मुख्य समाचार

पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसनको अध्यक्षमा खड्का निर्बाचित

पोखरा, १८ पुस । पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसन (वाडा) अध्यक्षमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको आज शनिबार सम्पन्न आठौं अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक कालीदास पौडेलले सफल आवाजलाई जानकारी दिए । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, कोषाध्यक्षमा शिव श्रेष्ठ र सचिवमा नीरन केसी चयन भएका छन् । यस्तै, सदस्यहरूमा विनय थापा, टीकाकुमारी गुरुङ, अशोककुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र… पुरा पढौ

नेपालमा पनि जलपन्छी गणना गरिँदै

काठमाडौं, १८ पुस । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ । नेपालमा यही पुस १८ देखि माघ ५ गते (जनवरी… पुरा पढौ

बारामा ३ अर्ब ३४ करोडको धान उत्पादन

कलैया, १८ पुस । बारामा यस वर्ष रु ३ अर्ब ३३ करोड ९६ लाख ७५० बराबरको एक लाख ४५ हजार २०१ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ । कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरी धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । उत्पादन गरिएको धान कलैया बजारमाप्रति क्वीन्टल रु दुई हजार २०० देखि रु तीन हजार ३०० सम्ममा… पुरा पढौ

सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौं : मन्त्री भट्ट

ललितपुर, १८ पुस । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताएका छन । ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१औं साधारण सभामा उनले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताए । उनले भने, “हामीले प्रकृतिले दिएका स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न अझै सकेका छैनाैं । मुलुकमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सही तरिकाले काम गर्न आग्रह गर्दछु । यदि कुनै व्यवसायीले गल्ती गरेमा त्यसलाई कानूनी कारवाहीको दायरामा पनि ल्याउनेछाैं । मुलुकलाई आर्थिक… पुरा पढौ

२०२० फर्केर हेर्दा : कोरोना भाइरसको उत्पतिदेखि खोपको सुरुवातसम्म

बोस्टन, अमेरिका, १८ पुस । विशेषत: सन् २०२० विश्व महामारीकै वरिपरि रुमल्लिएरै बित्यो । मानव इतिहासकै सम्भवत् कहालीलाग्दो विश्व महामारीको रुपमा सिंगो एक वर्ष पुरै कोरोनाले आफ्नो पकडमा लियो । हुनत सन् २०१९ को डिसेम्बर अन्तिम सातातिर चीनको वुहान सहरमा अज्ञान रोग देखिएको गाइँगुइँ हल्ला चलेको हो । चीनले भने यसबारे तत्काल कुनै औपचारिक जानकारी दिएन डिसेम्बरको २४ मा यसको अपुष्ट खबर आउन थालेको थियो । अझै पनि चीनले यसबारे विश्वलाई थाहा दिने चाहेन । चीनले सुरुवातमा वास्तविकता लुकाएर स्थिति भयावह बनाएको भन्दै… पुरा पढौ

प्रभु लाइफको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत, कारोबार आईतबारबाट

काठमाडौं, १७ पुस । प्रभु लाइफ इन्स्याेरेन्सको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । प्रभुले सर्वसाधारणको लागि निष्काशन गरेको शेयरसहित २ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको नेप्सेले आज जनाएकाे हाे । शेयर नेप्सेमा सूचीकृत भएपछि आईतबारबाट कारोबारमा आउने भएको छ । नेप्सेले प्रभु लाइफको शुरुको कारोबार घटीमा १०९ रुपैयाँ ५६ पैसा र बढीमा ३२८ रुपैयाँ ६८ पैसा हुने जनाएको छ । यसकाे शेयर कारोबार संकेत पिएलआईबाट हुनेछ । कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता… पुरा पढौ

फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

जेनेभा, १७ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड-१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देहरूकाे लागि फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट… पुरा पढौ

माघ १५-२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै

काठमाडौं, १७ पुुस । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ । मतदाता नामावली ऐन, २०७३… पुरा पढौ

किसानले गरे एउटै गाउँमा डेढ करोडकाे सुन्तला उत्पादन

गलकोट, १७ पुस । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औंशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला… पुरा पढौ

सवारी साधन आयातमा कमीले राजस्व प्रभावित

वीरगञ्ज, १७ पुस । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए। चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर तीन अर्ब २९ करोड मूल्य बराबरको ३७… पुरा पढौ