मुख्य समाचार

युनाईटेड इदी-मर्दी हाइड्रोको आइपीओ आजबाट खुला

काठमाडौं, ३ मंसिर । युनाईटेड इदी मर्दी हाइड्रोपावरको सर्वसाधारणका लागि शेयर आजबाट खुला गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले कात्तिक २७ गतेदेखि बिक्री खुला गर्ने भनिएको मिति सारेर मंसिर ३ गतेदेखि बिक्री खुला गर्ने मिति तोकेअनुसार आजबाट खुला गरेकाे हाे । कम्पनीले आयोजना प्रभावितहरुको लागि छुट्याएको बिक्री नभएको शेयरलाई पनि थपेर जम्मा ८ लाख ७३ हजार ९१० कित्ता शेयर खुला गरेको हो । आयोजना प्रभावितका लागि निश्कासन गरिएको यसअघिको ४ लाख २० हजार कित्तामध्ये बिक्री नभएर बाँकी… पुरा पढौ

२७ बैंकले ३ महिनामा कमाए १४ अर्ब ७६ करोड, कुनले कति कमाए ? (सूची सहित)

काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले १४ अर्ब ७६ करोड रुपैयाँ खुद मूनाफा कमाएका छन् । तर यो मूनाफा अघिल्लो आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासको भन्दा धेरै कम हो । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा तत्कालिन अवस्थामा रहेका २८ वाणिज्य बैंकहरुले १५ अर्ब ५५ करोड रुपैयाँ भन्दा धेरै मूनाफा कमाएका थिए । त्यतिबेला फरक रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मिलेर एक भएका छन् । अब हेरौं… पुरा पढौ

जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका लागि बाटाे खुल्याे

काठमाडौं, ३ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको लागि बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो । हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय… पुरा पढौ

भीडभाड नगरी राजधानीमा छठ मनाइने

काठमाडौं, ३ मङ्सिर । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष… पुरा पढौ

चार करोडको प्रशोधित कपास गोदाममै थन्कियो

बाँके, २ मङ्सिर । बाँके जिल्लाको खजुरा कपास विकास समितिमा रु चार करोड मूल्यबराबरको २०३ मेट्रिक टन प्रशोधित कपास ६ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ । समितिले कृषकबाट खरिद गरी प्रसोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्यबराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो । पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए ।… पुरा पढौ

संसारकै सुन्दर अमादब्लममा आरोहीको आकर्षण

काठमाडौं, २ मङ्सिर । कोभिड-१९ महामारीकाबीच सगरमाथा क्षेत्रमा पर्ने संसारकै सुन्दर तथा चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका नेपाल र विदेशी सदस्य आज अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन्… पुरा पढौ

राष्ट्रिय बीमा कम्पनीको बीमा कोष २८.३३ प्रतिशतले वृद्धि

काठमाडौं, २ मंसिर । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा १५.१४ प्रतिशतले घटे पनि बीमा कोष २८.३३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १७ लाख ९२ हजार खुद नाफा आर्जन गरेको छ । गएको वर्ष कम्पनीले ६ करोड १० लाख ३५ हजार आर्जन गरेको थियो । राष्ट्रिय बीमा कम्पनीको कोष भने वृद्धि भएको छ । कोष २८.३३ प्रतिशतले वृद्धि भएको हो । १ अर्ब ७७ करोड ३४ लाख ९६ हजारबाट… पुरा पढौ

आकाशमा प्याराग्लाइडिङ ताँती, पर्यटनमा आशाको संचार

पोखरा, २ मंसिर । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटन कोरोना भाइरस (कोभिड–१९) प्रभावले नराम्ररी थला पर्दा पोखरेली आकाशमा प्याराग्लाइडिङ ताँतीले भने केही उत्साह संचार गरेको छ । करिब ६ महिनासम्म ठप्प प्याराग्लाइडिङ क्षेत्र असोज दोस्रो सातादेखि चलायमान हुन थालेको हो । फेवातालमाथिको आकाश नै ढाकिने गरी ग्लाइडर फन्कोले पर्यटन प्रवद्र्धनमा केही भए पनि सघाउ पुगेको पर्यटन व्यवसायी बताउँछन् । सुरुवातमा नगण्य उडान रहेकोमा आधा छुटले अचेल दैनिक ६ सयसम्म उडान हुने गरेको प्याराग्लाइडिङ संचालकहरुको संस्था नेपाल हवाई खेलकुद संस्था… पुरा पढौ

प्रभु इन्स्योरेन्सकाे नाफा ५ करोड ६३ लाख ६२ हजार

काठमाडौं, २ मङ्सिर । प्रभु इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३७.३४ प्रतिशत नाफा गरेकाे छ । नाफा बढेर कम्पनीको ५ करोड ६३ लाख ६२ हजार पुगेको छ । गएको वर्ष यही अवधिमा इन्स्योरेन्सले जम्मा ४ करोड १० लाख ३८ कमाएको थियो । प्रभु इन्स्योरेन्सको बीमा शुल्क र कोषको रकम वृद्धिले नाफा बढेको बताईएको छ । असोज महिनासम्मको कम्पनीको खुद बीमा शुल्क ३१.२० प्रतिशतले बढेको छ । शुल्क बढ्दा रकम २२ करोड २९ लाख ४ हजार भएको छ ।… पुरा पढौ

दीपावली सकेर मैथिल लोकआस्थाको पर्व छठको तयारीमा जुटे

महोत्तरी, २ मङ्सिर । बुधबारबाट छठ पर्व शुरु हुँदैछ । दीपावली पर्व सकेर मैथिल अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका हुन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि बुधबार शुरु हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका… पुरा पढौ