काठमाडौं, ६ मङ्सिर। राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको संरक्षण गर्न सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा बालअधिकारसम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न तथा बालविवाह, बालश्रम, बाल यौन दुव्र्यवहारजस्ता बालहितविपरीत घटना निराकरण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ । कोभिड–१९ को महामारीका अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचसमेत बालबालिका वञ्चित हुन…
पुरा पढौ