मुख्य समाचार

बैंकलाई ब्रोकर लाइसेन्स दिन परिसङ्घको माग

काठमाडौं, २१ पुस । बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो । यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले… पुरा पढौ

कोशी करिडोरमा चालु आर्थिक वर्षमा ७ पुल निर्माण सम्पन्न हुँदै

काठमाडौं, २१ पुस । निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएका छन् । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो । राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालु… पुरा पढौ

कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली

काठमाडाैं, २० पुस । अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध रु ६५ करोड २८ लाख ५२ हजार ३८२ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै आज उच्च अदालतमा मुद्दा दायर गरेको हो । आरकेएम ट्रेडिङ लगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका… पुरा पढौ

भारतीय सुरक्षाकर्मीको गोली लागेर १६ वर्षीय लुहार घाइते

कञ्चनपुर, २० पुस । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार आज साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा छर्रा लागेको छ । “भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौं । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।” घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ ।… पुरा पढौ

आयोगद्वारा अधिकारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण

काठमाडाैं, २० पुस । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । छोराको हत्यामा संलग्न दोषीलाई कारवाहीको… पुरा पढौ

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं, २० पुस । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो । टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । होबार्टका लागि बेन म्याक डरमोटले… पुरा पढौ

भारतले प्रतिबन्ध हटाएपछि घट्यो प्याजकाे मूल्य

काठमाडाैं, २० पुस । भारतले प्याजकाे निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्ष शुरू भएसंगै हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो । प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा… पुरा पढौ

नेप्से ६.३६ अंकले घट्यो, ५ अर्ब ९६ करोड बढीको कारोबार

काठमाडौं, २० पुस । नेप्से आज ओरालो लागेकाे छ । परिसूचक आज ६.३६ अंकले घटेर २१६९.०४ विन्दुमा पुगेर रोकिएको छ । कुल २०२ कम्पनीको ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार रुपैयाँ बढीको कारोबार भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ५२.४७ अंकले बढेको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गर्न सफल भएको छ । कम्पनीले ४६ करोड ८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेकाे छ ।  कुल १२ समूह मध्य ५… पुरा पढौ

उच्च हिमाली जिल्लामा हिमपात, हुम्ला सेताम्य

काठमाडाैं, २० पुस । पश्चिमी वायुकाे प्रभावका कारण आईतबारबाट माैसममा भएकाे बदलीसँगै उच्च पहाडी तथा हिमाली जिल्लामा आज बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेकाे चिसाेका कारण जनजिवन कष्टकर भएकाे छ । हुम्लामा हिमपातले डाडाँकाडा, घरका टहराहरू र छाना हिउँले ढाकिएर सेताम्य भएका छन् । सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम खालकाे हिमपात भएकाे छ ।  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम खालकाे हिमपातकाे संभावना रहेकाे छ । लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका… पुरा पढौ

५० राउण्ड गोलिसहित दुईजना विमानस्थलबाट गिरफ्तार

काठमाडौं, २० पुस । नेपाल प्रहरीले ५० राउण्ड गोलीसहित दुईजनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरु बद्रीहाङ राई तथा मुनादेवी राई रहेका प्रहरीले बताएको छ । श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा भएको सुरक्षा जाँचको क्रममा उनीहरुको साथमा रहेकाे झोलाबाट ५० राउण्ड गोली लुकाएर राखेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । प्रहरी श्रोतका अनुसार मुनाका श्रीमान अवकास सुरक्षाकर्मि हुन । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त गौशाला लगिएको छ… पुरा पढौ