मुख्य समाचार

इन्फ्रास्टक्चर बैंकले अहिलेसम्मकै ठूलो ८ अर्बकाे शेयर ल्याउँदै, अनुमतिका लागि धितोपत्र बोर्ड पुग्याे

काठमाडौं, २४ मंसिर । नेपाल इन्फ्रास्टक्चर बैंकले अहिलेसम्मकै ठूलो आकारको शेयर निष्काशनका लागि धितोपत्र बोर्ड समक्ष अनुमति मागेको छ । मंसिर ३ गते सम्पन्न भएको कम्पनीको साधारण सभाले शेयर निष्काशनको प्रस्ताव पारित गरेपछि बैंक सर्वसाधारणका लागि शेयर निष्काशनको प्रक्रिया थालनि गर्न धितोपत्र बोर्डमा ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको शेयर निष्काशन गर्नकाे लागि अनुमति मागेकाे हाे । नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्टक्चर बैंकमा नेपाल सरकारको पनि लगानी रहेको छ । बैंकद्वारा निष्काशन गर्न… पुरा पढौ

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा जारी

काठमाडाैं, २४ मंसिर । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठक जारी रहेकाे छ । मङ्सिर २२ गते शुरु भएकाे बैठक मंसिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिएका छन् । बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिए । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति दिएका… पुरा पढौ

नदीजन्य पदार्थको नियमन गर्न छुट्टै निकाय र कानून ल्याइने

काठमाडौं, २४ मङ्सिर । सरकारले नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, उपयोग, बिक्री–वितरण र उद्योग सञ्चालनका लागि अधिकार सम्पन्न निकाय गठन गरी छुट्टै कानून निर्माण गर्ने भएको छ । गृहमन्त्रालयमा विभिन्न मन्यालयबीचको समन्वय बैठकले विपद् जोखिम न्यूनीकरण र वातावरणीय संरक्षणलाई समेत ख्याल गरी नदीजन्य पदार्थ उत्खनन र बिक्रीका लागि छुट्टै कानून निर्माणको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, बिक्री वितरण, व्यवस्थापन, खानीजन्य उद्योग, क्रसर, तथा बालुवा प्रशोसन उद्योगका लागि छुट्टाछुट्टै शर्त तथा मापदण्ड कायम गर्ने निर्णय पनि… पुरा पढौ

प्रदेश प्रमुख शेरचनले भनेः पीडितलाई न्याय र पिडकलाई कारबाहीको दायरामा ल्याउन सांसदले किन बोल्दैनन्

कास्की, २३ मंसिर । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बोल्ने ठाउँमा पुगेर पनि सांसदहरुले बेपत्ता परिवार र द्वन्दपीडितहरुको बारेमा किन बोल्दैनन् ? भनि प्रश्न गरेका छन् । उनिहरुको घाउ निको भएको छैन, अहिले पनि पीडामै छन् । शेरचनले भने, म संबैधानिक अंगको मान्छे सिमित दायरा छन् । सांसदहरुले त बोल्नु पर्यो नि । एउटै मञ्चमा बसेका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको नामै लिएर उनले भने, सांसदहरुले पीडितलाई न्याय दिलाउन र पिडकलाई कारबाहीको दायरामा ल्याउने कार्यमा बोल्नु पर्छ, कृष्णजी जस्ता… पुरा पढौ

सहकारीले लिने सेवा शुल्क तोकियो, अतिरिक्त शुल्क लिन नपाउने

काठमाडौं, २३ मंसिर । सहकारी संस्थाले कर्जा लगानीमा अधिकतम एक प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाउने भएका छन् । सहकारी विभागले आगामी माघ १ गतेदेखि लागू हुने गरी सहकारी संस्थाले सदस्यबाट लिन पाउने शुल्क निर्धारण गरेको हो । सहकारी ऐन, २०७४ को परिच्छेद–७ को दफा ५०  (३)  र नियमावलीको दफा ७६  (१)  (झ)  बमोजिम विभागले सेवा शुल्क तोकेको जनाइएको छ । पछिल्लो समय सहकारी संस्थाले सदस्यबाट आफूखुशी अतिरिक्त शुल्क लिन थालेको गुनासोका आधारमा विभागले अधिकतम शुल्क तोकेको हो । उनका अनुसार… पुरा पढौ

बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड-१९ खोप

लन्डन, २३ मंसिर । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो । बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य… पुरा पढौ

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौं, २३ मंसिर । साताको तेस्रो दिन नेप्से ९.४ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९.४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् । पुरा पढौ

सगरमाथाको उचाइ ८६ सेमी वृद्धि, अब ८८४८.८६ मिटर

काठमाडौं, २३ मङ्सिर । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए… पुरा पढौ

डेपुटी गभर्नर बन्न शुरु भयो दौडधुप, को–को छन् प्रतिष्पर्धामा ?

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्नका लागि यतिबेला आधा दर्जन कार्यकारी निर्देशकहरुको दौडधुप शुरु भएको छ । आगामी फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नरकाे पद रिक्त हुँदैछ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ पाँच बर्षे कार्यकाल पुरा गरेर अवकाश हुँदैछन् । नयाँ डेपुटी गभर्नर बन्नका लागि निकै योग्य, क्षमतावानसँगै चाप्लुसीमा नम्बरवानहरु समेत प्रतिष्पर्धामा छन् । नेपाल राष्ट्र बैंक उच्च श्रोतका अनुसार अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त भएका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, बैंक तथा वित्तीय… पुरा पढौ

लुम्बिनी विकास बैंककाे १० प्रतिशत लाभांश घोषणा

काठमाडौं, २३ मंसिर । लुम्बिनी विकास बैंक ले १० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू २ अर्ब ७१ करोड ६३ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ… पुरा पढौ