मुख्य समाचार

सेयर बजारमा ऐतिहासिक रेकर्ड

काठमाडौं, ४ मंसिर । नेपाली सेयर बजारमा इतिहासकै नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ । दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय… पुरा पढौ

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि,२०७७ जारी

काठमाडौं, ४ मंसिर । कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट पारित कार्यविधि अनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र बैङ्कमा आवश्यक रकमको व्यवस्था गर्नेछ । सरकारले राष्ट्र बैङ्कबाट सञ्चालन हुने गरी राष्ट्र बैङ्कको बैङ्किङ् कार्यालयमा ५० अर्ब रुपैयाँको… पुरा पढौ

२२ अर्ब लगानीमा तमोर-मेवा जलविद्युत् आयोजना बन्ने

फुङ्लिङ, ४ मङ्सिर । ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिएको छ । मेवाखोलाको पानी तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरु हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिएका छन् । काम शुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय… पुरा पढौ

हालसम्मकै ठूलो आईपीओ ल्याउने प्रस्ताव इन्फ्रास्ट्रक्चर बैंकले गर्यो पारित

काठमाडौं, ४ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारित भएसँगै आइपिओ निष्कासन गर्न बाटो खुलेको हो । यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको हो । पुरा पढौ

युनाईटेड इदी-मर्दी हाइड्रोपावरकाे शेयरमा मागभन्दा धेरै आबेदन

काठमाडाैं, ४ मंसिर । युनाईटेड इदी-मार्दी हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि शेयर निष्काशन गरिएकाे पहिलो दिनमै बुधवार माग गरेभन्दा धेरै आबेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे ग्लोवल आइएमई क्यापिटलका अनुसार माग गरेभन्दा धेरै शेयर लगानीकर्ताले आबेदन दिएका छन् । जस्अनुसार ८३ हजार आबेदनमा ११ लाख ३८ हजार २६० कित्ता शेयरको लागि लगानीकर्ताले आबेदन गरेका हुन् । यसअघि आयाेजना प्रभाबित स्थानियका लागि खुला गरिएकाे शेयरमध्ये बिक्री नभइ बाँकी रहेकाे शेयरसहित ८ लाख ७३ हजार ९१० कित्ता शेयर बुधबारबाट बिक्रीका… पुरा पढौ

अन्तराष्ट्रिय आवागमन मंसिर ३० गतेसम्म बन्द

काठमाडौं, ४ मंसिर । सरकारले अन्तराष्ट्रिय आवागमनलाई मंसिर ३० गतेसम्म बन्द गर्ने भएको छ । नेपाल सरकारको कार्तिक २४ गतेको निर्णय अनुसार नेपालको अन्तराष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमनलाई मंसिर ३० गते मध्यरातसम्म स्थगित गरिएको अध्यागमन विभागका निर्देशक टेकनारायण पौडेलले जानकारी दिए । नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तराष्ट्रिय संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा कार्यरत विदेशी नागरिक, परिवार, नेपालीमूलका गैर आवासिय विदेशी नागरिक, उनीहरुका… पुरा पढौ

एलआइसीको खुद नाफा ५ करोड ७९ लाख २६ हजार

काठमाडौं, ३ मंसिर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नाफा यस वर्ष १४४.६४ प्रतिशतले बढेको छ । गएको वर्ष २ करोड ३६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको एलआइसीले यस वर्षको पहिलो त्रैमासमा ५ करोड ७९ लाख २६ हजार खुद नाफा कमाएको छ । असोज महिनाको अन्त्य सम्ममा बीमा शुल्क तथा बीमा कोषको रकम बढेकोले इन्स्योरेन्सको खुद नाफा पनि बढेको हो । एलआइसीको बीमा शुल्क २०.४१ प्रतिशतले बढ्दा उक्त रकम ५ अर्ब ३ करोड ३१ लाख ३२ हजार भएको छ… पुरा पढौ

एडीबीद्वारा काेरोना विरुद्धकाे खोप उपलव्ध गराउन २ करोड ३ लाख डलर विनियोजन

काठमाडौं, ३ मंसिर । एशियाली विकास बैंक (एडीबी)ले विकासशील सदस्य देशहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउनका लागि २ करोड ३ लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको जोखिममा रहेका सदस्य राष्ट्रहरुको लागि खोपको पहुँच पुरर्याउन र दक्ष खोप वितरणका लागि सक्षम बनाउने प्रणाली स्थापना गर्नका लागि उक्त रकम विनियोजन गरेको जनाइएकाे छ । यो रकम एडीबीका विकासशील सदस्य राष्ट्रका लागि खोप सम्बन्धी स्वास्थ्य प्रणालीको मूल्यांकन गर्न र विकासका लागि सहयोगि हुने आशा गरिएको छ । खोपहरु… पुरा पढौ

विश्व बैंकबाट ४२ अर्ब सहयोग

काठमाडाैं, ३ म‌ंसिर । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । अर्थ मन्त्रालयमा हस्ताक्षरपछि जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार १५ करोड अमेरिकी डलर (करीब रु… पुरा पढौ

ओलीले मागे समय, नेकपा सचिवालय बैठक अब १० दिनपछि

काठमाडौं, ३ मङ्सिर: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय मागेका हुन्। आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिए। नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८… पुरा पढौ