मुख्य समाचार

चन्द्रागिरी हिल्सको शेयर कारोबार आईतबारबाट खुल्ला, कति होला ओपनिङ रेन्ज ?

काठमाडौं, २५ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार आईतबारबाट खुल्ला भएको छ । नेप्सेमा सूचिकृत भएपछि चन्द्रगिरीको शेयरको कारोबारको ढोका आईतबारबाट खुल्ला भएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको शेयरको ओपनिङ रेन्ज पनि तोकेको छ । नेप्सेका अनुसार पहिलो कारोबारका लागि ९६ रुपैयाँ ६९ पैसादेखि बढीमा २९० रुपैयाँ ७ पैसा तोकिएको छ । शुक्रबार चन्द्रागिरीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो । तोकिएको ओपनिङ रेन्ज अनुसार आईतबारबाट चन्द्रागिरीको शेयर कारोबार सीजीएच कोडमा… पुरा पढौ

काठमाडौं उपत्यकालगायत आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा र हिमपात

काठमाडौं, २४ माघ । काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो । तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको… पुरा पढौ

चीनले पाँच लाख कोराना विरुद्धकाे खोप अनुदान दिने

काठमाडौं, २४ माघ । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच भएको टोलिफोन वार्तामा उgका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेकाे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन् । पुरा पढौ

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं, २४ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकि छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण समारोहमा उनले भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पु¥याउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी दिइन । उक्त कार्यको सफलताका लागि हालै नियुक्त भएका जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य र सदस्यको अहम भूमिका रहने उनको भनाइ थियो । “सरकारले तपाईहरुमाथि… पुरा पढौ

आँधिखाेला लघुवित्त वित्तीय संस्थाको नाफा १०३.४५ प्रतिशतले बढ्याे, अन्य सूचक कस्ता ?

काठमाडौं, २४ माघ । अधिकांश सूचकहरुमा सुधारको संकेत दिदैं आँधिखोला लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ । गएको वर्ष संस्थाले ८८ लाख ५६ हजार नाफा गरेको थियो । चालु वर्षको नाफालाई हेर्दा १०३.४५ प्रतिशतले बढी देखिएको छ भने संस्थाले खुद ब्याज आम्दानी र संचालन मुनाफा पनि बढेको जनाएको छ । कम्पनीले पुस महिनाको अन्तिमसम्म ३ करोड… पुरा पढौ

बीमालाई थप परिष्कृत र मर्यादित बनाइन्छ : सिलवाल

काठमाडौं, २४ माघ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा विस्तारित हुँदै गएको बीमा व्यवसायलाई थप परिष्कृत, मर्यादित र नागरिकका बीचमा पु¥याइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले दिलोज्यान दिएर लागिपर्ने बताए । समितिको कार्यालयमा पदबहालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निर्मूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गरे । समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उनले कानून, नियम र… पुरा पढौ

मुलुकले आर्थिक सम्पन्नता हासिल गर्न सक्छ : परिसंघ

काठमाडौं, २४ माघ । नेपाल उद्योग परिसङ्घले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग आयोजित अन्तरक्रियामा परिसङ्घ अध्यक्ष सतीशकुमार मोरले विगतका सङ्कट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे छिट्टै मुलुकले नयाँ गति लिने बताए । सबै किसिमका विपत्तिमा पनि निजी क्षेत्र विचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर समृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराए । “द्वन्द्व सङ्क्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता जटिल… पुरा पढौ

एनएमबि बैंकले माघ २५ गतेदेखि शेयरधनीकाे खातामा लाभांश जम्मा गरिदिने

काठमाडौं, २३ माघ । एनएमबि बैंकले साधारण सभाबाट पारित भएको लाभांश हितग्राही खातामा जम्मा गर्ने तयारी गरिएकोले बैंक खाता अद्यावधिक गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि शेयरधनीहरुको बैंक खाता अद्यावधिक गरिएको हुनुपर्छ । बैंकका अनुसार साधारण सभाले पारित गरेको करसहितको ३.२० प्रतिशत नगद लाभांश हितग्राही खातामा जम्मा गरिदिने भएकोले बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको हो । बैंकले माघको २५ गतेबाट वितरण गर्नुपर्ने लाभांश हितग्राही खातामा जम्मा गर्ने बताएको छ । पुरा पढौ

जब दुई चारजना बाहिरिए, संवैधानिक आयोगको काम गर्न सकियो : प्रधानमन्त्री ओली

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चारजना नक्कली राष्ट्रवादको हाउभाउ देखाउनेले तीन वर्षसम्म संवैधानिक आयोगहरुमा नियुक्ती गर्नै नदिएको बताएका छन् । अहिले ति दुई चारजना मान्छेहरु बाहिर गएपछि संबैधानिक आयोग बनाउन सहज भएको बताए । पहिला बनाउनै दिएनन् उनले भने, बल्ल केहि मान्छेले पार्टी छोडेर गए अनि मात्र बनाउन सकियो । मैले पटक पटक भन्दै आएँ, सरकार पाँच वर्षका लागि हो चलाऔं तर उनीहरुले मान्दै मानेन् । उल्टै केपी ओलीलाई सरकारबाट… पुरा पढौ

स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सेवा सम्झौता

काठमाडौं, २३ माघ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच औपचारिक सम्झौता भएको छ । एससिटिले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ्ग ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्र्माट क्युआर,… पुरा पढौ