मुख्य समाचार

प्रम ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौंमा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, छिमेकी देशसँगको सम्बन्ध तथा राजावादीहरूको प्रदर्शनबारे छलफल गर्न सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । देशका विभिन्न ठाउँमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक आह्वान गरेको जनाइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल… पुरा पढौ

मोरङमा प्रअको अपहरणपछि गोली हानी हत्या

काठमाडौं, २३ मंसिर । मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि गोली हानी हत्या गरिएको छ । प्रहरीका अनुसार नेत्रविक्रम चन्द विप्लव समूहले मिक्लाजुङ गाउँपालिका वडा १ बर्खेका ५४ वर्षीय शिक्षक श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरेको हो । उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाए । बिहान करिब ६ बजेतिर ५ जनाको संख्यामा आएका विप्लवका कार्यकर्ताले शिक्षक श्रेष्ठलाई घरबाट उठाएर करिब ३० मिनेट टाढा जंगलमा लगी गोली हानी हत्या गरेको जानकारी खड्काले… पुरा पढौ

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

पोखरा, २३ मंसिर । पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर ९० लाख कमाइ गरेका छन्। मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन शुरु गरे । सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएको मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर… पुरा पढौ

मन्त्रालयहरुले प्रस्तुत गरे पहिलो चौमासिक प्रगति

काठमाडौं, २३ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४० दशमलव ९४ र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत रहेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको मङ्गलबारदेखि शुरु भएको बैठकमा सो मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६ दशमलव चार प्रतिशत भएको बताए। उनका अनुसार रेल विभागको वित्तीय प्रगति २७ दशमलव ६३ र भौतिक प्रगति २७ दशमलव ६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय… पुरा पढौ

पेयजल सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय वेबिनार आजदेखि

काठमाडौं, २३ मङ्सिर । स्मार्ट वास सोलुसन्स प्रालि र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स (आइसिएचयू) को संयुक्त आयोजनामा आजदेखि मंसिर २६ गतेसम्म भविष्यका लागि जल सुरक्षा मञ्च, २०२० विषयक चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार हुँदैछ । आयोजक स्मार्ट वास सोलुसन्स प्रालिका तर्फबाट वेबिनारबारे जानकारी दिँदै कार्यक्रममा जल सुरक्षा दिगो व्यवस्थापनका लागि युनेस्कोको अन्तर्राष्ट्रिय केन्द्र र स्मार्ट वाटर ग्रिड समाजको समेत आतिथ्यता रहने बताइएको छ । जीव र वनस्पतिको जीवनसँग जोडिएको पानीको महत्वबारे प्रकाश पार्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा आज सर्वदलीय बैठक आह्वान

काठमाडाैं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताएका छन् । पुरा पढौ

नेपाली हवाई सेवामाथिको प्रतिबन्ध खुलाउने ईयूको सङ्केत

काठमाडाैं, २३ मंसिर । नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ। हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा ईयूले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गरेको हो। ‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका… पुरा पढौ

अब पुनर्बिमा र निर्जीवन बीमा कम्पनीले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने

काठमाडौं, २२ मंसिर । बीमा समितिले आज दुई अलग अलग परिपत्र जारी गर्दै पुनर्बिमा व्यवसाय र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस विधिअनुसार वित्तीय विवरण प्रकाशित गर्नका लागि निर्देशन दिएको छ । बीमा समितिले पुनर्बिमा व्यवसाय गर्ने कम्पनीका लागि पुनर्बिमा व्यवसाय गर्ने बिमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । यस्तै बीमा समितिले निर्जीवन बीमा कम्पनीका लागि निर्जीवन बीमा व्यवसाय गर्ने बिमकहरुको एनआरएफएसमा तोकिएअनुसार वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । अब बीमा समितिले… पुरा पढौ

नेप्से ७२.२८ अंकले बढ्यो, साढे ६ अर्ब बढीको कारोबार

काठमाडौं, २२ मंसिर । साताको दोस्रो दिन नेप्से ७२.२८ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । पुरा पढौ

अरुण काबेली पावरको ६ प्रतिशत लाभांश पारित

काठमाडाैं, २२ मंसिर । अरुण काबेली पावरको आज काठमाडौंमा सम्पन्न १० औं साधारण सभाले शेयरधनीलाई वितरण गरिने ६ प्रतिशत लाभांश पाारित गरेकाे छ । कम्पनीको ट्रेड टावरमा अनलाइनमार्फत भएको साधारण सभाले शेयरधनीहरुको लागि ५.७१ प्रतिशत बाेनस तथा ०.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । साधारण सभाले वर्ष २०७६/२०७७ को वार्षिक तथा लेखापरिण प्रतितिवेदन पारित गरेको छ । यस्तै आर्थिक वर्ष २०७७/२०७८ को लागि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक ताेक्ने लगायतका… पुरा पढौ