मुख्य समाचार

मध्य भोटेकोशीले ल्याउदै १ अर्ब ५० करोडको शेयर

काठमाडौं, २० मंसिर । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पुसका १३ गते साधारण सभा आवहान गरेको छ । कम्पनीका अनुसार प्रतिकित्ता रु.१०० दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता निष्काशन गर्न लागिएको हो । कम्पनीले स्थानिय आयोजना प्रभावितका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख… पुरा पढौ

पहिलो चौमासिकमा ४६ हजार घर पुनःनिर्माण भए

काठमाडौं, २० मङ्सिर । आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनःनिर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त भएको छ । चार महिनाको अवधिमा छ हजार ६०० पुनःनिर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने पाँच हजार ११४ ले… पुरा पढौ

जनवरी २० देखि ट्रम्पको एकाउण्ट बन्द गर्ने ट्वीटरको चेतावनी

बोस्टन, अमेरिका, २० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पदबाट हटेलगत्तै उनको ट्वीटर एकाउण्ट बन्द गर्नेबारे सोसल साइट ट्वीटरले सोचिरहेको खुलेको छ । ट्रम्पले लगातार ट्वीटरको निर्देशिका उल्लंघन गरेमा आगामी जनवरी २० देखि उनको एकाउण्ट बन्द गरिने ट्वीटरको प्रवक्ताले चेतावनी दिएको फोब्र्सले जनाएको छ । जनवरी २० को मध्यान्हमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनल पदभार ग्रहण गर्नेछन् । त्यसलगत्तै ट्रम्पको हैसियत सर्वसाधारण नागरिक सरह हुनेछ । ‘अहिलेसम्म ट्रम्पले जतिसुकै नियम र निर्देशिका उल्लंघन गरे पनि राज्य प्रमुखको हैसियतले उनको ट्वीटर एकाउण्ट… पुरा पढौ

प्रदेश प्रमुख अधिकारीलाई काठमाडौं लगियो

मोरङ, २० मङ्सिर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेकाे उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । पुरा पढौ

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

काठमाडौं, १९ मङ्सिर । सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने भएका छन् । योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा धितो राखेर योगदानकर्ताले घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न रु ७५ लाख वा १५ वर्षको तलब रकम जुन कम हुन्छ सोही बराबर घर सापटी… पुरा पढौ

पोखरामा लिटरेचर फेस्टिभल हुने

पोखरा, १९ मंसिर । कोरोना महामारीको विषम परिस्थितिबीच पोखरामा लिटरेचर फेस्टिभलले निरन्तरता पाउने भएको छ । बुक वर्म फाउण्डेसनको आयोजना तथा ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा यही डिसेम्बर अन्त्यतिर आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण हुने भएको हो । सहआयोजक ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले भने, ‘शुभचिन्तकको माग सम्बोधन गर्दै फेस्टिभललाई निरन्तरता दिन लागिएको हो । विगतमा जस्तो ओपन स्पेसमा भव्य गर्न नसके पनि लाइभमार्फत श्रोतादर्शकसम्म पुग्ने प्रयास हुनेछ ।’ उनका अनुसार यसपालि २ दिनसम्म चल्ने फेस्टिभलमा करिब २० सेसनमा… पुरा पढौ

ऊर्जा तथा सिँचाइ मन्त्रालयको प्रगति सन्तोषजनक

काठमाडाै, १९ म‌ंसिर । कोरोना कहरमा समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ । मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति देखिएको हो । मन्त्रालयमा आयोजित बैठकमा ऊर्जा मन्त्रालयतर्फका नौ, जलस्रोत तथा सिँचाइतर्फका चार निकायका प्रमुख तथा प्रतिनिधिले योजनाको प्रस्तुतीकरण गरे । जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग,… पुरा पढौ

ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न लगानीकर्ताको माग

काठमाडौं, १८ मंसिर । विभिन्न लगानीकर्ता तथा संगठनका पदाधिकारीले ब्रोकर कमिशन कम गर्न माग गरेका छन् । उनिहरुले ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गरेर लगानीकर्ताको लागत घटाई नयाँ लगानीकर्तालाई पूँजीबजारमा प्रवेश गराउन मनोवल बढाउने काम गर्नुपर्ने बताएका छन् नेपाल ईन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानिकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल लगायतका विभिन्न संगठनका पदाधिकारी, सदस्यहरुले प्लेकार्ड प्रदर्शन गर्दै ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन्… पुरा पढौ

राष्ट्रिय गौरवको आयोजना:कालीगण्डकी करिडोर कालोपत्रमा ढिलाइ

गलकोट, १९ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रका लागि ढिलाइ भएको छ । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडकमध्ये सडक विभागलाई हस्तान्तरण गरेको १० किलोमिटर सडक अझै कालोपत्र हुनसकेको छैन । सडक विभागलाई हस्तान्तरण गरेको एक वर्ष पुग्नै लाग्दासमेत बोलपत्र प्रक्रियामा गएको छैन । कोरोनापछि कालीगण्डकी करिडोर गुल्मी खण्ड कालोपत्र गर्न थालिए पनि बागलुङ खण्डको काम सुस्त छ । स्तरोन्नति हुन बाँकी रहेको २८ किलोमिटर सडक स्तरोन्नतिमा समेत ढिलाइ भइरहेको छ । करिडोरअन्तर्गतको मालढुङ्गाबाट… पुरा पढौ

निजी क्षेत्रको एजेण्डामा महासङ्घ र परिसङ्घबीच सहकार्य गरिने

काठमाडौ, १९ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसङ्घले स्वागत तथा बधाई ज्ञापन गरेको छ । परिसङ्घको कार्यालयमा हिजो आयोजित कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो । कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पारे्। उनले नयाँ कार्यसमितिसँग महासङ्घसँगको सहकार्यलाई थप सुदृढ र मजबूत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए। कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर… पुरा पढौ