मुख्य समाचार

आज माघे संक्रान्ति-सार्वजनिक बिदा

काठमाडौं, १ माघ । आज माघ १ गते माघे संक्रान्ति पर्व । यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयअनुसार आज माघ १ गते मुलुकभर सार्वजनिक बिदा दिएको जनाएकाे छ । सरकारले आज नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिएकाे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरा पढौ

कोभिड-१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रम

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने बताएका छन् । प्रधानमन्त्री ओलीको सन्देशमा हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद… पुरा पढौ

माघे संक्रान्तिबाट एकता,सद्‌भाव र बृहत् राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुगोस्ःराष्ट्रपति

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक, सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् । यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्न तथा… पुरा पढौ

ट्रम्पविरुद्ध दोस्रोपल्ट महाअभियोग प्रस्ताव

बोस्टन, अमेरिका, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चार वर्षे कार्यकालमा दोस्रोपल्ट महाअभियोग प्रस्ताव गरिएको छ । संसद्मा यस प्रस्तावमाथि छलफल चलिरहेको छ । अमेरिकी इतिहासमा दुईपल्ट महाअभियोग सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । ट्रम्पले पहिलोपल्ट १३ महिनाअघि महाअभियोग सामना गरेका थिए । यद्यपि उक्त महाअभियोग सिनेटबाट दुई तिहाई मत नपुग्दा अस्वीकृत भएको थियो । डेमोक्रेटिक पार्टीका तर्फबाट ट्रम्पलाई बाँकी कार्यकाल अगावै पदमुक्त गर्ने प्रयासस्वरुप महाअभियोग प्रस्ताव गरिएको हाे । ट्रम्पको कार्यकाल अब एक साता मात्र बाँकी छ… पुरा पढौ

नबिलको ३६औं साधारण सभाबाट ३५.२६ प्रतिशत लाभांश पारित

काठमाडाैं, २९ पुस । नबिल बैक लिमिटेडको ३६औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएकाे छ । सभाले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताब पारित गरेकाे छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना सञ्चालक समेत निर्वाचित गरेकाे जनाएकाे छ। सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन । ३ करोड चुक्ता पुँजीबाट शुरु भएको बैंकको हालकाे चुक्ता पुजी रु १३.४८अरब पुगेको छ। आ.व. २०७६-७७ मा बैंकले ३ अर्ब ४६ करोड नाफा गर्न सफल भएको… पुरा पढौ

एनएमबि बैंकको २५ औं साधारण सभा सम्पन्न, १६.२ प्रतिशत लाभांश पारित

काठमाडौं, २९ पुस । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न गरेको छ । कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका… पुरा पढौ

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः निर्वाचित

काठमाडौं, २९ पुस । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः निर्वाचित भएका छन् । मंगलबार सम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई सञ्चालक निर्वाचित गरेको हो । साधारणसभा पश्चात बसेको बैंक सञ्चालक समिति बेठकले ढकाललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन् भने सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल चयन भएका छन् । बैंकको बार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये… पुरा पढौ

६ महिनामा भित्रियो ४ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । उता वैदेशिक… पुरा पढौ

गाउँ चिनाउँदै चन्द्रकान्त

पोखरा, २९ पुुस । पोखराका चन्द्रकान्त बरालको परिचय समाजसेवीको रुपमा बढी चर्चित छ । समाजसेवा गर्न पाउँदा सन्तुष्ट महसुस हुने उनी बताउँछन् । बराल फिड इन्डष्ट्रिजका संचालक उनी गरिमा विकास बैंकका अध्यक्ष पनि हुन् । उनको संलग्नता यसका अलावा विभिन्न क्षेत्रमा छ । जसको फेहरिस्त लामो हुन सक्छ । पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा हुर्केका उनले व्यवसायबाट प्रशस्त आम्दानी गरेका छन् । सात दाजुभाइलाई बाँडेर खाने २ सय रोपनी जग्गामध्ये उनले आफ्नो भागमा परेको जग्गा बैंकमा धितोमा राखेर डेढ लाख रुपैयाँ… पुरा पढौ

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र ३०० बढी श्रमिकले काम गर्दै

काठमाडौं, २९ पुस । कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन… पुरा पढौ