मुख्य समाचार

नेपाल इन्भेष्टमेन्ट बैंकले पायाे ऋणपत्र ल्याउन सेबोनको अनुमति

काठमाडाैं, २१ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । बोर्डले बैंकलाई  मंसिर १८ गते ऋणपत्र निष्कासन गर्नका लागि अनुमति प्रदान गरेकाे हाे । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नामक ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असाेज ५ मा आवेदन गरेकाे थियाे । बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत विभिन्न संघ संस्थालाई  २४ लाख कित्ता ऋणपत्र बिक्री गर्ने… पुरा पढौ

बढ्दै सम्बन्ध विच्छेद:७२ वर्षको उमेरमा पनि सम्बन्ध विच्छेद

गुल्मी, २१ मङ्सिर । गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलेका श्रीमानकाे मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो । सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन । यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट… पुरा पढौ

अमेरिकी सेयर बजारमा चिनियाँ कम्पनीलाई झट्का, नयाँ ऐनले लगानीकर्तामा त्रास

बोस्टन, अमेरिका २१ मंसिर । अमेरिकामा सेयर कारोबार गर्ने हजारौं नेपाली वा नेपालीमुलका आप्रबासी छन् । उनीहरुले दैनिक लाखौं डलरको सेयर कारोबार गर्छन् भनिन्छ । उनीहरुको नेपाली रविनहुड भन्ने ठूलो समूह छ । यो रविनहुड एपमार्फत् सेयर कारोबार गर्नेहरुको समूह हो । यसमा ८ हजार ६ सयभन्दा बढी सदस्य छन् । अमेरिकामा आइटी सेक्टरमा जमेर उच्च कमाई गर्नेदेखि मेडिकल, अन्य सरकारी सेवा, व्यापार, व्यवसाय गर्नेहरु र सामान्य दैनिक रुपमा घण्टाका आधारमा आम्दानी गर्नेहरु समेत यो समूहमा छन् । तीमध्ये धेरैले… पुरा पढौ

मिस नेपाल-२०२० को उपाधि नम्रतालाई

काठमाडौं, २० मङ्सिर । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आज आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौंकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन । उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहियार्याएकी हुन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ… पुरा पढौ

सुर्खेत विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण

सुर्खेत, २० मंसिर । सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल शुरु गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने बताउनुभयो । यसबारे प्राविधिक टोलीले विस्तृत अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ । प्रदेश सरकार र सङ्घीय सरकारबीच यही असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब ३०० मिटर जग्गा अधिग्रहण गर्ने… पुरा पढौ

नेपालमा २० प्रतिशतलाई पुग्नेगरी कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडाै, २० म‌ंसिर । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा… पुरा पढौ

प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गर्दै ६० करोडको शेयर

काठमाडौं, २० मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीकाे मंसिर २९ गते साधारण सभा आव्हान गरिएको छ । शेयर निष्काशन अघि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेकोमा शेयर निष्काशनपछि २ अर्ब पुर्याउने भएको छ । सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर रहेको छ । लगानी गर्न चाहने लगानीकर्ताले बैंक तथा वित्तीय संस्था, मेराे शेयरबाट अनलाइन आवेदन गर्न सक्ने भएका छन् । प्रभु लाईफको शेयरमा… पुरा पढौ

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २० मङ्सिर । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी… पुरा पढौ

आठ महिनापछि शुरु भो नियमित पर्वतीय उडान

काठमडाैं, २० मंसिर । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए । त्यस्तै यती एयरलाइन्सले एक… पुरा पढौ

सिटिजन्स बैंकको साधारण सभा आज, ११ प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेशनलको १४ औं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा आज बाेलाइएकाे छ । सभाले संचालक समितिले यसअघि प्रस्ताव गरेको ११ प्रतिशत लाभांश पारित गर्ने भएको छ । गत कार्तिक २८ गतेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा आज पूर्वान्ह ११ वजे आयोजना गर्ने निर्णय गरेको थियो । सिटिजन्सले गएको आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । समितिबाट प्रस्तावित ८ प्रतिशत बोनस शेयर तथा ३… पुरा पढौ