मुख्य समाचार

नेप्से ७२.२८ अंकले बढ्यो, साढे ६ अर्ब बढीको कारोबार

काठमाडौं, २२ मंसिर । साताको दोस्रो दिन नेप्से ७२.२८ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । पुरा पढौ

अरुण काबेली पावरको ६ प्रतिशत लाभांश पारित

काठमाडाैं, २२ मंसिर । अरुण काबेली पावरको आज काठमाडौंमा सम्पन्न १० औं साधारण सभाले शेयरधनीलाई वितरण गरिने ६ प्रतिशत लाभांश पाारित गरेकाे छ । कम्पनीको ट्रेड टावरमा अनलाइनमार्फत भएको साधारण सभाले शेयरधनीहरुको लागि ५.७१ प्रतिशत बाेनस तथा ०.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । साधारण सभाले वर्ष २०७६/२०७७ को वार्षिक तथा लेखापरिण प्रतितिवेदन पारित गरेको छ । यस्तै आर्थिक वर्ष २०७७/२०७८ को लागि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक ताेक्ने लगायतका… पुरा पढौ

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं, २२ मंसिर । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६र०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिले ११.२५ प्रतिशत बोनस शेयर र ४.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्तपूँजी रू. ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ । पुरा पढौ

राष्ट्र बैंकका क्याडर चापागाईं, जसले बीमा क्षेत्रलाई चम्काए

काठमाडौं, २२ मंसिर । नेपालमा बीमा कारोबार शुरु भएको ७० वर्षभन्दा बढी भइसक्यो । तर पनि ४ वर्ष अघिको बीमा क्षेत्रको अवस्था हेर्ने हो भने निकै दयनीय छ । पछिल्ला ४ वर्षमा सुधारका कामहरु भने धेरै भएका छन् । सानो देशमा बीमा कम्पनीहरु थोरै भएर पहुँच कम भएको चाहिँ होइन । नेपालमा अहिले ३९ वटा बीमा कम्पनीहरु क्रियाशील छन् । तैपनि बीमाको पहुँच १० प्रतिशत मात्र छ । यस्तो किन भयो ? सरोकारवालाहरुले भनेजस्तो जनतामा बीमाप्रति चेतना नभएकाले यस्तो भएको… पुरा पढौ

टेलिकमद्वारा शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’

काठमाडौं, २२ मङ्सिर । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने जानकारी दिए । उनले समूहमा आवद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न समेत… पुरा पढौ

माछापुच्छ्रे बैंकको २२ औं साधारण सभा पुस २ मा, कस्ता छन् एजेण्डा ?

काठमाडौं, २२ मंसिर । माछापुच्छ्रे बैंकले पुस २ गते २२ औं साधारण सभा गर्ने भएको छ । बोनस शेयर, नगद लाभांश वितरणा लगायतका विभिन्न महत्वपूर्ण विषयमामाथि छलफल तथा पारित गर्नका लागि बैंकको साधारण सभा भिडियो कन्फ्रेन्समार्फत हुने बताईएको छ । कोरोना भाइरसको संक्रमण जोखिमको कारण साधारण सभा भिडियो कन्फ्रेन्समार्फत गर्न लागिएकोले शेयरधनीहरुलाई उपलब्ध गराईने जुम आईडी र पासवर्डकोको सहायताले साधारण सभा सहभागि हुन बैंकले अनुरोध गरेको छ । साधारण सभाका लागि बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई ५९ करोड… पुरा पढौ

प्रभु बैंकद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २२ मंसिर । कोरोना भाइरसको चपेटा परेका क्षेत्रहरुमध्ये बैंक तथा वित्तीय क्षेत्र पनि एक हो । सिथिल भएर बस्नुभन्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई लागू गरेर अग्रपंतिमा रहेर कार्यक्षेत्रलाई चलायमान बनाउनुको विकल्प उनीहरूले देखेका छैनन् । अंग्रेजी नयाँ वर्ष २०२१ को पूर्व सन्ध्यामा नेपालका बैंक तथा वित्तीय क्षेत्रहरुले नयाँ आशा र वित्तीय गन्तव्य सहज ढंगले अगाडी बढ्ने अपेक्षासहित कोरोनाको जोखिमकाबीच दत्तचित्त भएर कामलाई अगाडी बढाइरहेका छन् । उनीहरुले वित्तीय विवरण सार्वजनिकीकरणकासाथै साधारण सभा र लाभांश घोषणा गरिरहेका छन् । यहीबीचमा प्रतिष्ठित… पुरा पढौ

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्था एनसीई कारबाहीमा

काठमाडाैं, २२ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको अनुमतिबिना तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ मा सरकारी लोगो प्रयोग गरी प्रकाशन तथा सार्वजनिक गर्न शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाललाई कानूनी कारबाही गरिने जनाएको छ । मन्त्रालय प्रवक्ता दीपक शर्माले आइतवार जारी गरेकाे विज्ञप्तिमा मन्त्रालयका नामबाट नेपाल सरकारको निसाना छाप प्रयोग गरी प्रकाशन र सार्वजनिक गरिएको कार्य अनधिकृत भएको उल्लेख गरिएको छ । सो प्रकाशन कार्यमा ग्लोबल एक्सन नेपाल संस्थाको पनि सहयोग रहेको थियो । नेपाल सरकारले… पुरा पढौ

पुनःनिर्माण प्राधिकरणको अवधि एक वर्ष थप

काठमाडाैं, २२ मंसिर । नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आव २०७७÷७८ मा विनियोजित बजेटअन्तर्गतका काम कार्यान्वयन गर्नेछ । आगामी आर्थिक… पुरा पढौ

समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको एकीकृत नयाँ परराष्ट्र नीति सार्वजनिक

काठमाडौं, २२ मङ्सिर । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको प्रवद्र्धन गर्ने लक्ष्यका साथ गत कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको ‘नेपालको परराष्ट्र नीति, २०७७’ आज सार्वजनिक गरिएको हो । छिमेकीलगायत सबै मुलुकसँग… पुरा पढौ