मुख्य समाचार

एनआईसी एशिया बैंकको २३ औं साधारण सभा सम्पन्न

काठमाडाैं, २१ मंसिर । एनआईसी एशिया बैंक को २३ औं वार्षिक साधारण सभा आज काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४०… पुरा पढौ

संविधानमा निःशुल्क, विद्यालयमा शुल्क ?

“प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ” भनी नेपालको संविधान २०७२ अन्तर्गत मौलिक हकमै स्पष्ट रूपमा उल्लेखित छ । यस्तो हक उपलब्ध गराउन विद्यालयहरूलाई कुनै बाधा पुग्ने अवस्था पनि छैन । विद्यालय भवन निर्माणका लागि खर्च हुने रकम नेपाल सरकारले मात्र होइन, ‘विदेश सरकार’ले समेत अनुदानस्वरूप उपलब्ध गराउँछ । यस्तो भएपछि भवनहरू काम लाग्ने अवस्थाका हुँदाहुँदै केही वर्षको अन्तरालमा धमाधम भत्काएर नयाँ बनाउने चलन पनि छ । प्राकृतिक प्रकोपका कारण… पुरा पढौ

नेप्से परिसूचकमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं, २१ मंसिर । नेप्से परिसूचकमा नकारात्मक सर्किटका कारण यो हप्ताको पहिलो दिन आइतबार कारोबार समय बाँकी छदै कारोबार स्थगित भएको छ । साढे २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गरिएको हो । ११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ । पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६… पुरा पढौ

अझै खुलेन सालको काठमाथिको रोकावट, ठूलो रकम बाहिरियाे

काठमाडौं, २१ मङ्सिर । छ महिना अगाडीबाट सालका काठ, दाउराको कटान, मुछान, बिक्रीवितरण र ओसारपसारमा राेक लगाइएपिछ पैदावार आपूर्तिमा ठूलो प्रभाव परेको छ । सालको काठ आवश्यकताअनुसार आपूर्ति नहुँदा वन पैदावारमा आधारित उद्योग र त्यसमा आश्रित मजदूर अलपत्र परेका छन् भने विदेशी काठ आयात गनुपर्दा ठूलो रकम बाहिरिहेको छ । वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमित तरिकाले काठ कटान भएको गुनासो बढेपछि सरकारले गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयमार्फत रुख कटान सङ्कलन ढुवानी र ओसारपसारमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो… पुरा पढौ

ओलीको उपस्थितिबिनै नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिबिनै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धूम्बाराहीमा जारी छ। बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारीविना बसेकाे हाे । बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी… पुरा पढौ

सुस्तापश्चिम क्षेत्र नं १ मा ४ करोड पूर्वाधार साझेदारी बजेट विनियोजन

परासी, २१ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका–४, ५, ६ र ७ पर्दछन् । उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आव २०७७÷७८ का लागि प्राप्त रु चार करोड बजेट आफ्नो क्षेत्रका विभिन्न योजनामा बाँडफाँट गर्नुभएको हो । सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न पठाएको स्थानीय पूर्वाधार… पुरा पढौ

शेयर लगानी कर्जा पुनरावलोकनप्रति लगानीकर्ता असन्तुष्ट,गभर्नरलाई ज्ञापनपत्र

काठमाडौं, २१ मंसिर । नेपालको पूँजीबजारका विभिन्न ५ वटा संघ संस्थाहरु र लगानीकर्ताहरुले राष्ट्र बैंकको मौद्रीक नीति लागु भएको ३ महिना नबित्दै शेयर लगानी कर्जा पुनरावलोकन गर्न लागेकाे भन्दै आफुहरुलाई मर्माहत र चिन्तित बनाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धि बुँदा तुरून्त फिर्ता गर्न माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरलाई बालुवाटारमा आज बुझाएको ज्ञापन पत्रमा उनिहरुले विगत ४ वर्ष देखि घट्दो क्रममा रहेको नेपालको पुँजीबजारलाई लगानीकर्ताहरूको विभिन्न चरणको आन्दोलनबाट प्राप्त भएको उपलब्धिको रूपमा… पुरा पढौ

पर्यटनमन्त्रीको कडा निर्देशनः गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्रै सक्नू

बुटवल, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्रै सक्न कडा निर्देशन दिएका छन् । मन्त्री भट्टराईले आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका हुन् । विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।” उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास… पुरा पढौ

‘ब्रोकर कमिशन अत्यधिक भयो, ०.२५ प्रतिशतमा झार्नै पर्छ’

काठमाडौं, २१ मंसिर । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले शेयर खरिद बिक्री वापत तिर्नु पर्ने ब्रोकर कमिशन रकम अत्यधिक महंगो भएको बताएकी छिन् । विगतमा एकदमै कम कारोबार हुने भएकाले आफूहरु चुप लागेकाे र अहिले दैनिक ९ अर्ब भन्दा माथिसम्म कारोबार पुग्न थालेकाले अब भने घटाउनै पर्ने अध्यक्ष पोखरेलले बताइन् । अहिले सेयर खरिद–बिक्री गर्दा सेवोन शुल्क ०.०१५ प्रतिशत, डिपि शुल्क २५ रुपैयाँ प्रति कारोबार र बिक्री गर्दा नाफाको ५ प्रतिशत लाभकर तिर्नुपर्छ । यतिमात्रै होइन ब्रोकरलाई… पुरा पढौ

नेपाल इन्भेष्टमेन्ट बैंकले पायाे ऋणपत्र ल्याउन सेबोनको अनुमति

काठमाडाैं, २१ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । बोर्डले बैंकलाई  मंसिर १८ गते ऋणपत्र निष्कासन गर्नका लागि अनुमति प्रदान गरेकाे हाे । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नामक ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असाेज ५ मा आवेदन गरेकाे थियाे । बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत विभिन्न संघ संस्थालाई  २४ लाख कित्ता ऋणपत्र बिक्री गर्ने… पुरा पढौ