मुख्य समाचार

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

बेइजिङ, १६ पुस चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले… पुरा पढौ

पोखरामा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट सम्पन्न

पोखरा, १६ पुस । पोखरामा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट आज सम्पन्न भएको छ । लायन्स मल्टिपल ३२५ नेपाल अन्तर्गत डिष्ट्रिक्ट ३२५ ए वानका लायन रेवत बहादुर कार्की, ए टु का लायन केशव पाण्डे, बि वान का लायन विश्वेश्वर आचार्य र बि टु का लायन रामप्रसाद भट्ट गरी चार जना प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरहरुसँगको भेटघाट कार्यक्रम लेकसाइड स्थित स्वीस इन्टरनेशनल होटल सरोवरमा आज सम्पन्न भएको हो । डिष्ट्रिक्ट ३२५ बि १ नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यको निमन्त्रणामा… पुरा पढौ

कांग्रेसले ४५औं मेलमिलाप दिवस मनाउँदै

काठमाडौं, १६ पुस। नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी ४५औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष… पुरा पढौ

नेपाल कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा

काठमाडौं, १६ पुस । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ… पुरा पढौ

नेपाल इन्भेष्टमेन्ट बैंककाे साधारण सभा माघ ८ मा, के के छन् एजेण्डा ?

काठमाडौं, १६ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले ३४ औं वार्षिक साधारण सभा माघको ८ गते बोलाएको छ । सभाबाट १८.५० प्रतिशत लााभांस वितरण लगायतका अन्य प्रस्तावहरुमाथि छलफल गरी पारित गरिने भएको छ । बैंकले १३ प्रतिशत बोनश शेयर तथा ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारण सभा प्रयोजनार्थ पुस २२ गते देखि साधारण सभा सम्पन्न नभएसम्मका लागि शेयर दाखिल खारेज कार्य बन्द हुने भएको छ । पुस को २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र साधारण सभामा भाग… पुरा पढौ

पुनरकर्जा उपयोग गर्ने साना तथा मझौला व्यवसायी धेरैः गभर्नर

काठमाडौं, १६ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनकर्जा उपयोग गर्ने धेरै साना तथा मझौला उद्योगी व्यवसायी रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिन राष्ट्र बैंकले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले स्वीकृत भएको ८१ अर्बको पुनकर्जा मध्ये अधिकांस १५ लाख भन्दा साना कर्जामा गएको जानकारी दिँदै उनले पुनरकर्जाकर्जाको उपयोग एसएमइ क्षेत्रमा बढी भएको दाबी गरे । ‘हालसम्म ४१ हजार ऋणीलाई ८१… पुरा पढौ

ओली–प्रचण्ड टेलिफोन वार्ताले ल्याएको तरङ्ग

काठमाडौं, १६ पुस। विभाजित भएको औपचारिक रुपमा घोषणा मात्रै हुन बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । श्रीमतीको उपचारका लागि बुधबार अपरान्ह मेडिसिटी अस्पताल पुगेका प्रचण्डलाई साझ ओलीले फोन गरेका हुन् । पार्टी अनौपचारिक विभाजन भई प्रधानमन्त्री समेत रहेका ओली पक्ष सत्तामा र प्रचण्ड पक्ष ओली समूहकै विरोध गर्दै सडकमा आइसकेको छ । यस्तो अवस्थामा दुई नेताबीच भएको टेलिफोन संवादलाई महत्वपूर्ण मानिएको छ । प्रधानमन्त्री ओली… पुरा पढौ

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन :प्रधानमन्त्री

काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई वुधबार सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे । यही पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वाेच्च अदालतमा विचारधीन छ । उनले यस स्थितिमा… पुरा पढौ

हाम्रो आवश्यक्ता र लक्ष्य ग्रीन क्लिन अर्थव्यवस्था नै हो : मुल्मी

पोखरा, १५ पुस । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हाम्रो आवश्यक्ता र लक्ष्य ग्रीन क्लीन अर्थव्यवस्था नै भएको बताएका छन् । उनले भने, हामी पारदर्शी अर्थसंरचनामा जानका लागि तयार हुनुपर्छ, जार्नुपर्छ र परिवर्तनलाई कसरी वाताबरणमैत्री बनाउने भन्ने बारेमा सरोकारवाला सबैले दायित्व बहन गर्नुपर्छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल तथा सुनास कास्कीको आयोजनामा वुधबार पोखरामा जलवायु परिवर्तन तथा बैंकिङ क्षेत्रको उत्तरदायित्वका बारेमा पाेखराका बैंकर्सहरुलाइ सहभागि गराइएकाे कार्यक्रममा बोल्दै मुल्मीले भने, हामी जलवायु पवरिवर्तनको… पुरा पढौ

पोउवा संघको निर्वाचनमा विन्दु कोइराला सुवेदीको स्वतन्त्र प्यानल घोषणा

पोखरा, १५ पुस । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा विन्दु कोइराला सुवेदीले आज पत्रकार सम्मेलन आयोजना गरी स्वतन्त्र प्यानल घोषणा गरेकी छन् । संघको उपाध्यक्ष रहेकी सुवेदीले संघमा १४ वर्ष लामो अनुभव गरिसकेको बताउँदै उत्साहकासाथ स्वतन्त्र प्यानल घोषणा गरेकाे बताइन । सुवेदीको प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल र कोषाध्यक्षमा तारानाथ ढुंगानाको उम्मेदवारी घोषणा भएको छ । संघको उपमहासचिव पदको लागि गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौलाको उम्मेदवारी घोषणा भएको छ । यस्तै कार्यसमिति सदस्यका लागि… पुरा पढौ