मुख्य समाचार

एनएमबि बैंकले माघ २५ गतेदेखि शेयरधनीकाे खातामा लाभांश जम्मा गरिदिने

काठमाडौं, २३ माघ । एनएमबि बैंकले साधारण सभाबाट पारित भएको लाभांश हितग्राही खातामा जम्मा गर्ने तयारी गरिएकोले बैंक खाता अद्यावधिक गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि शेयरधनीहरुको बैंक खाता अद्यावधिक गरिएको हुनुपर्छ । बैंकका अनुसार साधारण सभाले पारित गरेको करसहितको ३.२० प्रतिशत नगद लाभांश हितग्राही खातामा जम्मा गरिदिने भएकोले बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको हो । बैंकले माघको २५ गतेबाट वितरण गर्नुपर्ने लाभांश हितग्राही खातामा जम्मा गर्ने बताएको छ । पुरा पढौ

जब दुई चारजना बाहिरिए, संवैधानिक आयोगको काम गर्न सकियो : प्रधानमन्त्री ओली

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चारजना नक्कली राष्ट्रवादको हाउभाउ देखाउनेले तीन वर्षसम्म संवैधानिक आयोगहरुमा नियुक्ती गर्नै नदिएको बताएका छन् । अहिले ति दुई चारजना मान्छेहरु बाहिर गएपछि संबैधानिक आयोग बनाउन सहज भएको बताए । पहिला बनाउनै दिएनन् उनले भने, बल्ल केहि मान्छेले पार्टी छोडेर गए अनि मात्र बनाउन सकियो । मैले पटक पटक भन्दै आएँ, सरकार पाँच वर्षका लागि हो चलाऔं तर उनीहरुले मान्दै मानेन् । उल्टै केपी ओलीलाई सरकारबाट… पुरा पढौ

स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सेवा सम्झौता

काठमाडौं, २३ माघ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच औपचारिक सम्झौता भएको छ । एससिटिले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ्ग ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्र्माट क्युआर,… पुरा पढौ

मूल्य समायोजन नहुँदा आयल निगम १ अर्ब घाटामा

काठमाडौं, २३ माघ । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै रु ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने सम्भावना छ । निगमले हाल दैनिक रु साढे छ करोड नोक्सानी व्यहोर्दै आएको छ । पेट्रोल, डिजेल∕मट्टितेल र खाना पकाउने एलपी… पुरा पढौ

नेकपा ओली पक्षको नारायणहिटी दरबार अगाडी आज शक्ति प्रदर्शन हुँदै

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले आज काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ । ''अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश'' भन्ने मूल नारासहित नारायणहिटी दरबार अगाडी शक्ति प्रदर्शन गरेकाे छ । सभाका लागि पार्टीका बागमती प्रदेश संगठन प्रमुख आनन्द पोखरेलले २ लाख बढी जनता उतार्ने बताएका छन् । सभामा बागमती प्रदेशका १३ जिल्ला र देशका विभिन्न जिल्लाहरुबाट नेता, कार्यकर्ता र समर्थकहरु सहभागि भएकाे बताए । सभाका लागि यसअघि… पुरा पढौ

ग्रीनलाइफ हाइड्रोपावरको शेयर आजदेखि बिक्री खुल्ला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २३ माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको हो । उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको रहेको छ । कम्पनीका अनुसार १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । कर्मचारीको लागि ६९ हजार ९०८ तथा ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणको… पुरा पढौ

हिमाली जिल्लामा हिमपातः जनजीवन कष्टकर, किसान खुशी

बाजुरा, २३ माघ । उच्च पहाडी तथा हिमाली जिल्लामा बिहिबार रातिबाट हिमपात भइरहेकाे छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बाजुरामा बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन् ।… पुरा पढौ

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रम ओली

पर्वत, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको उद्घाटन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको २२०-१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०-१३२-३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरेका हुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत्… पुरा पढौ

वार्ताबाट समाधान खोज्न आयोगकाे आग्रह

काठमाडौं, २३ माघ । राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ । “कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण… पुरा पढौ

‘बन्द–हड्तालकाे बाटो रोज्नु अर्थतन्त्रका लागि दुर्भाग्य’

काठमाडौं, २२ माघ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बन्द हड्ताल स्वीकार्य नहुने बताएको छ । पछिल्लो समय राजनीतिक दलहरुभित्र देखिएको तीव्र बिवाद पछि मुलुक फेरि राजनीतिक अस्थिरता तर्फ गएको छ । बिहीबारमात्रै पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आम हड्ताल गरेको थियो । सफल आवाज डटकमसँग कुरा गर्दै आम हड्ताल मुलुक र मुलुकको अर्थतन्त्रका लागि घातक रहेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । देशमा सुख, शान्ति र समृद्धि चाहिएको भन्दै बन्दलाई सधैका लागि बन्द गर्नु नै मुलुकको भलो… पुरा पढौ