै घटेको छ । नेप्से परिसूचक आज ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा रोकिएको छ । नेप्से ०.१४ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले बढेर ४४५.२३ विन्दुमा पुगेकको छ । आज जम्मा २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब १ करोड ४० लाख… पुरा पढौ

जाइकाकाे चासाेः सूर्यविनायक-धुलिखेल सडक विस्तार गर्न छलफल शुरू

काठमाडौं, २६ फागुन । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ । एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरी छलफल भएको छ । अहिले पनि जाइकाले सो सडकको निर्माणमा चासो देखाइरहेको बताइएको छ । जाइकाले निर्माण गर्ने तत्काल योजना नभएमा सरकार आफैँले बनाउने गरी छलफल अघि बढिरहेको सूर्यविनायक– धुलिखेल सडक योजनाले… पुरा पढौ

गैंडाकोटमा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना

नवलपुर, २६ फागुन । देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ । राष्ट्रको मौलिक कला, संस्कृति, साहित्य, भेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । प्राकृतिक सुन्दरताकाबीच अवस्थित थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठा छन्। चित्रकला मार्फत थारू जातिका विभिन्न संस्कृती, मेलामहोत्सव र पर्वबारे जानकारी दिइएको फाउण्डेशनका प्रतिनिधि रामचन्द्र धितालले बताए । थारू जातिका दैनिकी झल्किने… पुरा पढौ

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

dividend
काठमाडौं, २६ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका ५ वटा कम्पनीहरुको आज लाभांश सुरक्षित गर्नका लागि अन्तिम दिन हो । लाभांश प्राप्त गर्नको लागि सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्त, सिर्जना फाइनान्स तथा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार भएर कायम भएको हुनुपर्नेछ । सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्तको फागुन २८ मा बुक क्लोज हुँदैछ । सिर्जना फाइनान्स तथा महिला लघुवित्त वित्तीय संस्थाको चैत्रको १ गते बुक क्लोज हुँदैछ । फागुनको २७ गते मशाशिव… पुरा पढौ

ज्योती लाइफको आइपीओमा लगानीकर्ताको लस्कर, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओमा शेयर लगानीकर्ताहरुको चाप बढीरहेको छ । आइपीओमा आवेदन दिनका लागि आज १ दिन बाँकि रहेकोले आईपीओ भर्नेको संख्याले यसअघिको रेकर्डलाई तोड्ने संकेत देखिएको छ । कम्पनीको आइपीओमा मंगलबारसम्म १५ लाख ७० हजार ४१४ शेयर लगानीकर्ताले आवेदन पेश गरेका पाईएको छ । यसभन्दा अघिको रेकर्डलाई हेर्दा महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख ८० हजार लगानीकर्ताले आवेदन दिएका थिए । ज्योती लाइफको आइपीओमा आवेदन दिने समय आज एक दिन बाँकी भएकोले यो संख्या… पुरा पढौ

इमाडोल-लामाटार सडक निर्माण अन्तिम चरणमा

काठमाडौं, २६ फागुन  । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा अहिले सानागाउँ क्षेत्र र लुभुको बजार क्षेत्र बाहेक अन्यत्र कालोपत्र सकिएको छ । कालोपत्र बाँकी भएका यी स्थानमा पनि वैशाखसम्ममा कालोपत्र गरिसकिने आयोजना प्रमुख गुरु अधिकारीले बताए। लुभुको बजार क्षेत्रमा ५०० मिटर र सानागाउँ क्षेत्रमा ६० मिटर सडक कालोपत्र गर्न… पुरा पढौ

ऊर्जामा दक्ष जनशक्ति तयार पार्न द्विपक्षीय सम्झौता

काठमाडौं, २६ फागुन । पछिल्ला दिनमा मुलुकभित्र उल्लेख्य मात्रामा जलविद्युत् आयोजना निर्माण भए पनि दक्ष जनशक्तिको अभाव रहँदै आएको तथ्यलाई मनन गर्दै ऊर्जा उद्यमीले साझेदारी गरेरै भए पनि मानवस्रोतको विकासमा ध्यान दिने भएका छन् । सोही उद्देश्यअनुसार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र गैरसरकारी संस्था शेषकान्त फाउण्डेशनबीच दक्षजनशक्ति उत्पादन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले हस्ताक्षर गरे । जलविद्युत् आयोजना निर्माण, सञ्चालन तथा मर्मतसम्भारका लागि योग्य, आवश्यक र… पुरा पढौ

राष्ट्र बैंककाे डेपुटी गभर्नरमा नीलम ढुंगाना र बम बहादुर मिश्र नियुक्त

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मन्त्री परिषदकाे मंगलबार बसेको बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको बताइएकाे छ । डेपुटी गभर्नर बनेका मिश्र नेपाल राष्ट्र बैंक विदेशी विनियम विभागका कार्यकारी निर्देशक थिए । ढुंगाना हाल केन्द्रीय बैककाे सार्वजनिक ऋण व्यवस्थापन विभागकाे प्रमुख थिइन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्ने प्राबधान… पुरा पढौ

निर्वाचन आयोगले भन्यो: ओलीको एमाले र प्रचण्डको माओवादी केन्द्र

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नका लागि आफ्ना ६ बुँदे निर्णय आज सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलाका सम्बन्धमा आज बसेको निर्वाचन आयोगको बैठकले फैसला कार्यान्वयनको लागि ६ बुँदे निर्णय सार्वजनिक गरेको हो । एमाले र माओवादी केन्द्र एकिकरण भएर बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएको आयोगले जनाएको छ । आयोगमा दर्ता नंबर १४५ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दल खारेज… पुरा पढौ

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न तीन स्थानबाट प्रवेश पाइने, विशेष पासको व्यवस्था हटाइयाे

काठमाडौं, २५ फागुन । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा बताएअनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न… पुरा पढौ