मुख्य समाचार

हाम्रो आवश्यक्ता र लक्ष्य ग्रीन क्लिन अर्थव्यवस्था नै हो : मुल्मी

पोखरा, १५ पुस । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हाम्रो आवश्यक्ता र लक्ष्य ग्रीन क्लीन अर्थव्यवस्था नै भएको बताएका छन् । उनले भने, हामी पारदर्शी अर्थसंरचनामा जानका लागि तयार हुनुपर्छ, जार्नुपर्छ र परिवर्तनलाई कसरी वाताबरणमैत्री बनाउने भन्ने बारेमा सरोकारवाला सबैले दायित्व बहन गर्नुपर्छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल तथा सुनास कास्कीको आयोजनामा वुधबार पोखरामा जलवायु परिवर्तन तथा बैंकिङ क्षेत्रको उत्तरदायित्वका बारेमा पाेखराका बैंकर्सहरुलाइ सहभागि गराइएकाे कार्यक्रममा बोल्दै मुल्मीले भने, हामी जलवायु पवरिवर्तनको… पुरा पढौ

पोउवा संघको निर्वाचनमा विन्दु कोइराला सुवेदीको स्वतन्त्र प्यानल घोषणा

पोखरा, १५ पुस । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा विन्दु कोइराला सुवेदीले आज पत्रकार सम्मेलन आयोजना गरी स्वतन्त्र प्यानल घोषणा गरेकी छन् । संघको उपाध्यक्ष रहेकी सुवेदीले संघमा १४ वर्ष लामो अनुभव गरिसकेको बताउँदै उत्साहकासाथ स्वतन्त्र प्यानल घोषणा गरेकाे बताइन । सुवेदीको प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल र कोषाध्यक्षमा तारानाथ ढुंगानाको उम्मेदवारी घोषणा भएको छ । संघको उपमहासचिव पदको लागि गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौलाको उम्मेदवारी घोषणा भएको छ । यस्तै कार्यसमिति सदस्यका लागि… पुरा पढौ

सकियो साहित्यिक महोत्सव

पोखरा, १५ पुस । पर्यटकीय नगरी पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभल १५ सेसनमा विविध विषयमा छलफल गर्दै बुधबार सम्पन्न भएको छ । सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तरसंवाद गरे । ‘प्रदेशबाट देखिने देश’ सेसनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे संवाद गरे । पत्रकार वसन्त बस्नेतले मुख्यमन्त्री गुरुङसँग विविध विषयमा छलफल गरेका हुन् । त्यस्तै, अर्को सेसनमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष… पुरा पढौ

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड समूहको पत्राचार

काठमाडौं १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड र माधव नेपाल समूहले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न बैंकहरुमा इमेलबाट पत्र पठाएकाे छ । पार्टीभित्रकाे विवाद अन्ततः दुइ समूहमा विभाजन र फुटकाे अवस्थामा रहेकाे बेलामा पार्टीकाे सम्पत्तिमा कसको हक कति लाग्ने विषयकाे टुंगाे नलागेकाेले प्रचण्ड र माधव समूहले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाइ खाता राेक्का गर्न आग्रह गरेकाे हाे । पुरा पढौ

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडीबीसंग १८ अर्ब २५ करोड रूपैयाँ ऋण सम्झौता

काठमाडौं, १५ पुस । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीसंग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन । सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाले विद्युत प्रसारण एवंं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र… पुरा पढौ

मुलुकको विकासमा निजी क्षेत्रको भूमिका बढ्दैछ: उद्योगी चन्द्र ढकाल

पोखरा, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन् । उनले निजी क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा एउटै भ्वाइस आउने पनि स्पष्ट पारे । पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणअन्तर्गतका बुधबार सराङकोटमा कुवेर चालिसेसँग ‘कोरोनाकालीन उद्योग वाणिज्य’ सेसनमा बोल्दै उनले सो कुरा बताएका हुन् । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका अध्यक्ष समेत रहेका ढकालले भने, ‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गएको… पुरा पढौ

२२ औं पोखरा सडक महोत्सव सुरु

पोखरा, १५ पुस । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराको आयोजनामा बुधबारदेखि अंग्रेजी नयाँ वर्ष –२०२१ अवसरमा २२ औं पोखरा सडक महोत्सव सुरु भएको छ । कोरोना भाइरस महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन विषम परिस्थितिबीच पनि महोत्सवलाई निरन्तरता दिइएको आयोजकको दाबी छ । महोत्सवमा विगतमाजस्तो उपस्थिति छैन । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनसम्म महोत्सव गर्न लागिएको जानकारी दिए । महोत्सव… पुरा पढौ

शेयर बजार दाेहाेराे अंकले बढ्याे

काठमाडौं, १५ पुस । बुधबार शेयर बजार हरियाली देखिएकाे छ । बजारमा काराेबार हुने अधिकांश समूह बढेर बजार हरियाली देखिएको हाे । सेयर काराेबार मापक नेप्से परिसूचक दाेहाेराे अंकले उकालाे लागेको छ । यस अघि मंगलबारको काराेबार भने घटेको थियाे । पुरा पढौ

नेकपा विवाद वागमती प्रदेशमा, संसदीय दलकाे नेतामा प्रचण्ड– माधव समूहबाट अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं, १५ पुस । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । पुरा पढौ

चाडपर्व राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्ः प्रधानमन्त्री

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रचलित भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविधता हाम्रा बहुमूल्य पूँजी रहेको बताएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको र यहाँ बहुसांस्कृतिक विशेषता मौलिक पूँजीका रुपमा रहेको बताउँदै उनले भने, “एकता र सहिष्णुताको भाषा, धर्म,… पुरा पढौ