मुख्य समाचार

गणेशधाममा तलाउ निर्माण गरिँदै, ५ करोड ७५ लाखको टेण्डर

भरतपुर, १९ पुस । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच करोड ७५ लाखको बोलपत्र आह्वान गरेको छ । भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेशधामका रूपमा विकास गर्न दुई वर्ष अघिबाट काम शुरु गरिएको थियो । गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका संरक्षक एवं प्रदेशसभा सदस्य विजय सुवेदीले पुण्यावती तलाउ बाँधको काम प्रदेश… पुरा पढौ

सनराइज बैंकको बिवाद अझै सुल्झिएन, हट्लान त सीईओ पौड्याल ?

काठमाडौं, १ पुस । सनराइज बैंकको आन्तरिक बिवाद फेरि चर्किएको छ । केहि समय अघि बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र केहि सञ्चालकहरुबीच भएको बिवाद पुनः बल्झिएको हो । केहि सञ्चालकहरुले सीईओ पौड्यालले आफूखुसी महत्वपूर्ण निर्णयहरु गरेको, सञ्चालकलाई नै नटेरेको भन्दै राजीनामा माग गरेका थिए । पौड्याललाई हटाउन सञ्चालक शैलेन्द्र गुरागाईं लगायतको चर्को दवाव थियो । तर सीईओ शर्माको पक्षमा बैंकका अध्यक्ष मोतिलाल दुगड नै उभिएका थिए । सीईओलाई नहटाए अध्यक्ष नै हटाउने भन्दै सञ्चालकहरुले निकै दवाव दिए… पुरा पढौ

भारतमा बायोटेकको काेराेना विरुद्धको खोप प्रयोगका लागि सिफारिस

नयाँ दिल्ली, १९ पुस । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोप भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ । विशेष सरकारी स्रोतले एएनआईलाई शनिबार दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ ।” डीसीजीआइ) को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन… पुरा पढौ

चुनाव चिह्न ‘सूर्य’ मैले नेतृत्व गरेको नेकपाकै हुन्छ : प्रधानमन्त्री

काठमाडौं, १९ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी गरेका छन् । नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे । प्रचण्ड–माधव केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिड्नुभएको छ”, उनले प्रश्न गर्दै भने, “कहिलेको… पुरा पढौ

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा खड्का निर्वाचित

पोखरा, १८ पुस । कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् । शनिबार एक कार्यक्रमकाबीच संघको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएका छन् । सदस्यमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन भएका छन् । संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधानलाइ चयन गरिएकाे छ । पछिल्लो समय… पुरा पढौ

ग्लोबल आइएमई बैंक १४औं वर्षमा प्रवेश

काठमाडौं, १८ पुस । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आजदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा-सञ्जालका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको छ । बैंकको हाल चुक्ता पूँजी करिब रु १९ अर्ब पुगेको छ । प्रस्तावित १४ प्रतिशत बोनसपश्चात करिब रु २१ अर्बभन्दा बढी पुग्नेछ । यस्तै सञ्चित कोष गरी प्राथमिक पूँजी रु २७ अर्ब २४ करोड, कूल निक्षेप रु दुई खर्ब ४९ अर्ब र कूल… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति निर्विरोध हुँदै

पोखरा, १८ पुस । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा पवन प्रजापति निर्विरोध हुने भएका छन् । संघको आगामी पुस २४ र २५ मा हुने ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयनपत्र दर्तामा वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्र उम्मेदवारी दर्ता भएको हो । पुस २१ मा मनोनयन पत्रबारे दाबी विरोध भएकोले निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ। निर्वाचन समितिका अनुसार शुक्रबार संघको २९ सदस्यीय कार्यसमिति सदस्यका लागि ४० जनाले मनोनयपत्र बुझेको संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए। शनिबार अध्यक्षमा नारायण… पुरा पढौ

पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसनको अध्यक्षमा खड्का निर्बाचित

पोखरा, १८ पुस । पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसन (वाडा) अध्यक्षमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको आज शनिबार सम्पन्न आठौं अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक कालीदास पौडेलले सफल आवाजलाई जानकारी दिए । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, कोषाध्यक्षमा शिव श्रेष्ठ र सचिवमा नीरन केसी चयन भएका छन् । यस्तै, सदस्यहरूमा विनय थापा, टीकाकुमारी गुरुङ, अशोककुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र… पुरा पढौ

नेपालमा पनि जलपन्छी गणना गरिँदै

काठमाडौं, १८ पुस । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ । नेपालमा यही पुस १८ देखि माघ ५ गते (जनवरी… पुरा पढौ

बारामा ३ अर्ब ३४ करोडको धान उत्पादन

कलैया, १८ पुस । बारामा यस वर्ष रु ३ अर्ब ३३ करोड ९६ लाख ७५० बराबरको एक लाख ४५ हजार २०१ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ । कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरी धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । उत्पादन गरिएको धान कलैया बजारमाप्रति क्वीन्टल रु दुई हजार २०० देखि रु तीन हजार ३०० सम्ममा… पुरा पढौ