मुख्य समाचार

अन्धकारका टुकी ! जसले कोरोनाविरुद्धको खोप पत्ता लगाए

बोस्टन, अमेरिका-५ मंसिर । यी व्यक्ति हुन् प्रा. डा. युगोर साहिन । टर्कीमा जन्मेर करिब पाँच दशकदेखि जर्मनीमा बसोबास गर्दै आएका यी व्यक्तिको व्यक्तित्व जति महान् छ, त्यति नै यिनी उदार र सहृदयी पनि छन् । गत हप्तादेखि एकाएक चर्चामा छाएका र आएका डा.साहिन र उनकी पत्नी डा. ओजलेम तुरेसीकै अथक प्रयासले कोभिड -१९ को खोप विकसित भएको हो । उनीहरुले उत्पादन गरेको कोभिड विरुद्धको खोप करिब ४३ हजार व्यक्तिमा गरिएको परीक्षणमा ९५ प्रतिशत सफल भएको जनाइएकाे छ । डा.… पुरा पढौ

महिला लघुवित्तद्वारा शेयर निष्काशनको अनुमति माग

काठमाडौं, ५ मंसिर । महिला लघुवित्त वित्तीय संस्थाले शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता निष्काशन गर्नका लागि लघुवित्तले बोर्डसंग अनुमति मागेको हो । महिला लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीाई मर्चेन्ट तोकिएको छ । शेयर निष्काशनको तयारी गरेको लघुवित्तले यस वर्षको पहिलो त्रैमासमा नाफा पनि आर्जन गरेको छ । संस्थाले यस अवधिमा १ करोड, ९८ लाख ८५ हजार रूपैयाँ खुद नाफा कमाएको हो । उक्त नाफा गएको… पुरा पढौ

छठले सद्‌भाव, सहिष्णुता र बन्धुत्वसंगै राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, ५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सद्‌भाव, सहिष्णुता र बन्धुत्वसंगै राष्ट्रिय एकतालाई सुदृढ गर्ने विश्वासस व्यक्त गरेकी छन् । समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास पनि गरेकी छन् । छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो सङ्क्रमणबाट… पुरा पढौ

छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै

काठमाडौं, ५ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी… पुरा पढौ

उद्योग वाणिज्य महासंघकाे चुनावी रौनक, प्रधान समूहको अन्तिम भेला

नेपालगञ्ज, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ ।३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ । महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन् । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले हुनेवाला अध्यक्षले चाहेको समूहलाई… पुरा पढौ

उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग

काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ अध्यक्ष शिवशंकर साहले महासंघको निर्वाचन स्थगनको माग गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंसमक्ष बिहीबार निवेदन दायर गर्दै आगामी मंसिर १३ मा हुने भनिएको निर्वाचन अवैधानिक हुँदा तुरुन्त स्थगन गरी वैध तरिकाले महासंघ संचालन हुने उपयुक्त व्यवस्थापन गर्न माग गरेका हुन् । निवेदनको व्यहोरा अनुसार महासंघको विधानको धारा ३५ अनुसार पदावधि ३ वर्ष हुने भए अनुसार प्रत्येक ३ वर्षमा हुने निर्वाचन गत वर्षको चैत २८ मा हुनेपर्ने थियो तर… पुरा पढौ

ढकाल प्यानल जिताउन गण्डकीमा ५१ सदस्यीय प्रचार समिति

काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानल विजयी गराउन गण्डकी प्रदेशले ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ। महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाको संयोजकत्वमा गण्डकीका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरु सम्मिलित समिति गठन गरेको हो। महासंघको ५४ औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार गुणनिधि तिवारी र जिल्ला नगर तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य निर्वाचित गराउन समिति गठन गरिएको… पुरा पढौ

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा २ निर्विरोध

काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारणसभा अवसरमा निर्विरोधहरुको पनि नतिजा आउन थालेको छ। यसैक्रममा प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल सर्वसम्मत चयन भएका हुन् । पुरा पढौ

राष्ट्रपति भण्डारी छठमा सहभागी नहुने

काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक नहुने भएकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुँदैआएकी थिइन् । पुरा पढौ

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही

काठमाडौं, ४ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिए। कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी… पुरा पढौ