मुख्य समाचार

नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल

डोटी, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन् । पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्वउपप्रधानमन्त्री डा रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताए । उनले भने, “पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जानेछ ।” नेता डा रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी… पुरा पढौ

विद्यालय पुनःसञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

काठमाडौं, ७ मङ्सिर । महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आयोजना गरेको भर्चुअल बहसमा सरकारी प्रतिनिधि, शिक्षाविज्ञ र शिक्षाकर्मीले शिक्षक नतातेसम्म विद्यार्थीको सिकाइ निरन्तरता सहज नहुने जनाएका हुन् । कोभिड–१९ पछि वैकल्पिक माध्यमको सिकाइ र टोलटोलमा स्वास्थ्य सचेतनामा शिक्षक सक्रिय रहेकाले अब विद्यालय सञ्चालन वा वैकल्पिक विधिको निरन्तरताबारे… पुरा पढौ

पोखराका शिक्षासेवी इञ्जिनियर लेखबहादुरको निधन

पोखरा, ६ मंसिर । पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल इञ्जिनियर लेखबहादुर गुरुङको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार दिउँसो २ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारक्रममा निधन भएको हो । गत कात्तिक २५ मा कलेज परिसरमै एक्कासी ढलेर बेहोस् भएका उनको मोडल अस्पताल र मणिपाल शिक्षण अस्पतालहुँदै काठमाडौंको ग्राण्डी रेफर गरिएको थियो । उनलाई सुरुवातमा मस्तिष्क पक्षघात भएको र सो कारण मिर्गौलालाई समेत समस्या पारेको थियो । २०१० साल भदौ ५ मा जन्मिएका इ. लेखबहादुरको पुरानो घर स्याङ्जाको… पुरा पढौ

४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको तत्काल डिपिआर सक्न निर्देशन

काठमाडौं, ६ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको डिपिआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिएका हुन्। जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल… पुरा पढौ

थपिए १६ सय कोरोना सङ्क्रमित

काठमाडाैं, ६ मंसिर । नेपालमा थप आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ । तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन् । सत्र हजार २०६ जना होम आइसोलेसनमा छन् ।… पुरा पढौ

लुम्बिनी खुलेपछि व्यवसायी पर्यटकको स्वागतकाे तयारी गर्दै

रुपन्देही, ६ मङ्सिर । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् । मायादेवी क्षेत्र खुलेसँगै उत्साहित व्यवसायीलाई अहिले लामो समयदेखि बन्द होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्यालढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ । कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन्… पुरा पढौ

शिवम् सिमेन्ट उद्योगमा आगलागी

काठमाडाै, ६ मंसिर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताएका छन्। स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो । पुरा पढौ

संसारभर आज विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाडाैं, ६ मंसिर । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र… पुरा पढौ

उदाउँदो सूर्यलाई अर्घ्य दिई आज छठ पर्व सकियो

जनकपुरधाम, ६ मङ्सिर । आस्थाको महापर्व छठमा व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । अर्धमा… पुरा पढौ

रिडी हाइड्रोपावरकाे साधारण सभा मंसिर २६ मा डाकियाे

काठमाडौं, ६ मंसिर । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे वार्षिक साधारण सभा मंसिर २६ गते डाकिएकाे छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, काठमाडौंमा बिहान ११ बजे डाकिएकाे हाे । कम्पनीका अनुसार साधारणा सभा भर्चुअल हुनेछ । सभामा ५ प्रतिशत बोनस शेयर वितरणका लागि प्रस्ताव लगिने भएकाे छ । कम्पनीको सञ्चालक समितिकाे बैठकले कर तिर्न ०.२६% नगद लाभांश दिने निर्णय पनि गरेकाे छ। साधारणा सभामा छलफलका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका अन्य एजेन्डा पनि रहेका छन् । यस्तै कम्पनीको अधिकृत… पुरा पढौ